Saturday, November 23सत्यम खबर
Shadow

प्रदेश नम्बर पाँच नेकपाको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम

नेपालगञ्ज फागुन ४ गते ।
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) ले प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम बाँके मा सम्पन्न गरेको छ ।
नेकपा ले प्रदेश पाँच लाई बलिदानी , वेपत्ता भयका हरुमा अगाडि रहेको जिकिर गर्दै आएको छ । बाँके को कोहलपुर स्थित प्रस्तावित अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित नेकपाका शिर्ष नेताहरुको उपस्थिति रहेको छ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड ले देश बिकाश को गतिमा अगाडि दौडीरहेको र बिकास बिरोधी हरुले यसलाई भाँजो हाल्न अनेक षडयन्त्र गरिरहेको बताए । प्रदेश पाँच गणतन्त्र स्थापनाको लागि धेरै ले बलिदानि दिएको प्रदेश भयको र जनताको भावना अनुरुप सरकार र पार्टी ले काम गरिरहेको र गर्ने समेत बताए । देश अहिले एउटा ऐतिहासिक क्षण मा रहेको र यति बेला देशमा र समाजमा एकताका साथ सुदृढ गर्न आग्रह गरेका छन । प्रचन्डले नेकपाले निर्णायक भुमिकामा रहेर संबिधानको अग्रता नलिएको भए संबिधान बन्न सक्ने थिएन । त्यसैले अहिले सबैको समाजवाद,जनअधिकार को रोजाइमा पर्न सफलभएको बताए ।

नेकपा प्रदेश बढी बलिदान, बेपत्ता भएको अग्रणी प्रदेशको रुपमा चिनिन्छ पाँच प्रदेश अध्यक्ष प्रचण्ड ५ स्तरिय प्रशिक्षण कार्यक्रम बांकेको कोहलपुर स्थित प्रस्तावित अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानमा भब्य समारोहका बिच कार्यक्रम रहेको थियो ।
कार्यक्रममा प्रदेश पाँच का पार्टी नेता १२ वटै जिल्ला का जिल्ला इन्चार्ज हरु स्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड,गृहमन्त्री रामबहादुर थापा ,बादल ,महासचिब बिष्णु पौडेल प्रदेश पाँच का मुख्य मन्त्री शंकर पोखरेल लगायतका केन्द्रिय नेताको उपस्तिथिमा कार्यक्रम गरिएको छ ।

उक्त कार्यक्रममा प्रदेश स्तरको यो ऐतिहासिक र महत्त्वपूर्ण क्षणमा छौ । पार्टी नेता र १२बटै जिल्ला सम्पुर्ण कमरेड हरुलाइ प्रदेश कमिटी को इन्चार्ज को हैसियतले स्वागत गर्नु भएको छ । हामिले एक बर्ष अगाडि नै हाम्रो चाहाना थियो तर समयको बाहुजुत हुनसकेको बताउनु भएको छ ।
प्रशिक्षणको कार्यक्रम मा दुबै अध्यक्ष नेता कमरेड हरुलाइ बोलाएको थियौं। प्रधानमन्त्रि उपस्तिथि हुन सक्नु भएन अब सम्पुर्ण नेता श्रदा कमरेडहरुले भनेका कुरा टिप्पोट गरेर समाजमा एकताका साथ सुदृढ गर्न आग्रह गरेका छन ।
कार्यक्रममा प्रदेश भित्र रहेका पार्टीका स्थायी कमिटी सदस्य, केन्द्रिय कमिटी सदस्य, संघीय साँसद, प्रदेश पार्टीका पदाधिकारी लगाएत सम्पुर्ण सदस्य, प्रदेश सभा सदस्य, सल्लाहकार, जेष्ठ कम्युनिष्ट मन्चका सदस्य, प्रदेश बिभागका सदस्य, जिल्ला कमिटी सदस्य, पालिका कमिटीका अध्यक्ष र सचिव, पालिकामा बिजयी भएका नगरप्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, जनबर्गिय संगठनका पदाधिकारी सदस्य, जिल्ला संयोजक र सहसंयोजक लगाएत प्रदेशभरीबाट ३ हजार जना भन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा ५ नम्बर प्रदेश कमिटीका अध्यक्ष ओनसरी घर्ती, सचिव जगप्रसाद शर्मा (अपार), प्रदेश कमिटी सदस्य नरेन्द्र न्यौपाने, प्रदेश संसाद एवं जिल्ला अध्यक्ष इन्द्र प्रसाद खरेल (आइपी), सचिव अशोक कोइराला लगाएतका नेता सहभागी हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *