Thursday, March 12सत्यम खबर
Shadow

समाचार

बम बम भोलेको जयकाराले गूंज्यो नेपालगञ्ज

समाचार
नन्दलाल साहू नेपालगन्ज फागुन ९ गते । नेपालगन्जको साथै आज पूरै देशभर आज महाशिवरात्रिको पर्व मनाइरहेको छ।यसै क्रममा आज मानपुर नेपालगन्जको बाबा काली दासको अगुवाईमा नगर भर शम्भु बाबा र उनको परिवार सहितको शोभा यात्रा निकालिएको थियो । महाशिवरात्रिको दिन व्रत रख्ने र पूर्ण विधि विधानले शंकर भगवानको पूजा गरिन्छ ।शुक्रबार देशभरको मंदिरों अनि शिवालयहरुमा बिहानै देखि भगवान भोलेका भक्त जलाभिषेकको लागि पुगेका थिए । शिवभक्त जल, दूध, बेल पत्र चढ़ाएर भगवान भोलेको मनाइ रहेको थिए।सबै तिर बम बम भोलेको जयकारे लागिरहेको थियो। मान्यता छ कि शिवरात्रिमा नै महादेव का प्राकट्य भएको थियो। यसको अलावा, शिव जी को विवाह पनि यसै दिन भएको मानिन्छ। शिवरात्रिमा महादेवको उपासनाले व्यक्ति को जीवनमा सम्पूर्ण सुख प्राप्त हुन सक्छ भनी त्रिभुवन चोक नेपालगन्जमा रहेको शिवालयका पुजारी श्रीकान्त मिश्रले बताउछ्न। ...
नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र

नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र

प्रदेश ५, समाचार
बाँके फागुन ९ गते । नेपाल प्रेस युनियनको नवौं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ । युनियनको महाधिवेशन आगामी चैत २१ र २२ गते नेपालगन्जमा हुँदैछ । युनियनका उप–महासचिव एवम् महाधिवेशन व्यवस्थापन स्थानीय समितिका संयोजक प्रेम केसीको अध्यक्षतामा शुक्रबार (आज) बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ । उक्त बैठकले यसअघि महाधिवेशनका लागि गठित उप–समितिलाई पूर्णता दिँदै आफ्नो योजना, कार्यक्रम तथा बजेटसहित पाँच दिनभित्र प्रस्ताव सचिवालयमा पेश गर्ने निर्णय गरेको छ । यस्तै महाधिवेशन भव्यतापूर्वक सफल पार्न युनियनका सम्पूर्ण शाखालाई यथाशक्य आवश्यक सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ । बैठकमा बोल्दै संयोजक केसीले महाधिवेशनका लागि विभिन्न क्षेत्र, निकाय तथा सरोकारवालासँग छलफल तथा भेटघाट जारी राखिएको जानकारी दिनुभयो । बैठकमा उपस्थित उप–समिति संयोजक एवम् महाधिवेशन व्यवस...
बैज्ञानिक महाबिर पुनलाई ब्रिटिस स्कुलको सहयोग

