Thursday, March 12सत्यम खबर
Shadow

समाचार

१ सय १६ जना मंगलबार थपिए कोरोना संक्रमित

१ सय १६ जना मंगलबार थपिए कोरोना संक्रमित

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्जः पछिल्लो २४ घण्टामा देशभर १ सय १६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । यो सँगै नेपालमा कोरोनाबाट संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । त्यस्तै, मंगलवार मात्र ३४ जना कोरोनाबाट निको भएर घर फर्केका छन् । हालसम्म कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरूको संख्या १० हजार ३ सय २८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...
९६ हजार घुससहित घरेलुका अधिकृत ओली पक्राउ

९६ हजार घुससहित घरेलुका अधिकृत ओली पक्राउ

आर्थिक, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज घरेलु कार्यालय, नेपालगंज बाँकेका अधिकृत हुकुमबहादुर ओली घुससहित पक्राउ परेका छन् । अख्तियार कार्यालय, नेपालगन्जका प्रमुखका अनुसार लाईसेनस बनाईदिने बहानामा ओलीले ९६ हजार रुपैया घुस लिंदै थिए । सोही बेला अख्तियारको टोलीले ओलीलाई रंगेहात पक्राउ गरेको बताएका छन् ।
सार्वजनिक सुनुवाई

सार्वजनिक सुनुवाई

समाचार
खजुरा, २९ असारबाँकेको खजुरा गाउँपालिकाले सोमबार चालू आर्थिक वर्षको अन्तिम सार्वजनिक सुनुवाई गरेको छ । चालू आर्थिक वर्ष २०७६/०७७ मा पालिकाले सम्पादन गरेका कार्यहरु सार्वजनिक गर्दै जनअनुमोदन गर्न सार्वजनिक सुनुवाईको आयोजना गरिएको हो । सार्वजनिक सुनुवाईमा खजुराबासीले फेरी पनि चासो पूर्वक भाग लिएका छन् । खजुरा गाउँपालिकाले प्रवाह गर्ने सेवा सुविधा र त्यसको प्रभावकारिताबारे आयोजित सार्वजनिक सुनुवाईमा भाग लिँदै गाउँपालिकाबाट प्रवाह हुने सेवा बारे खजुराका विभिन्न वडाबाट सहभागीले खुलेर प्रश्न जिज्ञासा राखेका थिए । उनीहरुले सडकमा खाल्डाखुल्टी, कोरोना प्रभावमा राहत, कृषिमा किसान केन्द्रित कार्यक्रम नभएको, कोविडमा भएको खर्चबारे प्रश्न राखेका थिए । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले खजुरा गाउँपालिका, विभिन्न विषयगत शाखाले गरेका कार्य प्रगतिको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो क्रममा प्रमुख ...
नेपालगन्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहमति

नेपालगन्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सहमति

समाचार
नेपालगन्ज, असार २९ – नेपालगन्जमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि सर्वपक्षीय सहमति जुटेको छ । नेपालगन्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकमा उप–महानगरपालिका वडा नम्बर ६ स्थित फुल्टेक्रा ताल र कर्वलाको जग्गामा प्रस्तावित नेपालगन्ज अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि जग्गा बाँडफाँडमा सहमति जुटेको छ । बैठकमा रंगशाला निर्माण, मुस्लिम समुदायको कर्वला निर्माण, ६ नम्बर वडा कार्यालय तथा हिन्दुहरुको मेर्छुआ पुजास्थल निर्माण भौतिक संरचना निर्माणका लागि उप–महानगरपालिकाले प्रस्ताव गरेको नक्सालाई सामान्य हेरफेर गरि पश्चिमतर्फ मुस्लिम समुदायको कर्वला धार्मिक पर्यटकीय स्थल बनाउने, पुर्वतर्फ वडा कार्यालय र पुर्वउत्तर तर्फ हिन्दुहरुको मेर्छुआ पुजा स्थल निर्माण गर्ने सर्वसम्मतिबाट निर्णय गर्दै जग्गा बाँडफाँडका लागि वडा...
“क्रिकेट खेलप्रेमीहरुले स्टेडियम पाउने आशा”

“क्रिकेट खेलप्रेमीहरुले स्टेडियम पाउने आशा”

