Monday, April 27सत्यम खबर
Shadow

समाचार

रेडक्रस उपशाखाद्वारा बृहत रक्तदान

रेडक्रस उपशाखाद्वारा बृहत रक्तदान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २० भदौ – बाँकेमा ६३ औं नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ । “मानवतालाई जीवित राखौं” मूल नाराका साथ नेपाल रेडक्रस सोसाइटी मनिकापुर उपशाखाद्वारा बृहत रक्तदान कार्यक्रमको आयोजना गरियो । को आयोजनामा आयोजित बृहत रक्तदान कार्यक्रम उपशाखाका सभापति नमराज सापकोटाको अध्यक्षतामा, कार्यक्रमका प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झना, उपशाखाका सभापति नमराज सापकोटा, सचिव जगन्नाथ कडेल, सदस्य उत्तम कुमार गौतम, नागरिक समाज संयोजक तथा पूर्व मनिपुरका गा.बि.स. का अध्यक्ष पदम आर्याल लगायतले प्रादेशिक रक्त सञ्चार केन्द्रका वरिष्ठ सहायक रक्त प्राबिधिक सोम प्रकाश सापकोटा, सहायक रक्त प्राबिधिकद्वय सन्दिप आचार्य, महेश राना क्षेत्रीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गर्नु भएको थियो । साथै प्रमुख अतिथिले ब्यानर वाचन गरी बिधिवत उद...
मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा संवाद कार्यक्रम सम्पन्न

मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा संवाद कार्यक्रम सम्पन्न

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १९ भदौ – मानव बेचबिखन नियन्त्रण गर्नका लागि बनेका कानुनहरुको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको छ । १९ औं मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा नेपालगन्ज उपमहानगरपालिका कार्यालय तथा लैंगिक हिंसा विरुद्धको निगरानी संजालको आयोजनामा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० मा गरीएको संवाद कार्यक्रमका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन । कार्यक्रममा समुदायका नागरिकहरुले भोगिरहेका समस्या तथा जिज्ञाशाहरु मथि सरोकारवालाहरु संग सवाल जवाफ गरीएको थियो । कार्यक्रममा समुदायका सवालहरु सम्बोधन गर्दे प्यानलमा सहभागी विशिष्ठ ब्यक्तिहरुले खुला सिमाना, गरिबी, बेरोजगारी, लैंगिक असमानता, शिक्षा र सीपको कमीले गर्दा महिला, बालबालिका र युवाहरु बढी जोखिममा रहेको बताएका थिए । कार्यक्रममा जिल्ला सरकारी वकिल कार्यालय बाँकेका जिल्ला न्यायधिवक्ता दशरथ गौतमले मानव बेचबिखन ...
जनउत्थान लघुवित्तद्धारा श्रीमानको मृत्यु हुँदा कर्जा मिनाह

जनउत्थान लघुवित्तद्धारा श्रीमानको मृत्यु हुँदा कर्जा मिनाह

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
पाल्पा, (रिब्दीकोट), १८ भदाैं - अल्पायु मै श्रीमान् गुमाएर आफना सन्तानको भविष्य बनाउने जिम्मेवारी बोकेकी माया सार्कीलाई जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले गार्डियन माईक्रो लाईफ इसुरेन्स मार्फत कर्जा बिमा दावी रकम बापत रु २ लाख ५० हजार कर्जा मिनाह सहित रु १५,००० क्रिया खर्च प्रदान गरेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा संचालन कार्यालय हार्थोकद्धारा सञ्चालीत लालीगुँरास बैंकिङ्ग समुदायमा आबद्ध भइ कर्जा परिचालनबाट व्यवसाय गरिरहनु भएको थियो । निजको श्रीमान रमेश सार्कीको मिति २०८२ साउन १८ गते ३३ बर्षको अल्पआयु मै असामयिक निधन भएकोले संस्थाको इलाका संचालन कार्यालय कोलोनीका इलाका संचालन अधिकृत टोपबहादुर सुनार रिब्दीकोट गाउँपालिका वडा न. ०५ बतासे मृतकको घर मै पुगेर स्व.रमेश सार्कीको मृतआत्माको चिरशान्तिको कामना र परिवारजनमा गहिरो समवेदना सहित हार्दिक श्रद्ध...
‘जिहादी’ आक्रमणविरुद्ध प्रदर्शन : नेताहरूको रिहाइ र निष्पक्ष छानबिनको माग

