लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकमा मल्ल
नेपालगन्ज, १० कार्तिक – खेलाडी र खेलकर्मीको उपलब्धी र सफलताको सम्मान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको लुम्बिनी स्पोर्टस अवार्डको छनोट समितिको संयोजकमा रमेश मल्ललाई मनोनित गरिएको छ । आयोजक रंगशाला नेपाल मिडिया प्रालीले अवार्डको छनोट समिति संयोजकमा फोटो पत्रकार, सुटिङ खेलका पुर्व राष्ट्रिय खेलाडी तथा साईक्लिस्ट मल्ललाई छनोट गरिएको जनाएको छ ।
नेपालगन्जमा आगामी मंसिर १८ गते लुम्बिनी स्पोर्टस अवार्ड हुँदैछ । अवार्डलाई निष्पक्ष ढंगले सम्पन्न गर्नको लागि मल्लले महत्वपुर्ण जिम्मेवारी सम्हाल्ने आयोजकले विश्वास लिएको छ ।
छनोट समिति संयोजकमा मनोनित हुनु भएका मल्ल फोटो पत्रकारितासँगै खेलकुद प्रतियोगिता व्यवस्थापनमा पनि सक्रिय भएर काम गरिरहनु भएको छ ।
मल्लले लुम्बिनी स्पोर्टस अवार्डको छनोट समिति संयोजकको जिम्मेवारी प्रदान गर्नु भएकोमा आयोजकलाई धन्यवाद दिनु भयो । उहाँले भन्नु भयो, ‘लुम्...









