Saturday, April 26सत्यम खबर
Shadow

गौरव स्मृति फाउण्डेशनको भूमि पुजन

नेपालगन्ज, २ असार – गौरव स्मृति तथा वि.योर सेल्फ फाउन्डेसन नेपालगन्जले आफ्नो भवन निर्माणका लागि नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ नेपाल क्षयरोग निवारण संस्था बाँकेको बगलमा भूमि पूजन शनिवार सम्पन्न भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.६ बसपार्कदेखि पूर्वमा गौरव स्मृति तथा वियोर सेल्फ फाउन्डेसनलाई फुल्टेक्रा निवासी समाजसेवी माधवराम वर्माले ५ धुर जग्गा भवन निर्माणका लागि दान गर्नुभएको जग्गामा शनिवार भूमि पूजन गरिएको छ ।
गौरव स्मृति वियोरसेल्फ फाउन्डेसन अध्यक्ष मधु शाहको अध्यक्षतामा फाउन्डेसनका उपाध्यक्ष करन साहूद्वारा सञ्चालित कार्यक्रममा जग्गादाता तथा प्रमुख अतिथि तथा समाजसेवी माधवराम वर्माले बिधिवत भूमिपूजन गर्नुभएको थियो भने भूमिपूजन कार्यक्रम गुरुप्रसाद मिश्रले पूजा पाठ गराएका थिए फाउन्डेसनका संरक्षक प्रदीपकुमार शाहले जानकारी गराएका छन् ।


कार्यक्रममा नेपाली काँग्रेस बाँके क्षेत्र नं २ का क्षेत्रिय सचिव समेत रहेका प्रदीपकुमार शाहले फाउन्डेसनले विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको प्रकाश पारेका थिए । संरक्षक शाहले हामीले शिक्षा र स्वास्थ्य क्षेत्रमा विभिन्न कामहरू गर्दै आएका छौ, गौरवको सम्झनामा केही रकम अक्षयकोष बनाएका छौं र त्यही पैसाबाट कार्यक्रम गर्दै आई रहेको बताएका थिए ।
यसैगरी फाउन्डेसनको भवन निर्माणका लागि ५ धुर जग्गा उपलब्ध गराएका कार्यक्रमका प्रमुख अतिथि तथा समाजसेवी माधवराम वर्माले सामाजिक काममा गौरव स्मृति तथा वियोरसेल्फ फाउन्डेसनले छोटो समयमा उल्लेखनिय काम गर्दै आएको बताएका थिए । उहाँले संस्था खोल्नु कुनै ठूलो विषय होइन तर यसको निरन्तरता नै ठूलो विषय हो, यो फाउन्डेसनको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका थिए ।


उक्त कार्यक्रममा नेपाली काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति रमेश गुप्ताले सामाजिक क्षेत्रमा क्रियाशील सम्पूर्ण संघ संस्थाहरूले समाजको चेतना स्तर बृद्वि गर्न सहयोग गर्दै आएकोमा धन्यवाद दिंदै अहिले समाजिक रूपमा समाजमा व्यप्त समस्यालाई समाधानका लागि गौरव स्मृति तथा वियोरसेल्फ फाउन्डेसनले अति नै महत्व रहन्छ,अतः संघसंस्थाहरू समाजको हितको लागि आवश्यक पनि छ, भूमि पूजन तथा गौरव साहको तेस्रो स्मृति दिवसको अवसर कार्यक्रममा साहु समाज समितिका बाँकेका अध्यक्ष हंसराम साहू,नेपाल लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशका अध्यक्ष एवं पत्रकार नरेन्द्र थापा, लुम्बिनी प्रदेश औषधी व्यवसायी संघका अध्यक्ष सुदिप खड्का, पत्रकार मधु पौडेल, नेपालगन्ज उपमहानगरपालिका वार्ड नं. ४ का वडा सदस्य मोहम्मद सलिम मुसलमान, साहु समाज समिति युवा समाजका अध्यक्ष रामकिसुन साहू, समाजका हरिश साहू लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिमलकुमार साहू, दिनेश साहू, बिजय साहू, फाउण्डेशन कार्य समिति पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सो कार्यक्रममा फाउण्डेशनका आजीवन सदस्य तथा पत्रकार पवन जायसवालले जेष्ठ ३१ गते १ सय पटक रक्तदान गरी शतक रक्तदाता सम्मानबाट सम्मानित हुनुभएकोमा सो अवसरमा प्रमुख अतिथि माधवराम वर्मा, फाउण्डेसनका संरक्षक प्रदीप शाह, फाउण्डेसनका अध्यक्ष मधु शाह, साहू समाजका अध्यक्ष हंसराम साहू, राम किसुन साहू, हरिश साहू लगायतले दोसल्ला ओढाई सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *