Saturday, June 27सत्यम खबर
Shadow

श्रम/रोजगार

राप्तीको छैठौ गाउँसभा सम्पन्न

राप्तीको छैठौ गाउँसभा सम्पन्न

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
तिर्थराज ज्ञवालीमसुरीया (दाङ), २८ श्रावण– राप्ती गाउँपालिकाको छैठौ गाउँसभा सम्पन्न भएको छ । गाँउपालिकाको छैठौ सभाको तेस्रो बैठकमा बार्षिक ५५ करोड २३ लाख १६ हजार ४ सय ९८ बजेट पारित गर्दै सभा सम्पन्न भएको हो । संघिय समानिकरण, संघिय शशर्त, संघिय समपुरक, प्रदेश शशर्त, प्रदेश विशेष, प्रदेश समपुरक, संघिय राजश्व बाँडफाड, प्रदेश राजश्व बाँडफाड, आन्तरिक श्रोत र गत बर्षको मौज्दात गरि यस आर्थिक वर्षको कुल बजेट पारीत गरिएको छ ।राप्ती गाउँपालिका अध्यक्ष तथा सभा अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा भएको सभामा संसोधित बजेट पारित गर्दै गत वर्षको चालु ७६.२१ तथा पुजिगत तर्फ ६१.५१ प्रतिशतको वित्तीए प्रगति रहेको जानकारी गरिएको छ । राप्ती गाउँपालिकाको वातावरण क्षेत्रमा कार्य गर्न सहजताको लागि राप्ती गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्वन्धमा ब्यवस्थापन गर्न बनेको ऐन २०७७ पारित ...
राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आईतबारबाट शुरु ७७ वटै जिल्लाबाट ४०० भन्दाबढी युवाहरु सहभागिता जनाउँदै

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आईतबारबाट शुरु ७७ वटै जिल्लाबाट ४०० भन्दाबढी युवाहरु सहभागिता जनाउँदै

प्रदेश १, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाडौं, २६ श्रावण– नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट ४०० भन्दाबढी युवाहरुलाई सहभागी गराई अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा भब्य रुपमा शुरु गरेको छ ।सम्मेलनका पहिलो दिन ७७ जिल्लाका ४०० भन्दाबढीको सहभागिता रहेको छ । साथै यस्तो कोरोनाको कहर विच पनि बिभिन्न समुदायका युवाहरु प्रतिनिधित्व भई यो सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण बनेकोमा आयोजक धेरै हर्षित भएकोे नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बाँनियाले बताउनु भयो ।सम्मेलनको पहिलो दिन यूएनडिपीका कार्यक्रम अधिकृत बिनिता कार्कीले युवा सहभागिता र दिगो विकासको लक्ष्य बारे प्रशिक्षण गर्नु भएको थियो भने माई ईमोशन मेटरका संस्थापक भावना श्रेष्ठले लिडरले निर्णय लिदाँ भावनात्मक बुद्धिको प्रभाव, एग्रिकल्चर डटकमका संस्थापक सुनिता नेमफुकीले कृषि उद्...
पौष्टिक खाना अभियानमार्फत ३९ दिनमा १० हजार बढिलाई खाना बितरण

पौष्टिक खाना अभियानमार्फत ३९ दिनमा १० हजार बढिलाई खाना बितरण

आर्थिक, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ श्रावण- माइती नेपालले सञ्चालन गरेको खाना बितरण अभियान कोहलपुरमा जारी छ । अभियानकै क्रममा शनिबार कोहलपुर नगरपालिका वडा.नं.१४ को तीन गाउँ केन्द्रीत संचालन गरिएको छ ।वडाको ठारा गाँउ, प्रेमपुर र तमोलिपुर लक्षित गरि शनिबारदेखि सञ्चालन भएको खाना बितरण अभियानलाई स्थानीय बिद्यालयका अध्यक्ष लगायत उद्घाटन गर्नुभएको छ ।आर्थिक अवस्था कमजोर, बन्दाबन्दीका समयमा आर्थिक जोहो गर्न असमर्थ भएकाहरुलाई लक्षित गरिएको अभियानलाई श्री नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय ढोलपुर्वाका अध्यक्ष अध्यक्ष गुरु शरण खटिक, सोही बिद्यालयका प्रधानाध्यापक सीसराम यादव र स्वयंम सेविका कुष्मा खटिकले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।सो क्रममा उहाँहरुले आफुहरुको गाउँमा आएर यसरी एक छाक भएपनि तयार खाना बितरण कार्यक्रमले स्थानीयलाई राहत पुग्ने बताउनुभयो । उहाँले मानिसलाई हुँदासम्म एक सिता चामलको महत्व नभएपनि समस्या परेपछि त्...
मापदण्ड अनुसार बाटो निर्माण हुनुपर्ने वडाबासीको अडान

मापदण्ड अनुसार बाटो निर्माण हुनुपर्ने वडाबासीको अडान

प्रदेश ५, राजनीति, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ श्रावण– नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न निर्माण स्थानको विवादित स्थान मध्ये एक फुल्टेक्रा चोक पनि रहेको विगतदेखि सबैलाई सर्वविदितै रहेको छ । विगत वर्षमा एडिबि परियोजना मार्फत नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा बाटो, नाली, नाला निर्माण कार्यसगै फुल्टेक्रा चोकको वरिपरि समेत निर्माण कार्य सम्पन्न गरिएको थियो ।तर चोकसम्म पुग्दा केही विवाद उत्पन्न हुदा सो स्थानमा निर्माण कार्यलाई थाती राखी विवाद समाधानपछि निर्माण कार्य गरिने एडिबिले सार्वजनिक गरिसकेको सबैलाई जानकारी भएको कुरा हो । वर्तमान अवस्थामा पुनः सोही विवादित स्थानमा एडिबिले निर्माण कार्य सञ्चालन गर्दा पुनः विवाद उत्पन्न भएको पाईन्छ । विवाद हेर्दा सामान्य जस्तै देखिएको हो तर कानुनी रुपमा कसैलाई काखा कसैलाई पाखा गर्न नमिल्ने भएको हुँदा स्थानीय वडाबासीहरुले सबैलाई एउटै मापदण्ड अनुसार निर्माण कार्यमा सहयोग गर्नु पर्न...
सहकारी बैंक बागलुङ शाखाको मुनाफा १ करोड २५ लाख

सहकारी बैंक बागलुङ शाखाको मुनाफा १ करोड २५ लाख

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
बागलुङ, १९ श्रावण– राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक समिक्षा आईतवार सम्पन्न भएको छ । बैंकका शाखाहरु मध्ये दोस्रो शाखाका रुपमा स्थापित बागलुङ शाखाले गत आर्थिक वर्षको अन्त्यसम्म १ करोड २५ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । साविक धौलागिरी क्षेत्रका २ सय ९३ वटा सहकारी संघ संस्थाहरु शेयर सदस्य रहेको बैंकको शाखामा १० करोड १६ लाख शेयर पूँजि, १ अर्ब ४६ करोड निक्षेप र १८ करोड कर्जा लगानी रहेको शाखा प्रमुख युवराज त्रिपाठीले जानकारी दिनुभयो । सहकारी संघ संस्थाहरु मात्रै सदस्य रहने र सहकारी ऐन अनुसार सदस्यहरुसंग मात्रै कारोबार गर्ने प्रावधान अनुसार यस क्षेत्रका सबै सहकारीहरुको कारोबार सहकारी बैंकमा ल्याउने योजनाका साथ शाखाले काम गरेको शाखा प्रमुख त्रिपाठीले बताउनुभयो । सहकारी बैंकले आफ्ना सदस्यहरुलाई वित्तीय सेवाका साथै शिक्षा तथा तालिम, सहकारी सं...
प्रेस काउन्सिलको सदस्य–सचिवमा किरणराज शर्मा !

प्रेस काउन्सिलको सदस्य–सचिवमा किरणराज शर्मा !

प्रदेश २, श्रम/रोजगार, समाचार
काठमाडौं, १६ श्रावण– प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले एक कार्यक्रमबीच आज काउन्सिल सदस्य–सचिव किरणराज शर्मालाई स्वागत गर्नुभएको छ । उमेर हदका कारण प्रेस काउन्सिल सदस्य–सचिव लेखनाथ शर्माले २०७७ साउन १३ गतेदेखि अनिवार्य अवकाश लिनु भएपछि, सूचना तथा प्रसारण विभागको महानिर्देशकको नयाँ जिम्मेवारीमा सहसचिव किरणराज शर्मा आउनुभएको हो । प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलको सदस्य सचिवकोरुपमा विभागका महानिर्देशकलाई तोकेको छ । उहाँ यसअघि गण्डकी प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । कार्यवाहक अध्यक्ष श्रेष्ठले शर्मालाई स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवकोरुपमा उहाँका जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो ।...
युुनेस्को क्लबद्धारा एकल महिलालाई किराना र नास्ता पसलका लागि दुई लाख सहयोग

युुनेस्को क्लबद्धारा एकल महिलालाई किराना र नास्ता पसलका लागि दुई लाख सहयोग

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ साउन । बाँके युनेस्को क्लबले खजुरा गाउँपालिकाकी एक जना एकल महिलालाई आयआर्जनका लागि किराना तथा नास्ता पसल सञ्चालन गर्न दुई लाख रुपियाँ सहयोग गरेको छ । कतार च्यारेटीको आर्थिक सहयोगमा सञ्चालन गरिएको आयआर्जनका लागि व्यवसायीक परियोजना अन्तर्गत खजुरा गाउँपालिका ३ आदर्श टोलकी एकल महिला जुना खनाललाई दुई लाख रुपियाँको सहयोग गरेर किराना तथा नास्ता पसल खुलाएको बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो । उहाँले एकल महिलाको आयआर्जनसंगै आर्थिक उन्नतीका लागि सो पसल सञ्चालन गराईएको बताउनु भयो । सो पसलको उदघाटन विहिबार खजुरा गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कान्तुराम गौतम र क्लबका संरक्षक सिद्दिकी तथा अध्यक्ष राजेन्द्रचौधरीले संयुक्त रुपमा गर्नुभयो । सो अवसरमा बोल्दै वडा अध्यक्ष गौतमले आर्थिक रुपमा अतिनै समस्यामा परेकी खनाललाई क्लबले वडाको गरेको सहयोग निकै सराहनीय...
अवधी साँस्कृतिक प्रतिष्ठानद्वारा ५२३ औं तुलसी जयन्ती मनाईयो

अवधी साँस्कृतिक प्रतिष्ठानद्वारा ५२३ औं तुलसी जयन्ती मनाईयो

कला/साहित्य, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, १२ श्रावण– ५२३ औं तुलसी जयन्ती÷अवधी दिवस÷अवधी महोत्सव २०७७ अवधी साँस्कृतिक प्रतिष्ठान केन्द्रिय कार्यालय नेपालगन्जले मनाएको छ । नेपालगन्जको महेन्द्र पुस्तालयमा सम्पन्न ५२३ औं तुलसी जयन्तीको मुख्य अतिथिमा पशुपति दयाल मिश्र, बिशिष्ट अतिथिद्वय सनत रेग्मी र हरि तिमिल्सिना रहेको थिए भने सच्चिदानन्द चौबे, विश्वजीत तिवारी, मो. हारुन, शकील अहमद कादरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बिष्णुलाल कुमालद्वारा तुलसी जयन्ती÷अवधी दिवस÷अवधी महोत्सव २०७७ को महत्व बारे जानकारी गराईएको थियो भने करीब ४० बढीको सहभागिता रहेको थियो ।...
१९ वर्षे कुशल युवा कारोबारी, जसले गरे करोडौको कारोबार….

१९ वर्षे कुशल युवा कारोबारी, जसले गरे करोडौको कारोबार….

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ११ श्रावण– आजको समयमा अनौठो भन्ने केही छैन भन्ने उदाहरणका रुपमा बनेका छन् मो. रिहान । मो. रिहान नेपालगन्जका कारोबारी एवम् समाजसेवी रहमान मियाँका चार भाई छोरा मध्ये कान्छो छोरा हुन । उनीलाई कक्षा १२ मा नेपालगन्ज कै बोर्डिङ्ग स्कूलमा अध्ययनरत १९ वर्षका विद्यार्थीको रुपमा समेत लिन सकिन्छ । तर उनको क्षमतालाई हेर्दा कुनै पर्खर कारोबारीभन्दा कम्ती छैन् भन्दा फर्क पर्ने छैन । नेपालगन्जमा मिडलाज ग्रुपको स्थापना गरी त्यसबाट उनले धेरै कारोबार गर्ने सोच रहेको बताउँछन् । मो. रिहानका अनुसार हाल उनले भारतीय कम्पनी अमूलबाट कानुनी रुपमा स्वीकृत लिई उक्त कम्पनीको उत्पादनलाई नेपाल भरी बजारीकरण गर्ने बताउँछन् । हाल मिडलाज टे«डिङ्गबाट दाङ, सुर्खेत, बुटवल, भैरवा लगायत १० ठाउँमा डिलरको स्थापना गरी कारोबार सञ्चालन गर्दै आएका छन् । हाललाई उत्पादित सामानहरुमा अमूल बटर, अमूल चिज, अमूल चकलेट, अमूल आईसक्र...
समृद्ध खजुरा विमोचन

समृद्ध खजुरा विमोचन

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
खजुरा, ९ श्रावण– खजुरा गाउँपालिकाले गरेका गतिबिधिलाई समेटेर प्रकाशन गरिएकोे समृद्ध खजुरा बुलेटिनको बिमोचन गरिएको छ । ५ नं. प्रदेश सांसदद्वय आईपी खरेल, बाबुराम गौतम, खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपति, उपप्रमुख एकमाया बिक र खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले संयुक्त रुपमा तेस्रो संस्करण समृद्ध खजुरा बुलेटिनकोे बिमोचन गरेका हुन् । बुलेटिनमा खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सञ्चालन गरेका विकास गतिविधि, समृद्ध खजुराका अन्य गतिविधि, आर्थिक, सामाजिक, सांस्कृति तथा विविध पक्षलाई समावेश गरिएको छ ।...