Thursday, March 12सत्यम खबर
Shadow

समाचार

मन्टेश्वरी एशोसियसन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट

मन्टेश्वरी एशोसियसन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट

प्रदेश ५, समाचार
नेपालगञ्ज फागुन २ गते । मन्टेश्वरी विधि प्रर्दशनी बिषयक पत्रकार भेटघाट कार्यक्रम नेपालगञ्जमा सम्पन्न गरेको छ । मन्टेश्वरी एशोसियसन बाँकेले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम शुक्रवार नेपालगञ्जमा सप्पन्न भएको हो । उक्त कार्यक्रमको प्रस्तुतकर्ता खिमा थापाका अनुसार डा. मारिया मन्टेश्वरीद्वारा प्रतिपादित विश्वमै चर्चित मन्टेश्वरी शिक्षा प्रणालीलाई नेपाल राष्ट्र भित्र शिक्षा बिकास तथा प्रर्वधन बिस्तार गर्ने र शिक्षा संग अन्तर्रा्ष्ट्रिय स्तरको संघ संस्थाहरुसंग आवद्ध भइ यस मन्टेश्वरी शिक्षा को गुणस्तरलाई कायम तथा वृद्धि गरि यस शिक्षा संग सबैलाई संगठित गर्ने उदेश्यले मन्टेश्वरी एसोसिएसन बाके स्थापना भए संगै शिक्षामा व्यभारिक भएको खिमा थापा ले बताइन । गत भदौ २४ गते नेपालगन्ज उपमहानगरपालिका का प्रमुख डा.धवल समशेर राणाको प्रमुख आथित्यमा पनि चित्रकला प्रदशनी ,एशोसियसनमा आवद्ध मन्टेश्वरीहरुमा अवलो...
बाँकेको नरैनापुरमा खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माण गर्न, पालिका स्तरिय समिती गठन

बाँकेको नरैनापुरमा खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माण गर्न, पालिका स्तरिय समिती गठन

प्रदेश ५, राजनीति, समाचार
सरला सुबेदी फागुन २ गते । बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार सोमबार खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माण गर्न पालिका स्तरिय समिती गठन भएको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा समिती गठन गरिएको छ। उक्त समितिमा गाउँपालिका उपाध्यक्ष लगायत वडा नम्बर १ देखि ६ सम्मका सबै वडाका वडा अध्यक्ष लगायत खानेपानी सरसफाई समितिका प्रतिनिधी,स्वास्थ क्षेत्रका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधि रहेका छन् । भौतिक तथा पुर्वाधार बिकास मन्त्रालय ले प्रदेश नम्बर ५ भरिका सम्पुर्ण पालिका हरुमा "एक घर एक धाराको पहुच "भन्ने लक्ष्य का साथ प्रदेश भरी सम्पुर्ण घरधुरिको अवस्था संकलन,खानेपानी तथा सौचालय को अवस्था बारे जानकारी लिइ एकीकृत वास योजनाको लागि गरिएको आयोजना अन्तरगत आज नरैनापुर गाउँपालिकाले पनि आफ्नो पालिकामा वास योजना बनाउन आज पालिका स्तरिय वास समिती गठन गरेको हो ।प्रदेश ...
नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा अर्जुन वली र सचिवमा विजय मल्ल विजयी

नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा अर्जुन वली र सचिवमा विजय मल्ल विजयी

