Tuesday, June 30सत्यम खबर
Shadow

श्रम/रोजगार

डुडुवाको १६औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५१ करोड बढीको बजेट सार्वजनिक

डुडुवाको १६औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५१ करोड बढीको बजेट सार्वजनिक

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १० असार – डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधियेक, निति तथा कार्यक्रम र रु ५१ करोड २५ लाख १८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।संघिय सरकारको वित्तिय समानिकरण अनुदानतर्फ रु ११ करोड ६४ लाख र संघिय सरकारको राजश्व बाडफाड रु १० करोड ८४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु ७९ लाख ३९ हजार र प्रदेश राजश्व वाडफाड रु ४४ लाख ८ हजार, आन्तरिक स्रोत रु ३ करोड ५२ लाख, ससर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान (संघ) रु २ करोड, समपुरक अनुदान संघ र प्रदेशबाट रु १ करोड ७० लाख र सशर्त अनुदान पुजिगत तर्फ रु ६५ लाखको बजेट प्रस्तुत भएको छ ।गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निर्माण लगायतको विषयला...
मिलन र कोहलपुरको जितसँगै लिग चरणको समिकरण पुरा

मिलन र कोहलपुरको जितसँगै लिग चरणको समिकरण पुरा

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कोहलपुर, १० असार – मिलन युवा स्पोर्टस क्लब र कोहलपुर रेसिङ सहारा क्लबले बाँके जिल्ला ‘ए’ डिभिजन लिग फुटबलमा जित हासिल गरेका छन् ।आइतबार कोहलपुर स्थित १३ विगाहा फुटबल मैदानमा भएको खेलमा मिलन युवा स्पोर्टस क्लबले कारकादो युवा स्पोर्टस क्लबलाई १–० ले हरायो । मिलनको जितमा दिक्षान्त गिरीले गोल गरेका थिए । उनले खेलमा प्लेयर अफ द म्याचको पुरस्कार जिते । यसैगरी अर्को खेलमा कोहलपुर रेसिङ सहारा क्लबले नवदुर्गा युवा क्लबलाई ३–० ले पराजित गरेको छ । नवदुर्गाको जितमा ईश्वर श्रेष्ठले २ गोल र विपिन सिंजाली मगरले १ गोल गरे । विपिनले ५ मिनेट र ४४औं मिनेटमा गोल गरेका थिए । विपिनले ३३औं मिनेटमा गोल गरे । खेलमा ईश्वर प्लेयर अफ द म्याचबाट पुरस्कृत भए ।आइतबारको दुई खेल सँगै लिग चरणको खेल सकिएका छन् । अब मंगलबार देखि नकआउट चरणको खेल सुरु हुने आयोजक बाँके जिल्ला फुटबल संघले जनाएको छ ।प्रतियोगिता अन्तर्गत मं...
मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति, पुनर्लेखन गर्नुपर्ने माग

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति, पुनर्लेखन गर्नुपर्ने माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ६ असार – मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाडौँमा गरेको मिडिया काउन्सिल विधेयक अन्तरसम्वाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा सांसदहरुले विधेयक जस्ताको तस्तै पारित हुन नदिने र विधेयकमा दर्जनौँ प्रावधान सच्याउने प्रतिबद्धता जनाएका छन् ।अर्धन्यायिक निकायका रूपमा रहेको मिडिया काउन्सिल वा प्रेस काउन्सिललाई सरकारले निर्देशन परिपालक बनाउन खोजेको, संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको आधारभूत अवधारणामाथि नै अतिक्रमण गर्न खोजेको विज्ञहरुको टिप्पणी छ । पत्रकार महासंघका पूर्व अध्यक्ष डा. शुरेस आचार्यले अहिलेको राष्ट्रियसभाको विधायन समितिमा रहेको विधेयक जस्ताको तस्तै पारित भए मिडिया जगतले पूर्ण...
मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

