आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पुरा
नेपालगन्ज, ७ फागुन - नेपालगन्जमा शुक्रबारबाट हुन लागेको प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पुरा भएको छ ।
यही फागुनको ८ र ९ गते नेपालगञ्ज रंगशालामा हुन लागेको प्रतियोगितामा सहभागि हुनेहरुको नामावली, अथितिलगायतको सबै तयारी पुरा भएको आयोजक आदर्श तेक्वान्दो दोजाङ्गले जनाएको हो ।
विगत लामो समयदेखि यस औद्योगिक नगरी नेपालगन्जमा हालसम्म कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता सञ्चालन नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा सहभागि हुने दोजाङ्गको नामावली आइसकेको, प्रमुख अथितिको टुंगो लागिसकेको छ ।
प्रतियोगितालाई नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगरले उद्घाटन गर्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषदका कर्मचारी एवं प्रशिक्षकसमेत ...