प्रदेश ५, समाचार
नेपालगञ्ज फागुन २ गते । नेपाल प्रेस युनियन बाँकेको अध्यक्षमा अर्जुन वली विजयी हुनुभएको छ । शुक्रबार राती भएको मतदानमा वलीले चेतकान्त भट्टराई र नवीन गिरीलाई पछि पार्नुभएको हो । केन्द्रिय प्रतिनिधि माधव धितालका अनुसा वलीले ७७ मत प्राप्त गर्दै अध्यक्षमा विजयी हुनुभयो भने भट्टराई ४० मत र गिरीले ३८ मत प्राप्त गर्नुभयो । त्यस्तै सचिवमा विजय मल्ल विजयी हुनुभएको छ । मल्लले ८८ मत प्राप्त गर्नुभयो भने प्रियास्मृति ढकालले ६४ मत प्राप्त गर्नुभयो । प्रेस युनियन बाँकेमा उपाध्यक्षद्वय समीरमान श्रेष्ठ र विनय त्रिपाठी, सहसचिवमा लक्ष्मी चौधरी, कोषाध्यक्षमा मधु पौडेल निर्विरोध निर्वाचित हुनुभएको छ । सदस्यहरुमा रविन्द्र घिमेरे, रामबहादुर रावत, कमल केसी, संगिता पाठक, लक्ष्मी गौडेल, दीपक कुमार राई, गणेश बहादुर राई, नरेन्द्र सिंह र नन्दलाल साहु निर्विरोध निर्वाचित हुनुभएको छ ।...
सप्तरीमा हुने मुस्लिम समुदायको इज्तिमामा गृह मन्त्रालयको अवरोध

सप्तरीमा हुने मुस्लिम समुदायको इज्तिमामा गृह मन्त्रालयको अवरोध

समाचार
राजविराज फाल्गुन १ गते । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुसलमान समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले रोक लगाएको छ । फागुन ३, ४ र ५ गते हुने भनिएको उक्त कार्यक्रममा मन्त्रालयले रोक लगाएको हो । कार्यक्रम गर्न यसअघि गृह मन्त्रालयले अनुमति दिँदा अघि सारेका सर्तहरुको आयोजकले पालना नगरेको कारण कार्यक्रममा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । शान्ति सुरक्षा र अन्तर्राष्ट्रिय केही विषयमा आयोजकले सर्तहरु पालना गरेनन्,’ गृह प्रवक्ता शर्माले भने, 'त्यसकारण कार्यक्रम आयोजनामा रोक लगाइएको हो।' उक्त कार्यक्रममा कम्तिमा दुईलाखभन्दा बढी मुसलमान समुदायका व्यक्तिहरुको उपस्थिती हुने अनुमान गरिएको छ। नेपाल र भारतका मात्र मुसलमान समुदायको उपस्थिति कार्यक्रममा रहने बताइएपनि अन्य मुलुकबाट पनि सहभागी हुनसक्ने सुरक्षा स्रोतको दाबी छ। गृह मन्त्रालयले र...
रामजानकी मन्दिरमा थारुगिरीको शुभमुर्हत

रामजानकी मन्दिरमा थारुगिरीको शुभमुर्हत

कला/साहित्य, समाचार
नेपालगन्ज माघ २६ गते । थारु कथानक चलचित्र नं. १ थारुगिरीको आइतवार विधिवत रुपमा शुभमुर्हत गरिएको छ । एक कार्यक्रमका विच नं. १ थारुगिरी चलचित्रको कोहलपुर स्थित रामजानकी मन्दिरमा पुजाआज गरि शुभमुर्हत गरिएको हो । रुद्राक्ष फिल्मस प्रा.लिको व्यानरमा निर्माण हुन लागेको थारुगिरी चलचित्रको शुभमुर्हत रुद्राक्ष फिल्म प्रालिका प्रबन्ध निर्देशक रुद्र खनालले पुजा गरि शुभमुर्हत गर्नुभएको थियो । शुभमुर्हत कार्यक्रममा बोल्दै रुद्राक्ष फिल्मस् प्रालिका निर्देशक खनालले २०७२ सालमा स्थापना भएको प्रालिले बृन्दबनबाट चलचित्र क्षेत्रमा हात हालेको जानकारी गराउनुभयो । यस लगत्तै करिव ५ वटा फिल्म निर्माण गरिसकेको उहाँले जानकारी गराउनुभयो । थारुगिरी फिल्मको निर्देशक केशव चालिसेले ख्याति प्राप्त कलाकारको भुमिका रहेको हुनाले थारुगिरीले हंगामा मच्चाउने दावी गर्नुभएको छ । कलाकारलाई निर्देशक चालिसेले छायाङकनको समयमा उपस्थि...
लागुऔषध नियन्त्रणमा एसपी वीर बहादुर वलीलाई ठुलो सफलता

