
नन्दलाल साहू नेपालगन्ज फागुन ९ गते ।
नेपालगन्जको साथै आज पूरै देशभर आज महाशिवरात्रिको पर्व मनाइरहेको छ।यसै क्रममा आज मानपुर नेपालगन्जको बाबा काली दासको अगुवाईमा नगर भर शम्भु बाबा र उनको परिवार सहितको शोभा यात्रा निकालिएको थियो ।

महाशिवरात्रिको दिन व्रत रख्ने र पूर्ण विधि विधानले शंकर भगवानको पूजा गरिन्छ ।शुक्रबार देशभरको मंदिरों अनि शिवालयहरुमा बिहानै देखि भगवान भोलेका भक्त जलाभिषेकको लागि पुगेका थिए ।

शिवभक्त जल, दूध, बेल पत्र चढ़ाएर भगवान भोलेको मनाइ रहेको थिए।सबै तिर बम बम भोलेको जयकारे लागिरहेको थियो। मान्यता छ कि शिवरात्रिमा नै महादेव का प्राकट्य भएको थियो। यसको अलावा, शिव जी को विवाह पनि यसै दिन भएको मानिन्छ। शिवरात्रिमा महादेवको उपासनाले व्यक्ति को जीवनमा सम्पूर्ण सुख प्राप्त हुन सक्छ भनी त्रिभुवन चोक नेपालगन्जमा रहेको शिवालयका पुजारी श्रीकान्त मिश्रले बताउछ्न।

हिंदू पंचांगको अनुसार, फाल्गुन मासको कृष्ण पक्षको चतुर्दशीमा महाशिवरात्रिको पर्व मनाइन्छ।
मान्यता छ कि महाशिवरात्रिका दिन भगवान शिव माथि एक लोटा जल चढ़ाउनले भगवान शिव प्रसन्न हुन्छन र आफ्नो भक्तहरुको सबै मनोकामनाहरु पूरा गरिदिन्छ्न। यस दिन व्रत, साधना, मंत्रजाप तथा रात्रि जागरणको विशेष महत्व रहेको छ।

