Monday, June 29सत्यम खबर
Shadow

श्रम/रोजगार

‘डार्क फाईल्स, नामक फेक भिडियो प्रशारण गर्ने सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

‘डार्क फाईल्स, नामक फेक भिडियो प्रशारण गर्ने सिधा कुरा डटकमका सम्पादकसहित तीनै जनालाई कैद सजाय

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १४ असोज – सर्वोच्च अदालतले सिधाकुरा डटकमले अदालतको अवहेलना गरेको ठहर गर्दै सम्पादक, प्रकाशक र समाचार स्रोत राजकुमार तिमल्सिनालाई कैद सजाय सुनाएको छ । सर्वोच्च अदालतका अनुसार आइतबार बसेको पूर्ण इजलासले राजकुमार तिमल्सिनालाई ६ महिना कैद, प्रकाशक युवराज कँडेललाई र सम्पादक नवीन ढुंगानालाई तीन-तीन महिना कैद सजाय सुनाएको हो । त्यस्तै सर्वोच्चले सिधाकुरा डट कमलाई ५ हजार जरिवाना सुनाएको छ । सर्वोच्चले सम्पादक ढुंगाना र प्रकाशक कंडेलको हकमा सर्वोच्च अदालतमा उपस्थित भएर क्षमायाचना तथा पुन: त्यस्तो कार्य नदोहोराउने लिखित प्रतिबद्धता व्यक्त गरेमा तीन महिनाको कैदबाट सात दिनको मात्र कैद सजाय हुने आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, हरिप्रसाद फुयाल, नहकुल सुवेदी, विनोद शर्मा, महेश शर्मा पौडेल ...
दुर्घट्ना रोक्न रिफ्लेक्टर स्टिकर लगाउने अभियानमा वडा प्रहरी र ट्राफिक प्रहरी

दुर्घट्ना रोक्न रिफ्लेक्टर स्टिकर लगाउने अभियानमा वडा प्रहरी र ट्राफिक प्रहरी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असोज – छाडा पशु चौपायाले गर्दा दिनहुँ सडक दुर्घटना भईरहेको यथार्थ कसैबाट लुकेको छैन । सम्बन्धित पक्षहरुको टाउको दुखाईको विषय हाल छाडा पशु चौपाया रहेको पाईन्छ । सो विषयलाई समाधान हुने उद्देश्यका साथ स्थानिय तह, ट्राफिक प्रहरी, प्रशासनलाई छाडा व्यवस्थापनको लागि सकस हुने गरेको छ । चौपाय व्यवस्थापनको लागि विभिन्न योजना ल्याएको भएपनि स्थायी रुपमा समाधान हुन सकेको छैन । दिउँस मात्र नभई छाडा गाइबस्तुले रातको समयमा पनि दुर्घट्ना गराउने गरेका कतिपय उदाहरणहरु हाम्रो सामु रहेको छ । त्यसरी रातको समयमा हुने दुर्घट्ना कम गर्न प्रहरीले छाडा चौपायामा टल्किने खालको रिफ्लेक्टर स्टिकर लगाइदिने अभियान सुरु गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–६ र ४ स्थित सडकमा भेटिने छाडा चौपायलाई समाएर वडा प्रहरी कार्यालय नेपालगन्ज र अस्थाई ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राबाट खटिएको संयुक्त टोलीले रिफ...
गाईको मासुसहित निब्री शेष पक्राउ

गाईको मासुसहित निब्री शेष पक्राउ

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असोज – नरैनापुर गाउँपालिका वडा नं. २ बेचुवाका निब्री शेषलाई आईतबार बिहान उनकै घरबाट गाईको मासुसहित पक्राउ गरिएको छ । पक्राउ परेकी निब्री शेषको घरबाट करीब ३० केजी गाईको मासु बरामद गरिएको भगवानपुर ईलाका प्रहरी कार्यालयले जनाएको छ । बरामद गाईको मासु ल्याब टेस्टको लागि नेपालगन्ज पशु अस्पताल ल्याईएको तथा सोही पशु अस्पतालमा ल्याब जाँचको लागि केही मासु राखी बाँकी मासु नष्ट गरिएको थियो ।...
चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

चिनियाँ आणविक पनडुब्बी डुबेको दाबी !

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ११ असोज – चीनको वुहान नजिकैको वुचाङ शिपयार्डमा चिनियाँ आणविक पनडुब्बी डुबेको छ । समाचार एजेन्सी रोयटर्सले उपग्रहलाई उद्धृत गर्दै यो जानकारी दिएको हो । डुबेको पनडुब्बी झाओ वर्गको थियो र आणविक शक्तिबाट चलेको थियो । घटना गत मे वा जुन महिनामा भएको भए पनि यसको जानकारी अहिले मात्रै बाहिर आएको छ । धेरै अमेरिकी अधिकारीहरूले पनि पनडुब्बी डुबेको दाबी गरेका छन् । तर, चीनले यो कुराको पुष्टि भने गरेको छैन । वाशिंगटनमा चिनियाँ दूतावासका प्रवक्ताले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरे र आफूलाई यससँग सम्बन्धित कुनै जानकारी नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । मागत र्च १० मा, म्याक्सर टेक्नोलोजीको एक स्याटेलाइट छविले वुहान नजिकैको शिपयार्डमा झोउ-क्लास पनडुब्बी देखाएको थियो । यो पनडुब्बी यसको लामो पुच्छरद्वारा चिनिन्छ । यसपछि मे १६ मा प्लानेट ल्याब्सको स्याटेलाइट छविमा पनि देखियो । जु...
नाबालिग बालबालिकालाई दुर्व्यवहार गरेको आरोपमा ईस्लामावादका सई पक्राउ

नाबालिग बालबालिकालाई दुर्व्यवहार गरेको आरोपमा ईस्लामावादका सई पक्राउ

अपराध, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार
काठमाण्डौ, ११ असोज – पाकिस्तानको राजधानी ईस्लामावादका प्रहरीका एक उपनिरीक्षक (एसआई) लाई दुई दिनसम्म अवैध रूपमा दुई नाबालकलाई थुनामा राखेर शारीरिक दुव्र्यवहार गरेको पाइएपछि निलम्बन गरी जेल चलान गरिएको प्रहरीले जनाएको छ। बालबालिकाका आफन्तले प्रहरी महानिरीक्षक सैयद अली नासिर रिजवीलाई दिएको उजुरीका आधारमा एसआईविरुद्ध कारबाही गरिएको हो । प्रहरी कर्मचारीले बालबालिकालाई उठाएर प्रहरी चौकीमा थुनेर राखेको र शारीरिक दुव्र्यवहार गरेको उजुरीमा उल्लेख छ । पछि एसआईले उनीहरूलाई एधी केन्द्रमा छोडे। जवाफमा आईजीपीले छानबिनको आदेश दिएका थिए र डीआईजी सैयद अली रजालाई तथ्य पत्ता लगाउन र जिम्मेवारी तोकेका थिए । सोधपुछको क्रममा, डीआईजीले पत्ता लगाए कि एसआईले सेप्टेम्बर १६ मा कराँचीमा भीख माग्दै गर्दा दुई नाबालिगहरू - एक १० वर्ष र अर्को १२ वर्षको - उठाईएका थिए । पछि एसआईले बालबालिकालाई आफू तैनाथ भएको शाम्...
काठमाण्डौ शिक्षालयले सम्पन्न ग¥यो स्काउट दीक्षा तथा बेल्ट प्रदान कार्यक्रम

काठमाण्डौ शिक्षालयले सम्पन्न ग¥यो स्काउट दीक्षा तथा बेल्ट प्रदान कार्यक्रम

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ११ असोज – शिक्षालय ललितपुरले स्काउट दीक्षा तथा बेल्ट ग्रेडिङ कार्यक्रम सम्पन्न गरेको छ । यही असोज १ गते नेपाली ओलम्पियन तेक्वान्दो खेलका स्टार खेलाडी दिपक विष्टको प्रमुख आतिथ्यतामा शिक्षालयले कार्यक्रम सम्पन्न गरेको हो । २०६१ सालमा ललितपुरको इमाडोलमा अग्रणी विद्यालयको रुपमा स्थापना भएको शिक्षालयले गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथै युवा तथा बालबालिकाहरुको अन्तर्राष्ट्रिय अभियान स्काउटको नियमित कार्यक्रम र खेलकुदमा रुचि राख्ने विद्यार्थीहरुका लागि खेलकुद गतिविधीमा पनि विशेष ध्यानदिई कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पर्वतारोही प्रकाशराज पाण्डेको अध्यक्षतामा आयोजित विशेष समारोहका विशेष अतिथिको रुपमा ब्याडमिन्टन खेलका ओलम्पियन खेलाडी प्रिन्स दाहाल र महालक्ष्मी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अमृत खत्री रहेका थिए । कार्यक्रमम...
नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार

नेक क्यालिडोस्कोपमा विपास्नालाई ५० हजार

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ११ असोज – नेपाल इन्जिनियरिङ कलेज (नेक) को एसियन पेन्टस क्यालिडोस्कोप २०२४ सम्पन्न भएको छ । कलेजमा आज आयोजित कार्यक्रममा क्यालिडोस्कोप २०२४ का विजेताहरुलाई नगद पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरियो । कलेजको आर्किटेक्ट विभाग र १८ औं ब्याच आर्किटेक्चरद्वारा आयोजित क्यालिडोस्कोप २०२४ प्रतियोगितामा विपास्ना कंशाकार विजयी हुँदै नगद ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिताको फस्ट रनरअफ सगुन कोइराला भए । उनले २५ हजार नगद, ट्रफी र प्रमाण पत्र प्राप्त गरिन् । श्रुतिका शाक्य सेकेण्ड रनरअप हुँदै नगद १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल हुँदा अर्का विद्यार्थी आवाज गुरुङले सान्त्वना पुरस्कार प्राप्त गरे । क्यालिडोस्कोपमा आर्किटेक्चरका विद्यार्थीहरुले १ महिना लगाएर विभिन्न डिजाइनहरु गर्ने गर्दछन् । ती डिजाइनहरु मध्येबाट निर्णायक कमिटीले उत्कृष्ट डिजाइन छनौट...
चाडपर्वमा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाइने

चाडपर्वमा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त बनाइने

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १० असोज – नजिकिएका चाडपर्वहरुलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका भित्रको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने भएको छ । दशैं, तिहार, छठ लगायत नेपालीहरुका महान चाडपर्वहरुलाई लक्षित गरी नेपालगन्जको चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त बनाइने भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सरोकारवाला निकायको बैठकले सवारी साधन र सर्वसाधारणको चाप हुने ठाउँहरुमा नवरात्र शुरु हुनु अगाडि नै वन–वे (एकतर्फी बाटो) सञ्चालन गर्ने निर्णय गरेको छ । गणेशमान चोकदेखि चारबाहिनी चोकसम्म जाने मात्र र फर्किँदा त्रिशक्ति मार्गबाट मात्र फर्किन गरी वन–वे बाटो सञ्चालन गर्ने निर्णय भएको नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो । यसका लागि जिल्ला प्रहरी कार्यालय, ट्राफिक प्रहरी कार्यालय र नगर प्रहरीले एकआपसमा समन्वय गरेर काम गर्नेछन् । यसैगरी नेपालगन्जको...
तातोपानीमा सीमा सुरक्षा बैठक : ९ वर्षपछि चरिचरन क्षेत्र खुला, दसैंका सामान भित्रने

तातोपानीमा सीमा सुरक्षा बैठक : ९ वर्षपछि चरिचरन क्षेत्र खुला, दसैंका सामान भित्रने

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपाल र चिनियाँ अधिकारीहरूबीच सीमा सुरक्षा बैठक काठमाण्डौ, ९ असोज – नेपाल र चीनका प्रशासनका अधिकारीबीच चरिचरन क्षेत्र खोल्ने र दसैं लक्षित कन्टेनर छोड्नेजस्ता महत्त्वपूर्ण सहमति भएको छ । जिल्लाको भोटेकोसी गाँउपालिका वडा नम्बर २ तातोपानीबाट चीन जोड्ने नाकाको लिपिङपारी झाङ्मुमा शनिबार नेपाल-चीनका स्थानीय प्रशासन र सुरक्षा अधिकारीबीच अनौपचारिक बैठक तथा छलफलमा सहमति भएको हो। प्रमुख जिल्ला अधिकारी किरण थापाकाअनुसार लिपिङ पारी चिनियाँ बजार झाङ्मुको प्रशासनिक भवनमा भएको छलफल तथा बैठकमा चिनियाँ पक्ष यहाँ उठेका समस्या समाधान गर्न सकरात्मक छन् । चीनले खासा बजार पुनर्निर्माण गरिरहँदा केही समयदेखि चिनियाँ मालवाहक प्रोटोकलअनुरुप थोरै कन्टेनर मात्रै भित्रिँदा दसैं लक्षित सामग्री समयमा बजारमा पुर्‍याउन नसक्ने त्रासमा व्यापारी थिए । 'त्यो समस्या मुख्य रुपमा उठायौं, यसप्रति चीन सकरात्मक देखिएको छ, च...
युक्रेनको खार्किभमा रुसको ठूलो आक्रमण, कम्तीमा ३ जना मारिए

युक्रेनको खार्किभमा रुसको ठूलो आक्रमण, कम्तीमा ३ जना मारिए

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ९ असोज – रुसले युक्रेनको उत्तरपूर्वी सहर खार्किभमा ठूलो आक्रमण गरेको छ । स्थानीय अधिकारीका अनुसार यी आक्रमणमा तीनजनाको मृत्यु भएको छ । उक्त घटनामा ३१ जना घाइते भएका छन् । अधिकारीहरूले मंगलबारबाट सुरु भएको आक्रमण गाइडेड ग्लाइड बमहरूद्वारा गरिएको बताएका छन् । चार जिल्लामा एकसाथ आक्रमण भएको हो । युक्रेनी राष्ट्रपति भ्लोडिमिर जेलेन्स्कीले रुसले अपार्टमेन्ट, बेकरी र स्टेडियमलाई निशाना बनाएको बताएका छन् । जेलेन्स्कीले यो आक्रमणको लक्ष्य युक्रेनी नागरिक रहेको जिकिर गरेका छन् । युक्रेनी सेनाले देशको पूर्वी क्षेत्रमा रुसी सेनासँग भीषण युद्ध लडिरहेको छ । रुसले युक्रेनको लगभग भत्किएको सहर भुलेदारलाई घेरेको छ । मंगलबारको हमलापछि जालेन्स्कीले रुसी आक्रमणमा नराम्ररी ध्वस्त भएको अपार्टमेन्टको तस्बिर सेयर गर्दै विज्ञप्ति जारी गरेका थिए। खबरहब...