अपराध, आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ५ असार – नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव हुँ भन्दै अलाइन्स ह्युमन रिसोर्सका सञ्चालक महेश कुमार बस्नेतले वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरुलाई बन्द कोठामा थुनेर कुटपिट गरेको पाइएको छ ।सोमबार काठमाडौं, भीमसेनगोलास्थिन बिजयचोकमा रहेको एचआर वल्र्ड सर्भिसेजको कार्यालयमा मेनपावर व्यवसायीको आडमा गुण्डागर्दी चलाइरहेका बस्नेतको नेतृत्वमा पुगेका झण्डै २ सय जना मेनपावर व्यवसायी भनिने गुण्डागर्दीमा संलग्न व्यक्तिहरु बोलाएर एचआर वल्र्ड सर्भिसेज बाट ठगिएका पीडितहरुलाई कुटपिट गरेको पाइएको हो । काठमाडौंस्थित मेनपावर व्यवसायीहरुको व्हाटसएप ग्रुपमार्फत् बस्नेतले तुरुन्त मेन पावरमा पुग्नका लागि उर्दी जारी गरेका थिए । सँगै उनी सबैभन्दा पहिले मेनपावर पुगेका थिए । मेनपावर पुगेलगत्तै उनले ‘तँहरु यहाँ किन आएको’ भन्दै कठालो समातेर पीडितहरुलाई...
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ४ असार – विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन्। ट्रोटसनबर्गले सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए । आकी विश्व बैंकको विकास वित्त परिचालन र र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन् । भेटमा मन्त्री पुनले आइडीए–२१ बैठकको आयोजना नेपालमा गर्न पाउँदा खुसी लागेको बताए । विश्व बैंक समूहका उच्च अधिकारीहरुको काठमाडौँमा हुने बैठकले नेपालको अन्तर्राष्ट्रियस्तरमा ख...
पुष्पा- २ को नयाँ रिलिज मिति सार्बजनिक

पुष्पा- २ को नयाँ रिलिज मिति सार्बजनिक

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ४ असार – बलिवुडको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्म ६ डिसेम्बर २०२४ मा थिएटरहरूमा रिलिज हुने भएको हो ।फिल्मको निर्माण पक्षले यस अघि अगस्ट १५ को प्रदर्शन मितिलाई परिवर्तन गर्दै डिसेम्बर ६ मा रिलिज हुने जानकारी दिएका हुन् । निर्माण पक्षले फिल्मको गुणस्तरमा सम्झौता गर्न नचाहेकाले रिलिज मिति परिवर्तन गर्नुपरेको बताएको छ । फिल्मको गीत र टिजरले नै अहिले दर्शकमात कौतुहलता देखाएको छ । भर्खरै रिलिज भएको फिल्मको ‘पुष्पा पुष्प’ र ‘अंगारौं’ गरि दुई गीत युट्युबमा हिट भएका छन् । रिलिज मिति परिवर्तनले पनि फिल्मलाई ठूलो नोक्सान पुर्‍याएको रिपोर्टमा बताइएको छ । एक रिपोर्टका अनुसार अगस्त १५ मा सार्बजनिक बिदामा रिलिज गरेको भए फिल्मले ओपनिङ डेमा हिन्दी बेल्टमा मात्र करिब ९५ करोड कमाउन सक्ने थियो । तर अब फिल्मले हिन्दी बेल्टमा मात्रै ६५ करोड रुपै...
सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता

सुनसहित पक्राउ परेका चिनियाँ नागरिक ग्याल्मोसँग नेपाली नागरिकता

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ असार – आफूलाई चिनियाँ नागरिक बताउने ३७ वर्षीय शेरब ग्याल्मो सुनसहित पक्राउ परेका छन्। आफूलाई चिनियाँ नागरिक बताउने ग्याल्मो भन्ने सोनाम गुरूङको साथबाट प्रहरीले नेपाली नागरिकता फेला समेत पारेको जानकारी दिएको हो । उनको साथबाट सोनाम गुरूङको नाममा रहेको नेपाली नागरिकताको प्रमाण पत्र एक थान बरामद भएको नेपालको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन् । आफूलाई चिनियाँ नागरिक बताउने गुरूङले अवैधरूपमा सुन तस्करी गर्दै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको ६० किलो अवैध सुनको थप अनुसन्धान गर्ने क्रममा गुरूङ पक्राउ परेको सीआईबीले जनाएको छ । सोमबार बिहान सीआईबीको टोलीले ६ किलो सु्नसहित गुरूङलाई बौद्धको तिनचुलीबाट नियन्त्रणमा लिएको हो। उनको साथबाट ९९९.९ किलो सुन ६ थ...
वैदेशिक रोजगारीका लागि एक महिनामा ७२ हजार नेपाली विदेशिए, सबैभन्दा बढी धनुषाबाट

वैदेशिक रोजगारीका लागि एक महिनामा ७२ हजार नेपाली विदेशिए, सबैभन्दा बढी धनुषाबाट

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ३ असार – वैदेशिक रोजगारका लागि एक महिनाको अवधिमा ७२ हजार नेपाली विदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार एक महिनाको अवधिमा अर्थात जेठ महिनामा मात्र ७२ हजार ८६१ जना नेपाली वैदेशिक रोजगारीका लागि विदेश गएका छन् । जसमा ६४ हजार ८८६ जना पुरुष रहेका छन् भने ७ हजार ९७५ जना महिला रहेका छन् । विदेश जाने जिल्लाको सुचीमा पहिलो नम्बरमा धनुषा जिल्ला रहेको छ । धनुषाबाट मात्र जेठ महिनामा ४ हजार २४८ जना विदेश गएको विभागले जनाएको छ । रोजगारीका लागि विदेश गएकामध्ये २४ हजार ८१२ जना एक पटक विदेश गएर आएका र फेरी विदेश गएका छन् सरकारको माध्यमबाट –जस्तै (कोरिया) ८७० जना रोजगारको लागि विदेश गएको विभागले जनाएको छ । जेठ महिनामा व्यक्तिगत भिजा लिएर ११ हजार १७२ जना विदेश गएको विभागले जनाएको छ । म्यानपावरको माध्यमबाट ३६ हजार ७ जना गएको विभागको भनाई छ । विदेश जानेमध्ये सबैभन्दा बढी युएई...
भारतीय बजार सस्तो भएपछि चिनियाँले नेपालमै ‘स्टोर’ गरेका थिए ६ किलो सुन

भारतीय बजार सस्तो भएपछि चिनियाँले नेपालमै ‘स्टोर’ गरेका थिए ६ किलो सुन

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
तिब्बती नागरिक शेरब ग्याल्मोसँग मुस्ताङबाट जारी नेपाली नागरिकता !काठमाण्डौ, ३ असार – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६ किलो अवैध सुनसहित एकजना तिब्बती नागरिकलाई आइतबार पक्राउ गरेको छ । ९९९.९ गोल्ड १ केजी लेखिएको ६ थान अवैध सुनसहित पक्राउ पर्नेमा ३७ वर्षीय तिब्बती नागरिक शेरब ग्याल्मो भन्ने सोनाम गुरुङ हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता एवम् प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार नेपाली नाम सोनाम गुरुङ लेख्ने यी तिब्बती नागरिकबाट ४८ लाख रुपैयाँ नगद पनि बरामद भएको छ। ३६ वर्षीय ग्याल्मो पछिल्लो समय काठमाडौं महानगरपालिका-६ बौद्धमा बस्दै आएका थिए । उनले लामो समयदेखि अवैध सुन भन्सार छलेर चोरी पैठारी गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बोगटीले खबरहबलाई बताए । उनको साथबाट सीआईबीले नेपाली नागरिकता पनि बरामद गरेको ...
लाइसेन्समा मद्रासीको एकाधिकार, नेपालमा हाहाकार

लाइसेन्समा मद्रासीको एकाधिकार, नेपालमा हाहाकार

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
किन पाइएन सवारी लाइसेन्स ? सुनौं मन्त्रालयका कर्मचारीको बयानकाठमाण्डौ, ३ असार – सरकारी सेवाका लागि जनताले लाइनमा बस्नुपर्दैन भनेर गफ चुट्ने प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा आसीन छन् । सिद्धान्तमा भन्दा जनताका दैनिक समस्यामा ध्यान दिनुपर्छ भन्दै भाषण गर्ने रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । अनि उपप्रधानमन्त्रीसहित सवारी लाइसेन्सको लाइन मिनिस्टर (यातायात मन्त्रालय) को जिम्मेवारीमा छन्– एमाले नेता रघुवीर महासेठ । तैपनि, कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो जनताले सवारी अनुमतिपत्र लाइसेन्स नपाएर ‘चिर्कटो’ का भरमा गाडी चलाएको वर्षौं बितिसक्यो । सवारी लाइसेन्स भनेको नागरिकता र राहदानी (पासपोर्ट) पछिको महत्वपूर्ण डकुमेन्ट हो । लाइसेन्स नलिई सवारी साधन चलाउनै पाइँदैन । तर, यस्तो महत्वपूर्ण डकुमेन्ट पनि सरकारले जनतालाई दिन नसकी किन खेलवाड गरिरहेको होला ? जनतालाई लाइसेन्स बाँड्न न...