प्रदेश ५, समाचार, सूचना-प्रबिधि
चन्द्रेश्वर राज त्रिपाठी नेपालगंज/असार– दशकौदेखि फुल्टेक्रामा रहेको ताललाई लिएर विवाद हुँदै आएको भएतापनि अब उक्त विवाद समाधान हुने निश्चित भएको छ । सोही फुल्टेक्रा तालको मुहार फेर्ने सोचका साथ नेपालगन्ज उपमहानगरपालिका र वडा नं. ६ ले बृहत योजना साथ अगाडी आएका छन् । फुल्टेक्रामा रहेको तालको जग्गालाई धेरैले कब्जा समेत गरी बसेका छन् । तर अब ती कब्जामा रहेको जग्गा समेत सरकारी नापीबाट पुनः सरकार कै अधिनमा आउने निश्चित देखिन्छ । बाँके जिल्लालाई खेलाडीको शहर भनेर समेत चिनिने गरिएको छ । यस बाँके जिल्लाबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिएको इतिहास हामी सामु रहेको पाईन्छ । यस इतिहासलाई कायम राख्न नेपालगन्ज उपलमहानगरपालिका र वडा नं. ६ ले पाईला चाल्ने भएका छन् । विगत केही महिना अगाडी क्रिकेटको स्टेडियन बनाउन जग्गाको खोजी गर्न नेपालगन्ज उपमहानगरपालिकाबाट वडा नं. २ का वडा अ...
भन्सार छलेर भित्र्याईएका पाँच लाख भन्दा बढीको सामान प्रहरी नियन्त्रणमा

भन्सार छलेर भित्र्याईएका पाँच लाख भन्दा बढीको सामान प्रहरी नियन्त्रणमा

समाचार
नेपालगञ्ज, फागुन १५ गते । नेपालगन्ज भन्सार कार्यालयले मुख्य नाकामा जति सबै कडाई गरेपनि तथा सशस्त्र प्रहरीले सीमानामा जतिसुकै गस्ती गरेपनि भारतबाट भन्सार छलेर सामान भित्र्याउने क्रम भने रोकिएको छैन । यहाँस्थित सीमानाबाट अवैध रुपमा हुने तस्करी कम भएको जति सबै दावी गरिएपनि दिनदिनै भन्सार छलेर सामानहरु भित्रिने क्रम भने जारीनै रहेको छ । प्रहरीले दिनदिनै सीमापारीबाट ल्याईएका विभिन्न सामानहरु नेपालगन्ज पुगेपछि नियन्त्रणमा लिने गरेको पाइन्छ भने प्रतिवन्धित गरिएका कुखुरा, चल्ला र अण्डा समेत भित्रिरहेका छन् । सोही प्रकारले सीमापारीबाट लागु औषध स्मैक भित्रयाउनेहरु पनि जमुनाहा, नेपालगन्ज र कोहलपुरमा समेत पक्राउ परिरहेका छन् । यसैगरी चरेस लिएर भारत पस्नेहरुलाई पनि बेला बेलामा भारतीय सुरक्षाकर्मी एसएसबीले पक्राउ गर्दै आएको छ । पछिल्लो समयमा भारतबाट भन्सार छलेर भित्रयाईएको ठुलो परिमाणको लत्ता...
नेपाली सेना, नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु – प्रधानसेनापति

नेपाली सेना, नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु – प्रधानसेनापति

प्रदेश ५, समाचार
बुटवल, १५ फागुन । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना नेपाली नागरिकको आस्था एवं भरोसाको केन्द्रविन्दु तथा राष्ट्रिय एकताको प्रतिक भएको बताउनुभएको छ । बुटवल रामनगर ब्यारेकमा आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले राष्ट्रिय एकता कायम राख्नु नेपाली सेनाको संवैधानिक जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । प्रधानसेनापति थापाले भन्नुभयो, “बद्लिँदो वर्तमान परिवेशमा एकता र पहिचानका विषय विविध कारणले समयसमयमा ओझेलमा परेको जस्तो देखिन्छ, जुन राष्ट्रिय सुरक्षा, विकास र समृद्धिका बाधक हुन्, हामी सम्पूर्ण नेपाली यसप्रतिसमेत रहनैपर्छ ।” उहाँले नेपाल एकीकरणको दौरानमा प्रयोग भएका पदमार्ग र एकीकरण अभियानसँग सम्बन्धित इतिहास तथा ऐतिहासिक धरोहरको संरक्षण, सम्वद्र्धनबाट विखण्डनको विचारलाई परास्त गर्ने मात्र नभई भविष्यको पिँढीमा देशभक्ति, राष्ट्रियता र राष्ट्रिय एकताको विजारोपण गर्ने...
राप्तीपारी बिद्युतिकरणको ठेक्का बदर गर्न सांसद अथकको माग

