बाँके फागुन ६ गते ।
थारु कथानक चलचित्र नं. १ थारुगिरीको व्यानर सार्वजनिक गरिएको छ ।
मंगलवार एक कार्यक्रमको आयोजना गरि नं. १ थारुगिरी चलचित्रको व्यानर सार्वजनिक गरिएको हो । कोहलपुर स्थित रामजानकी मन्दिरमा यही माघ २६ गते पूजाआज गरि शुभमुर्हत गरिएको चलचित्रको छायाङकन सुरु भएसंगै व्यानर पनि सार्वजनिक गरिएको छ । रुद्राक्ष फिल्मस प्रा.लिको व्यानरमा निर्माण हुन लागेको थारुगिरी चलचित्रको व्यानर सार्वजनिक गरिएसंगै छायाङकनमा पनि निरन्तरता दिईने चलचित्रका निर्देशक केशव चालिसेले बताउनुभयो । थारुगिरीमा ४ वटा गित र दुई वटा द्धन्द्ध समेत रहेको उहाँले जानकारी गराउनुभयो । निर्देशक चालिसेले पुराना कथा बस्तुलाई जस्ताको त्यस्तै समेट्ने प्रयास गरिने भएको हुनाले फिल्मले बजार पाउने विश्वास व्यक्त गर्नुभयो । बर्दिया, बाँके, दाङ, सुर्खेत र दैलेखमा छायाङकन हुने निर्देशक चालिसेले बताउनुभयो । डान्सको लागि पहाड क्षेत्रमा छायाङकन गरिने डान्स कोरियोग्राफी कुन्दन चन्दले जानकारी गराउनुभयो । गितको भाव अनुसार नै लोकेशन पनि हेरिसकेको डान्स कोरियोग्राफी चन्दले बताउनुभयो । थारुगिरी जस्तै थारु समुदायको कथाबस्तुमा आधारीत रहेको हुनाले कलाकारहरु पनि सोही बमोजिम छनोट गरिएको रुद्राक्ष फिल्म प्रालिका प्रबन्ध निर्देशक रुद्र खनालले जानकारी गराउनुभयो । अहिले थारु समुदायमाथि भएको विभेदबिरुद्ध पहिलो पटक थारु फिल्म थारुगिरी निर्देशन गर्न लागेको जानकारी गराउनुभयो । थारुगिरी फिल्ममा संदिप विसी र सुनिता दहितको मुख्य भुमिका रहेको थारुगिरीका लेखक तथा गायक विश्वसागर परियारले बताउनुभयो । रुद्राक्ष फिल्म प्रा.लि.को व्यानरमा बन्न लागेको थारुगिरी आरकेसी डिजिटल स्टुडियो पिपरी, कोहलपुरको निर्माण रहेको थारुगिरीमा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने सुटिङ युनिटले जनाएको छ । चलचित्रको सहायक हिरोइन सुमित्रा चौधरी, खलनायक सुरज कार्की, दिपक लम्साल शर्माको भुमिकामा, यस वि बुढा वकिलको भुमिकामा, तिमोर्थी ताम्राकार शिक्षकको भुमिकामा देख्न सकिने निर्देशक चालिसेले जानकारी गराउनुभयो । यस्तै अन्य कलाकारमा समिर भाट, सुरेश गन्दर्भ, सुरेश कार्की, सत्यनारायण फेटारा, विरेन्द्र विरविक्रम राणा, शशि ठकुरी, रामु चौधरी, सुजन थापा, राजकुमार थारु, रमेश थारु लगायतको भुमिका रहेको निर्देशक चालिसेले जानकारी गराउनुभयो । थारुगिरी आउदो बैशाख महिनामा रिलिज हुने फिल्म युनिटले जानकारी गराएको छ ।