लागुऔषध नियन्त्रणमा एसपी वीर बहादुर वलीलाई ठुलो सफलता

प्रदेश ५, समाचार
बाँके माघ २६ गते । बाँकेमा चालु आर्थिक वर्षको माघ महिनासम्म १ सय ५९ लागु औषध कारोवारीहरु पक्राउ परेका छन् । १ सय ८ मुद्धामा ६ भारतीय नागरीकसहित १ सय ५९ जनालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । प्रहरीका अनुसार जसमध्ये ५ महिला र १ सय ४८ नेपाली नागरीक रहेका छन् । हालसम्म ६०८ ग्राम ७४५ मिलिग्राम ब्राउनसुगर, ९९० ग्राम चरेश, ४ किलो अफिम, ४ किलो ७७५ ग्राम गाँजा, ३ सय एम.एल. कोरेक्स, २ हजार ६ सय १२ ट्याब्लेट नाईट्राजेपाम, २ सय १० पिस ट्रामाटस र २ सय ९५ पिस एम्पुल सहित १ सय ५९ जनालाई नियन्त्रणमा लिईएको बाँकेका प्रहरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीर बहादुर ओलीले बताए । उनले आ.व. ०७३÷०७४ मा १३७ लागुऔषध मुद्धामा १ सय ८०, आव ०७४÷०७५ मा १४५ मुद्धामा ३१० र आव ०७५÷०७६ मा २४९ मुद्धामा ३७६ जना लागु औषध कारोवारी तथा प्रयोगकर्ता नियन्त्रणमा लिएको जानकारी दिए । प्रहरीले शनिबार मात्र ठूल...
ललिता निवास प्रकरणमा आफ्नो नेतालाई अख्तियार ले सजाय सुनाएको भन्दै कांग्रसको बिरोध

ललिता निवास प्रकरणमा आफ्नो नेतालाई अख्तियार ले सजाय सुनाएको भन्दै कांग्रसको बिरोध

राजनीति, समाचार
बाँके माघ २६ गते । भ्रष्टचारको मुद्दामा आफ्नो नेताहरुलाई सजाय सुनाएको भन्दै नेपाली कांग्रेस बाँके ले नेपालगंजमा बिरोध प्रदर्शन गरको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले गत बुधबार बालुवाटार जग्गा ललिता निवास प्रकरणमा कांग्रेस नेता विजय कुमार गच्छारसहित १ सय ७५ जना विरुद्ध मुद्दा दायर गरेपछि नेपाली कांग्रेस ले संसद अवरुद्ध देखी सडक आन्दोलन समेत गर्दै आएको हो । कांग्रेस का भातृ संगठन हरुले नेपालगंज लगायत देशभर सरकार बिरुद्ध नाराबाजी गर्दै बिरोध र्‍याली गरेका छन । तत्कालीन उपप्राधानमन्त्री समेत रहेका विजय कुमार गच्छार सहित ४ जना मन्त्री ,पुर्व सचिवहरु र अख्तियारकै पुर्वप्रमुख समेतलाई मुद्दा दर्ता भएपनि सरकारमा रहेका यस संग सम्बन्धित नेता हरुलाइ कारवाहीको दायरामा नल्याउँदा आफुहरुले आन्दोलन गर्नु परेको नेपाली कांग्रेसका नेताहरु बताउँछन । यसरी जग्गा प्रकरणको विषयमा एउटै प्रकृतिको मुद्दामा दु...
नेपालगञ्जका मनोज पासी मृत अबस्थामा फेला