राप्तीपारी बिद्युतिकरणको ठेक्का बदर गर्न सांसद अथकको माग

समाचार
नेपालगन्ज, १५ फागुन । बाके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले राप्तीसोनारि र नरैनापुरको बिद्धुतिकरणका लागि ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न माग गर्नु भएको छ । उहाँले बुधवार संसदको सुन्य समयमा बोल्दै उक्त माग गर्नुभएको हो। सुन्य समयमा बोल्दै साँसद अथकले २०६६ सालमै ग्रामिण बिद्धुतिकरणको ठेक्का पाएको श्रीम् उष्मा गौरी पार्बती जे भी ले ८६ लाख रुपैया मोबिलाइजेशन चार्ज भनेर लगि सकेको र हाल सम्म पनि काम नगरेको जानकारी गराउनु भयो । उहाँले संसदमा सम्बन्धित सबै सरोकारवालाको ध्यान आकर्षित गराउदै ठेकेदारले १८ महिनामा काम सम्पन्न गर्ने भनि सम्झौता गरेको र बर्षौ बित्दा पनि काम गर्न नसकेकोले यथा सिघ्र ठेक्का बदर गर्नुपर्ने माग जायज भएको बताउनु भयो । ३३ के भी प्रशारण लाइनको काम सम्पन्न भइसक्दा पनि बाकी काम नगरिदिदा योजना अलपत्र पारेको उहाँले बताउनु भयो । सासँद अथकले ...
सम्मान र बालगृहलाई सहयोग गरेर नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले मनायो स्थापना दिवश

सम्मान र बालगृहलाई सहयोग गरेर नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले मनायो स्थापना दिवश

प्रदेश ५, समाचार
नेपालगञ्ज फागुन १४ गते । नेपालगन्ज इलेक्ट्रोनिक्स एशोसिएसनले बुधवार आफ्नो छैंठौ स्थापना दिवश मनाएको छ । स्थापना दिवशको अवसरमा उक्त एशोसिएसनले एक बालगृहलाई खाद्यन, स्टेशनरी सामाग्री लगायत वितरण गरेको छ भने नेपालगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित कार्यसमितिलाई अभिनन्दन गरेको छ । बरिष्ठ उपाध्यक्ष प्रमोद गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी लगायतका पदाधिकारी र सदस्यलाई स्वागत गर्नुका साथै व्यवसायीक हकहितका पक्षमा निरन्तर क्रियाशिल रहन शुभकामना दिए । एशोसिएसनका अध्यक्ष समेत रहेका नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले व्यवसायीक हकहितका सवालमा एशोसिएसले महत्वपूर्ण भूमिका खेलेको बताए । ओलीले संघमा निर्वाचित भएलगत्तै एशोसिएसनबाट पद छाड्ने घोषणा गरिसकेकाले आगामी अधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने स्पष्ट पारे ...
बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ : गगन थापा

बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्छ : गगन थापा

प्रदेश ५, राजनीति, समाचार
बाके(कुसुम ), फागुन १२- नेपाली कांग्रेसका नेता गगन थापाले सञ्चारमन्त्री गोकुल बास्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्री संसदमा आएर बोल्नुपर्ने बताएका छन । बाकेको कुसुममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने, ‘त्यो अडियो प्रधानमन्त्रीले सुन्न भएको हो कि होइन रु प्रधानमन्त्रीले सुन्नु भएको होइन भन्ने कुराको विश्वास हामीलाई नदिलाएम्म कुनैपनि हालतमा भोलिको संसदको बैठक चल्न दिनु हुन्न, यो गोकुल बाँस्कोटासँग जोडिएको विषय मात्र होइन, हामी प्रधानमन्त्री संसदमा नआउँदा सम्म संसद चल्न दिन्नौं, प्रधानमन्त्री आउनुपर्छ, बोल्नुपर्छ, हाम्रो चित्त बुझ्नुपर्छ अनि मात्र चल्छ, होइन भने चल्दैन।’ पूर्वमन्त्री समेत रहेका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी भित्रको झगडा भुसको आगो जस्तै भएको बताए। ‘यो भुसको आगोले क–कसलाई डढाउँछ, हामीलाई थाहा छैन, उहाँहरुको पार्टीभित्र डढेंलो कसरी लाग्छ, त्यो उहाँहरुको विषय...