‘जिहादी’ आक्रमणविरुद्ध प्रदर्शन : नेताहरूको रिहाइ र निष्पक्ष छानबिनको माग

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, १८ भदौ — काठमाडौंको माईतिघर मण्डलामा मंगलबार राष्ट्रिय एकता अभियानले गरेको प्रदर्शनले धनुषामा भएको ‘जिहादी’ आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै निष्पक्ष छानबिन र पक्राउ परेका आफ्ना दुई नेता मनिष हिन्दु र जितेन्द्र दासको तत्काल रिहाइको माग गर्‍यो। उपत्यकाका विभिन्न भागबाट आएका सहभागीहरूले प्लेकार्डसहितको जुलुसमा भाग लिए। उनीहरूले प्रहरी प्रशासनले वास्तविक दोषीलाई कारबाही नगरी नेताहरूमाथि झूटो मुद्दा लगाएको दाबी गर्दै नाराबाजी गरे। प्रदर्शनकारीहरूले घटनालाई धार्मिक समुदायमाथि लक्षित आक्रमणका रूपमा व्याख्या गर्दै राज्यको मौनतालाई अस्वीकार्य भने। वक्ताहरूले घटनाप्रति सरकारले देखाएको उदासीनतालाई आलोचना गरे। उनीहरूले वास्तविक दोषीलाई कारबाही नगरी नेताहरूलाई पक्राउ गर्नु न्यायको आधारभूत मान्यताविपरीत भएको बताए। अभियान एक नेताले भने, “रुपैठामा भएको आक्रमणका दोषीलाई कारबाही न...
बागेश्वरी तालको मुहार कहिले फेरिने छ ? नवरात्रीमा के हुन्छ ?

बागेश्वरी तालको मुहार कहिले फेरिने छ ? नवरात्रीमा के हुन्छ ?

आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नैतिक त्रिपाठी नेपालगन्ज (भदौ) – धार्मिक पर्यटकीय दृष्टिकोणले बागेश्वरी मन्दिर तथा त्यस आसपास रहेका सम्पूर्ण धार्मिक धरोहरलाई संरक्षण सम्वद्र्धन गर्नु बागेश्वरी मन्दिर व्यवस्थापन समितिको मात्र दायित्व नभई सम्पूर्ण उपमहानगरबासीहरुको रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाले करोडौ लगानी लगाएर बागेश्वरी मन्दिर प्रा·णमा अवस्थित खडेश्वर महादेवको मुर्ति मात्र नभई पुरै मन्दिर नै पुनर्निर्माण गरेको केही दिन अगाडी श्रावण महिनामा भब्यता साथ पुजापाठ गरी आम सर्वसाधारण भक्तजनहरुको लागि खुला गरिएको छ । तर यहाँ विगत वर्षदेखि उठ्दै आईरहेको सोही मन्दिर तल रहेको ताल विषयमा नेपालगन्ज उपमहानगरपालिका किन मौन रहेको छ ? आम जनमानसहरुको बीच शंका उब्जेको विषयलाई समाधान गर्न तर्फ सम्बन्धित बागेश्वरी मन्दिर व्यवस्थापन समिति, नेपालगन्ज उपमहानगरपालिका तथा आम उपमहानगरबासीहरुको ध्यान केन्द्रित हुन सकेको छैन ? यो प्...
लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको अध्यक्षमा नरेन्द्र सर्वसम्मत

लोकतान्त्रिक खेलकुद संघ लुम्बिनीको अध्यक्षमा नरेन्द्र सर्वसम्मत

आस्था, खेल, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज १८ भदौ – नेपाली काँग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशको अध्यक्षमा बाँकेका नरेन्द्र थापा सर्वसम्मत निर्वाचित भएकाछन् । मंगलबार बाँकेको नेपालगन्जमा सम्पन्न पहिलो प्रदेश अधिवेशनले बाँकेका नरेन्द्र थापाको अध्यक्षतामा २८ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत अधिवक्ता बलबहादुर चन्दका अनुसार नरेन्द्रको अध्यक्षतामा उपाध्यक्षमा सन्तोष ओली, महिला उपाध्यक्षमा मोतिकला गुरुङ निर्विरोध निर्वाचित भएका छन् । संघको सचिवमा मनमोहन लम्साल, सहसचिवमा खुशीराम चौधरी, दिनेश सहानी, खिमबहादुर सोमै थापा र पुजा शर्मा निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा मनोज भण्डारी निर्विरोध निर्वाचित भएकाछन् । सदस्यहरुमा इश्वरी भण्डारी, मिना खनाल, पूर्णप्रसाद डाँगी, मणीराम बटाला, लक्ष्मण घर्ती, चक्र चिमिला क्षेत्री, सीमा ता...
कोरी कल्याण समाजको वार्षिक साधारण सभा सम्पन्न

कोरी कल्याण समाजको वार्षिक साधारण सभा सम्पन्न

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १५ भदौ – बाँके जिल्लाको विभिन्न स्थानमा छरिएर बसोबास गरी रहेका कोरी कल्याण समाज बाँकेले आफनो दोस्रो साधारण सभा शनिवार सम्पन्न गरेको छ । जिल्ला समन्वय समिति बाँकेको सभाहलमा आयोजित, कोरी कल्याण समाज बाँकेका राकेशकुमार कोरीद्वारा सञ्चालित उपाध्यक्ष जंगलीप्रसाद कोरीको अध्यक्षतामा, समाजका बायोबृद्ध अयोध्याप्रसाद कोरीको प्रमुख आतिथ्यमा सम्पन्न समाजका कार्य समिति सदस्य भल्लु कोरीले स्वागत मन्तव्य ब्यक्त गरेका थिए । प्रमुख अतिथि अयोध्याप्रसाद कोरी र सभाध्यक्ष जंगलीप्रसाद कोरीले संयुक्त रुपमा पानसमा दीप प्रज्वलित गरी बिधिवत रुपमा उद्घाटन गरेका थिए । कार्यक्रममा समाजका सचिव मिश्रीलाल कोरीले प्रगति प्रतिबेदन र कोषाध्यक्ष बिशाल कोरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । बाँके जिल्लाको बिभिन्न स्थानमा करीब ८ हजारमा कोरी जातिहरु रहेका छन् । आजीवन सदस्यता र साधारण सदस्यता लिनका ला...
उपाध्यक्ष केसीद्वारा क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन

उपाध्यक्ष केसीद्वारा क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १३ भदाै - नेपाल प्रेस युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसीले प्रेस युनियन क्रियाशील पत्रकारहरुको संगठनका रुपमा परिचित रहेकाले व्यवसायिक र क्रियाशील पत्रकारहरुलाई मात्रै सदस्य बनाउन निर्देशन दिनुभएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले केन्द्रीय कार्यक्रम अन्तर्गत सुरु गरेको सय दिने अभियानको शुक्रबार नेपालगन्जमा सुभारम्भ गर्दै वरिष्ठ उपाध्यक्ष केसीले युनियनलाई भर्ति केन्द्र नबनाउन निर्देशन दिनुभएको हो । ‘सञ्चार क्षेत्रमा काम गर्ने र पत्रकारकै पहिचान बनाएका साथीहरुलाई सदस्यता दिने सवालमा पूर्वाग्रही नहुनुहोस्, उहाँले भन्नुभयो–‘तर आफ्नो स्वार्थ सिद्दका लागि सदस्य बन्नेहरुलाई रोक्नुहोस् त्यस्ता सदस्यहरुको नवीकरण समेत नगरिदिए पनि हुन्छ ।’ यस्तै नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरीले प्रेस युनियन अरु संगठन भन्दा पुरानो र अग्रणीय संगठन भएकाले यस...
इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

इप्रका कृष्णनगर द्वारा  ५० ग्राम लागु औषध सहित भारतीय नागरिक  पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
कृष्णनगर, कपिलवस्तु, ९ भदाै - कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ झण्डेनगर बाट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित एक जना पक्राउ परेका छन्। इ.प्र.का.कृष्णनगर कपिलवस्तुका प्रहरी निरीक्षक र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट संयुक्त रुपमा टोली खटिगई साउन ७ गते सनिवार लगभग ११ बजे तिर लागु औषध कारोबार गरी रहेको अवस्थामा देश भारत उत्तर प्रदेश जिल्ला गोण्डा काशिराम आवास घर भई हाल जिल्ला शिद्धार्थनगर थाना ढेबरुवा बसस्टप बस्ने बर्ष २० को महमद कैफलाई  पक्राउ गरिएको थियो । कैफलाई चेकजाँच गर्ने क्रममा निजले लगाएको पाइन्टको गोजीमा छिपाई राखेको ५० ग्राम ८१० मिलिग्राम शुद्ध तौल भएको लागु औषध ( खैरो हिरोईन) जस्तो देखिने गिलो पदार्थ सहित निजलाई प्रहरीले नियंत्रणमा लिइ इलाका प्रहरी कार्यालय कृष्णानगर बाट थप अनुसंधान कार्य भइ रहेको छ। पक्राउ प...
भारतीय पत्रकारहरूलाई सम्मानित गर्दै नाजाले मनायाे कजरी तीज

भारतीय पत्रकारहरूलाई सम्मानित गर्दै नाजाले मनायाे कजरी तीज

अवधी, आस्था, धार्मिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ८ भदाैं – मित्र राष्ट्र भारत उत्तर प्रदेश आइपजा पत्रकार संघ बहराइचका पत्रकारहरू विनय रस्तोगी, सोनू रस्तोगी, अमरनाथ पाण्डेय, जुनेद बेग, अब्दुल कादिर, फराज अन्सारी, सलमान असलम, महफूज भाई र जावेद तन्नुलाई सम्मानित गर्दै अवधी पत्रकार संघ नेपाल (नाजा)ले कजरी तीज पर्व २०८२ तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रमको अध्यक्षता अवधी पत्रकार संघ नेपाल बाँके शाखा अध्यक्ष समीर अलि सलमानीले गरेका थिए भने नाजाका केन्द्रीय सदस्य चन्दा सिंहले स्वागत मन्तव्य राख्दै कार्यक्रमको शुभारम्भ गरेकी थिइन्।   नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरिले पत्रकारितामा मर्यादा र जिम्मेवारी कायम राख्न जोड दिँदै भने, “समाचार लेख्ने बानी बसालौँ, मर्यादित पत्रकारिता गरौँ। पत्रकारमाथि समाजमा उठेका प्रश्नहरूको जवाफ हामीले आफ्नो कर्म र कामबाट दिनुपर्छ।” पत्रकार मह...