डुडुवामा निःशुल्क स्वास्थ्य शिविरबाट करीब चार सय बढी लाभान्वित
नेपालगन्ज, ६ असोज – गोपाल नीना फाउण्डेशनद्वारा डुडुवा गाउँ पालिका वडा नं २ नौरीगौढीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय ५० जना लाभान्वित भएका छन् । शनिवार सम्पन्न सो शिविरमा २ सय ९५ जना महिला र १ सय ५३ जना पुरुषहरु स्वास्थ्य परीक्षण, औषधी र स्वास्थ्य परामर्श सेवाबाट सर्वसाधारण नागरिकहरु लाभान्वित भएका हुन् ।
उक्त शिविरमा फाउण्डेशनका सहनिर्देशक डा. तृप्तीपाल रमणले दिनु भएको जानकारी अनुसार स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित समुदायलाई लक्षित गरेर आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा भाइरल ज्वरो, छाला सम्बन्धि, पाठेघर, स्त्री रोग, पेट, छाला रोग लगायतका विभिन्न प्रकारका रोगका ओैषधी सहित स्वास्थ्य सेवा लिएका थिए ।
फाउण्डेसनका कार्यालय प्रमुख तथा कार्यक्रम संयोजक दिलिप गिरिले दिनु भएको जानकारी अनुसार उक्त निःशुल्क स्वास्थ्य शिविरमा फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ चिकित्सक डा. गौरव श्...