बैज्ञानिक महाबिर पुनलाई ब्रिटिस स्कुलको सहयोग

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
बाँके फागुन ८ गते । वैज्ञानिक क्षेत्रमा खोज अनुशन्धान गर्ने स्वदेशी विद्यार्थीलाई सहयोग गर्ने उद्धेश्यका साथ राष्ट्रिय आविस्कार केन्द्र खोलेको भन्दै विद्यार्थीहरुलाई निकै प्रेणादायी बिचार बैज्ञानिक पुनले राखेका थिए। विदेशमा उच्च ज्ञान हासिल गरेका विदेशको आकर्षक जागिर सुख सयल सबैलाई लत्याएर विदेशमा आर्जेको ज्ञानलाई देश विकाशमा उपयोग गरौ भनी देश फर्केर पनि आबिस्कार केन्द्र स्थापनाका लागि निरन्तर लागिरहेका प्रसिद्ध अवार्ड म्यागासेस बिजेता हाल राष्ट्रिय आबिष्कार केन्द्रका अध्यक्ष डा.महाबिर पुनलाई ब्रिटिस ईंग्लिश स्कुल नेपालगन्जले सहयोग गरेको छ। बिधालयको अनुरोधमा महाबिर पुन बिधालय पुगेका थिए महाबिर पुनलाई देख्दा विद्यार्थीहरुले थपडी बजाई भब्य स्वागत गरेका थिए र विद्यार्थीहरु चकित परेका थिए । महाबिर पुनले आफ्नो आबिस्कार केन्द्रका बारेमा र विद्यार्थीहरुलाई पढाईका साथा साथै आफू ...
मिस्टर एण्ड मिस स्कुल बाँके सिजन -२ को ट्यालेन्ट राउण्ड सम्पन्न,भोलि फाइनल हुँदै

मिस्टर एण्ड मिस स्कुल बाँके सिजन -२ को ट्यालेन्ट राउण्ड सम्पन्न,भोलि फाइनल हुँदै

कला/साहित्य, प्रदेश ५, समाचार
बाँके फागुन ८ गते । मिस्टर एण्ड मिस स्कुल बाँकेको ट्यालेन्ट राउण्ड बिहिवार नेपालगंजमा सम्पन्न भएको छ । पिके इभेन्ट प्रा.लि को आयोजनामा अडिसन राउण्ड बाट हाल सम्म ७ प्रतिस्पर्धी फाईनल सम्म पुगेका छन् । सम्पन्न ट्यालेन्ट राउण्डको नतिजा भोलि हुने ग्रयाण्ड फिनालेमा सार्वजानिक गरिने आयोजकले जनाएको छ । बालबालिका तथा युवाहरुको ब्यक्त्तित्व तथा नेतृत्त्व बिकास गर्ने मुख्य अभिप्रायले सो कार्यक्रम संचालन गरिरहेको पिके इभेन्ट प्रा.लि का संचालक प्रकाश कुवरले बताउनु भयो । भोलि सम्पन्न हुने फाइनलको मुल्यांकनकर्ताको रुपमा यस क्षेत्रमा ख्याति प्राप्त अन्जन कुवर, सेन्जल पौडेल , दुर्गा थापा र नवराज देउवा आउँन लागेको प्रमुख कुवरले बताउनु भयो । सो प्रतियोगितामा जमुना थापा,सेजल शर्मा,आकृति ज्ञावाली,सुयोग आचार्य, आयुषा सुनुवार, बिबेक गौतम र नेहा थापा सहभागी रहेका छन् । बिजेता लाई आकर्षक उपह...
कांग्रेसलाई सबै चुनौतीको सामना गर्न सक्ने पार्टीको रुपमा अगाडी बढाउनुपर्नेमा जोड

कांग्रेसलाई सबै चुनौतीको सामना गर्न सक्ने पार्टीको रुपमा अगाडी बढाउनुपर्नेमा जोड

प्रदेश ५, राजनीति, समाचार
बाँके फागुन ७ गते । नेपाली कांग्रेसका पुर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेसलाई सबै चुनौतीको सामना गर्न सक्ने पार्टीको रुपमा अगाडी बढाउनुपर्नेमा जोड दिएका छन् । प्रजातन्त्र दिवसको अवसरमा विपी अध्ययन प्रतिष्ठान बाँकेले बुधबार नेपालगन्जमा आयोजना गरेको विपी स्मृती पुस्तकालय उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पार्टीलाई अनुशासित, विधि र नियम सम्मत तबरले सञ्चालन गर्न सकेमा जनताको आर्कषण बढ्ने नेता सिंहको भनाई छ । उनले भने, ‘नेपाली कांग्रेसलाई कार्यकर्ताले मात्र नभएर आम नेपाली जनताले विश्वास गर्ने पार्टी बनाउन सक्रिय बनाउनुपर्छ ।’ पार्टी भित्रका कमी, कमजोरी हटाउनको लागि कांग्रेसका नेतादेखी कार्यकर्ताहरु गाउँ, वडा, टोलमा पुगेर काम गर्नुपर्नेमा जोड दिए । वर्तमान सरकारले सरकार नभई सत्ता चलाउन थाल्यो : गगन थापा कांग्रेसका युवा नेता गगन थापा...
प्रजातन्त्र जनता तथा सिंगो देशका निम्ति प्रतिफलकारी हुनु पर्दछ: पुर्व राजा ज्ञानेन्द्र

