Tuesday, October 22सत्यम खबर
Shadow

६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाईयो

नेपालगन्ज, ३० असोज – जिल्ला प्रहरी कार्यालय बाँकेले ६९ औं प्रहरी दिवस भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको प्रमुख आथित्यता तथा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको विशिष्ट आतिथ्यतामा प्रहरी दिवस मनाइएको बाँकेका एसपी तुलबहादुर कार्कीले जानकारी दिए ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक नारायण आयुशप्रसाद जोशीले प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त सुभकामना सन्देश वाचन गरेर सुनाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले नेपाल प्रहरीको गर्विलो ईतिहास रहेको बताए । उनले जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको र त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गरे ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिक भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी सदैव तत्पर रहेको बताए ।

कार्यक्रममा पुर्व प्रहरी कर्मचारीको तर्फबाट पुर्व प्रहरी नायव उपरीक्षक शसिधर अधिकारी, अमर प्रहरी परिवारको तर्फबाट एकमाया बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रमका अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथिबाट पुष्पहार अर्पण गरिएको थियो । त्यसलगत्तै उपस्थित सम्पुर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए । कार्यक्रममा जेष्ठ पुर्व प्रहरीलाई सम्मान स्वरुप प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकबाट प्राप्त कदर पत्र तथा दोसल्ला ओढाई प्रमुख अतिथिले सम्मान गरेका थिए ।
साथै ६९औं प्रहरी दिवसको अवसरमा बिभिन्न बिधामा सञ्चालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस र कुर्सी दौड प्रतियोगिता सञ्चालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय हुनेलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।

सो अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, नेपाली सेनाका सेनानी, शसस्त्र प्रहरी बलका स.प्र.उ. बिमल डाँगी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख ओमबहादुर खड्का, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी लगायतको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक हिमराज बि.क.ले गरेको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *