
नेपालगन्ज, १७ भाद्र – महिला तथा बाल बिकास संस्थाको १७ औं बार्षिक साधारण सभा आज बैजनाथमा सम्मन्न भएको छ ।
महिला तथा बाल बिकास संस्थाका उपाध्यक्ष सुर्जलाल थारुको सभाध्यक्षमा भएको कार्यक्रममा प्रमुख अतिथि बैजनाथ गाउपालिका वडा नं. ३ का अध्यक्ष निखिल बैगार, विभिन्न दलका राजनैतिक क्रमि, समाजसेवी तथा महिला तथा बाल बिकास संस्थाका सम्पुर्ण पदाधिकारी लगायत सदस्यहरुको उपस्थिति रहेको थियोे ।
महिला तथा बाल बिकास संस्थाका प्रमुृख अतिथि निखिल बैगारबाट संस्थाको ब्यानर बाचन गरेर उत्घाटन गर्नु भएको थियो । संस्थाका सदस्य शान्ता चोैंधरीले संस्थाको छोटो परिचय सहित आगन्तुक अतिथिहरुलाई स्वागत मन्तब्यबाट आफ्नो परिचय सहित स्वागत गर्नु भएको थियो ।
संस्थाको १७ औं बार्षिक साधारण सभा मनाउँदै गर्दा १७ बर्षमा संस्थाले गरेको लक्ष्य , उदेश्य र संस्थाको परिचय तथा संस्थाको परिकल्पना संस्थाका सदस्य हिमलाल चौधरी प्रष्ट पार्नुभएको थियो । संस्थाले “समतामुलक र स्वतन्त्र नागरिक समाजको सिर्जना ” गर्नु रहेको छ । पिछडिएका तथा बिपन्न बर्गका महिला र बालबालिकाहरुको लागी शिक्षा,स्वास्थ्य एवं आर्थिक अवसरमा पहुच पुर्याउने र नमुना गाउको बिकास गर्नु लक्ष्य रहेको बताए ।
उता बैजनाथ गाउपालिका वडा नं. ३ का अध्यक्ष निखिल बैगारले आय आर्जनमा महिलाको सक्रियता, स्वस्थ र समृद्ध समाजको सिर्जना भन्ने नारा का साथ संचालन भएको उक्त कार्यक्रममा संस्थाले बोकेका परिकल्पना उद्देश्य पुराहोस भन्ने प्रमुख अतिथिले शुभकामना दिदै संस्था संग स्थानिय सरकार समन्वय गरी साझेदारीमा कार्यक्रम गर्न आह्वान गर्नुभएको थियोे ।
कार्यक्रममा साधारण सदस्य , गाउका अगुवा, बरघर र सामाजिक अगुवा ,महिला हरुको उपस्थिती रहेको थियो ।
साधारणसभामा संस्थाका कार्यसमितीका सचिब मुन्नुराम थारु बार्षिक प्रगती प्रतिबेदन र संस्थाका कोषाध्यक्ष लालमणि चौधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । प्रतिबेदन माथि संस्थाका सल्लाहकार सोम प्रसाद डेमनडौराले महत्वपुर्ण सल्लाह सुझाव दिनुभएको थियो ।