प्रजातन्त्र जनता तथा सिंगो देशका निम्ति प्रतिफलकारी हुनु पर्दछ: पुर्व राजा ज्ञानेन्द्र

राजनीति, समाचार
काठमाडौँ ६ । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र टाठाबाठाको मात्र भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् । ७०औँ प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजाले प्रजातन्त्रको प्रतिफल सबैले पाउनुपर्ने उल्लेख गरेका हुन् । उनको सन्देशमा भनिएको छ- 'प्रजातन्त्र शब्दमा होइन कर्ममा उत्रनु पर्दछ, रूपमा होइन सारमा झल्कनु पर्दछ । प्रजातन्त्र कुनै अलङ्कार, नामान्तर वा रुपान्तरणमात्र होइन ।' पूर्वराजाले प्रजातन्त्र जीवन पद्धति र व्यवहारमा देखिनुपर्ने भन्दै विद्यमान राजनीतिक बेथितिप्रति असहमति जनाएका छन् । उनले राष्ट्रको प्रतिष्ठा प्रवर्द्धन र आम जनचाहनाको परिपूर्ति नै प्रजातन्त्रको प्राण भएको जनाएका छन् । देशभित्रै तथा विदेश भ्रमणमा गएका बखत आफूहरूले जनताको स्वर सुन्ने बुझ्ने गरेको पूर्वराजाले उल्लेख गरेका छन् । उनले भनेका छन्- 'नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमङ्गमा र उ...
थारु कथानक चलचित्र नम्बर १ थारुगिरीको व्यानर सार्वजनिक

थारु कथानक चलचित्र नम्बर १ थारुगिरीको व्यानर सार्वजनिक

कला/साहित्य, प्रदेश ५, समाचार
बाँके फागुन ६ गते । थारु कथानक चलचित्र नं. १ थारुगिरीको व्यानर सार्वजनिक गरिएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरि नं. १ थारुगिरी चलचित्रको व्यानर सार्वजनिक गरिएको हो । कोहलपुर स्थित रामजानकी मन्दिरमा यही माघ २६ गते पूजाआज गरि शुभमुर्हत गरिएको चलचित्रको छायाङकन सुरु भएसंगै व्यानर पनि सार्वजनिक गरिएको छ । रुद्राक्ष फिल्मस प्रा.लिको व्यानरमा निर्माण हुन लागेको थारुगिरी चलचित्रको व्यानर सार्वजनिक गरिएसंगै छायाङकनमा पनि निरन्तरता दिईने चलचित्रका निर्देशक केशव चालिसेले बताउनुभयो । थारुगिरीमा ४ वटा गित र दुई वटा द्धन्द्ध समेत रहेको उहाँले जानकारी गराउनुभयो । निर्देशक चालिसेले पुराना कथा बस्तुलाई जस्ताको त्यस्तै समेट्ने प्रयास गरिने भएको हुनाले फिल्मले बजार पाउने विश्वास व्यक्त गर्नुभयो । बर्दिया, बाँके, दाङ, सुर्खेत र दैलेखमा छायाङकन हुने निर्देशक चालिसेले बताउनुभयो । डान्सको लागि पहाड क्षेत...
७७ जिल्लाका युवाहरु सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०२० हुने

७७ जिल्लाका युवाहरु सम्मेलित राष्ट्रिय युवा सम्मेलन २०२० हुने

समाचार
काठमाडौँ ४ फागुन / नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल अधिराज्यभरिका ७७ वटै जिल्लाबाट प्रत्येक जिल्लाका १ युवा र १ युवतीहरुलाई राजधानीमा ल्याई अन्र्तराष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० आयोजना गर्न लागेको छ । निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटन (नेपाल भ्रमण बर्ष २०२० लाई मुख्य बिषय बनाई आयोजना गर्न लागेको हो र यस सम्मेलन राजधानीमा आगामी अगष्ट ९, १०, ११ र १२, २०२० अर्थात श्रावण २५, २६, २७ र २८, २०७७ सम्म चल्नेछ । ४ दिनसम्म चल्ने सम्मेलनमा २२० जना युवाहरुको सहभागिता रहनेछ जसमा १५४ जना ७७ जिल्लाका १ महिला र १ पुरुष हुनेछ भने अन्य ६६ जनामा बिभिन्न समुदायका युवाहरुलाई प्रतिनिधित्व गराई यस सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण हुनेछ भन्ने क...
प्रदेश नम्बर पाँच नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम

प्रदेश नम्बर पाँच नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम

प्रदेश ५, राजनीति, समाचार
नेपालगञ्ज फागुन ४ गते ।नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम बाँके मा सम्पन्न गरेको छ । नेकपा ले प्रदेश पाँच लाई बलिदानी , वेपत्ता भयका हरुमा अगाडि रहेको जिकिर गर्दै आएको छ । बाँके को कोहलपुर स्थित प्रस्तावित अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेकपाका शिर्ष नेताहरुको उपस्थिति रहेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड ले देश बिकाश को गतिमा अगाडि दौडीरहेको र बिकास बिरोधी हरुले यसलाई भाँजो हाल्न अनेक षडयन्त्र गरिरहेको बताए । प्रदेश पाँच गणतन्त्र स्थापनाको लागि धेरै ले बलिदानि दिएको प्रदेश भयको र जनताको भावना अनुरुप सरकार र पार्टी ले काम गरिरहेको र गर्ने समेत बताए । देश अहिले एउटा ऐतिहासिक क्षण मा रहेको र यति बेला देशमा र समाजमा एकताका साथ सुदृढ गर्न आग...
थारु म्युजिक भिडियो घोघी सार्वजनिक

थारु म्युजिक भिडियो घोघी सार्वजनिक

कला/साहित्य, समाचार
बाँके फागुन ४ गते । राष्ट्रिय थारु कलाकार मंच बाँकेको पहिलो प्रस्तुती घोघी बोलको थारु म्युजिक भिडियो आइतवार सार्वजनिक भएको छ । वाईएस मिडिया प्रा.लि बाँकेको युट्युवबाट घोघी बोलको थारु म्युजिक भिडियो सार्वजनिक भएको हो । चर्चिच गायक खेम भौगरियाको घोघी खाख नम्मा होगिल चोगी बोलको थारु म्युजिक भिडियो बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नं. ६ फत्तेपुरमा र गाभरको च्यामामा घोघी बोलको म्युजिक भिडियो छायाङकन गरिएको थियो । चर्चित मोडल विवश चौधरी, जगत गुरु, चर्चित मोडेल सुनिता दहित र रुपा चौधरीको घोघीको गितमा धमाकेदार प्रस्तुती रहेको राष्ट्रिय थारु कलाकार मंच बाँकेका अध्यक्ष सोहन लाल थारुले जानकारी दिनुभयो । थारु सांस्कृति झल्कने उक्त गितमा घोघीलाई विशेष प्रथामिकता दिईएको छ । घोघी खाख नम्मा होगिल चोगी बोलको गितमा गायक खेम भौगरियाको शब्द संगित, ड्रिमस् रेकडिङग स्टुडियो काठमाण्डौंले गरेको रेकडिङ...