नेपालगञ्जका मनोज पासी मृत अबस्थामा फेला

प्रदेश ५, समाचार
नेपालगञ्ज माघ २६ गते । आईतवार बिहानै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ६ मा एक युवा मृत्य फेला परेका छन । नेपालगनञ्ज उपमहानगरपालिका वडा नम्बर २२, पुरैनीका बिहारीलाल पासीका छोरा २२ बर्षिय मनोज पासीको आईतबार बिहान नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ हुलाकी सडकको छेउमा रहेको पानीको नालामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ। मृतक को आजै तिलक अर्थात केटी संग बिहेको छिनोफानो गरी फागुन ७ गते बिबाह समेत हुने भएको थियो । उनि राती १० बजे पछाडी साथिको बाईक पुर्याउन जान्छु भनि घरबाट निस्कियको उनको परिवार ले बताए । मृतक पासी सडकको छेउमा रहेको नालामा डुबेको अवस्थामा फेला परेको र मृतकको नजिकै हेलमेट बिनाको दुर्घटनाग्रस्त रुपमा भे २ प ३३७८ नम्बरको मोटरसाइकल समेत रहेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा लगिएको छ । घटना के कसरी भएको हो भन्ने...
बाँकेका सबै पालीकाका प्रमूख ले हात्तीपाइले रोगविरुद्धको औषधि खाएर सुरु गरे अभियान

बाँकेका सबै पालीकाका प्रमूख ले हात्तीपाइले रोगविरुद्धको औषधि खाएर सुरु गरे अभियान

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगञ्ज माघ २५ गते । बाँके जिल्लामा हात्तीपाइले रोग निवारणकालागि आम औषधि सेवन कार्यक्रम शनिबारबाट सुरु भएको छ । नवौँ पटक औषधि खुवाउँदा समेत हात्तीपाईले रोग नियन्त्रण नभएपछि बाँकेमा दशौँ पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको डुडुवा गाँउपालिकाका उपाध्यक्ष सहिदा बानोले बताउनुभयो । आगामी फागुन ५ गतेसम्म संचालन हुने अभियानको पहिलो दिन शनिबार एक कार्यक्रमका बिच बाँकेको डुडुवा गाउँपालिका को वडा नम्बर ४ को मोलहुपुर्वाबाट सुरु गरिएको अभियानको पालिकाका उपाध्यक्ष बानोले औषधि खाएर सुरु गर्नु भएको थियो । अभियानको सुभारम्भमा डुडुवाको बिभिन्न वडाहरुमा जन प्रतिनिधिहरु, शिक्षक, बिधार्थीहरुले संयुक्त रुपमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवन गरेका छन । डुडुवाको मोलहुपुर्वा परिसरमा स्थापना गरीएको बुथमा उपाध्यक्षले औषधि सेवन गरी अभियान सुभारम्भ भएको घोषणा गर्नु भएको थियो । मोलहुपुर्वा गाउँमा अभि...
बाँकेको जमुनाहा प्रहरी ले ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ

बाँकेको जमुनाहा प्रहरी ले ठूलो मात्रामा लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ

प्रदेश ५, समाचार
बाँके माघ २५ गते । बाँकेको नेपालगञ्ज जमुनाहा नाकाबाट ठूलो मात्रामा लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन । शनिबार जमुनाहा नाकाबाट बाईकमा सवार एक जना हेल्मेटमा लुकाई ल्याउँदै गरेको र अर्को स्कुटीको टायर मुनि लुकाएर ल्याउँदै गरेको लागू औषध ब्राउन सुगरसहित दुबै जनालाई प्रहरी ले पक्राउ गरेको हो । भारत र नेपालको सिमाना नजिक जमुनाहा नाकाबाट भे ९ प ६५२९ को स्कुटर मा सवार कैलाली जिल्लाको टीकापुर नगरपालिका वडानम्बर १ ज्योतीनगर बस्ने २१ वर्षीय शिव राज पुरीलाई १८.५० मिलिग्राम अर्को एकजना २०० ग्राम हेल्मेटमा लुकाएर ल्याउदै गर्दा नम्वर नखुलेको आर टि आर बाईक मा सवार भारतको जिल्ला बहराईच थाना मोति नगरका २५ बर्षिय अब्दुल रसिद नामका चाँद बाबु लाई जमुनाहा प्रहरीले चेकजाँच गर्दा ब्राउन सुगर सहित फेला परेको प्रहरी ले जनाएको छ । प्रहरी पोस्ट जमुनाहाका प्रमुख माधव प्रसाद रिजालको टोलिले सुराकीको आध...