Wednesday, March 11सत्यम खबर
Shadow

राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आईतबारबाट शुरु ७७ वटै जिल्लाबाट ४०० भन्दाबढी युवाहरु सहभागिता जनाउँदै

काठमाडौं, २६ श्रावण– नेपाल युवा परिषदले विगतका बर्षहरुमा झैँ यो बर्षमा पनि नेपाल भरिका ७७ वटै जिल्लाबाट ४०० भन्दाबढी युवाहरुलाई सहभागी गराई अन्तर्राष्ट्रिय युवा दिवस २०२० को अवसरमा राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा भब्य रुपमा शुरु गरेको छ ।
सम्मेलनका पहिलो दिन ७७ जिल्लाका ४०० भन्दाबढीको सहभागिता रहेको छ । साथै यस्तो कोरोनाको कहर विच पनि बिभिन्न समुदायका युवाहरु प्रतिनिधित्व भई यो सम्मेलन एक समावेशीताको उत्कृष्ट उदाहरण बनेकोमा आयोजक धेरै हर्षित भएकोे नेपाल युवा परिषदका संस्थापक अध्यक्ष सरोज बाँनियाले बताउनु भयो ।
सम्मेलनको पहिलो दिन यूएनडिपीका कार्यक्रम अधिकृत बिनिता कार्कीले युवा सहभागिता र दिगो विकासको लक्ष्य बारे प्रशिक्षण गर्नु भएको थियो भने माई ईमोशन मेटरका संस्थापक भावना श्रेष्ठले लिडरले निर्णय लिदाँ भावनात्मक बुद्धिको प्रभाव, एग्रिकल्चर डटकमका संस्थापक सुनिता नेमफुकीले कृषि उद्यमशिलता मार्फत युवाहरुलाई कसरी सशक्त पार्न सकिन्छ भन्ने बारे प्रशिक्षण दिनु भएको थियो ।
यस सम्मेलनमा ५० प्रतिशत महिलाहरु नै सहभागी भएका छन् । सो सम्मेलनमा निर्बाचनमा युवाको भूमिका, शुसासन, जलवायू परिबर्तन, लैगिकं समानता, युवा नेतृत्व, कृषिमा युवा उद्यमशीलता, दिगो बिकास लक्ष्य र दिगो पर्यटनलाई मुख्य बिषयबनाई विभिन्न प्रस्तोताहरुबाट कार्यपत्र प्रस्तुत गरिने छन् ।
यो सम्मेलन यहि अगष्ट ९ बाट शुरु भई अगष्ट १२ अर्थात अन्तर्राष्ट्रिय युवा दिवस २०२० सम्म भर्चुअल रुपमा सञ्चालन हुनेछ । कोभिड १९ को सक्रमंणलाई मध्यनजर गर्दै यस बर्षको राष्ट्रिय युवा सम्मेलन २०२० भर्चुअल रुपमा आयोजना गरिएका आयोजक संंस्था नेपाल युवा परिषदले बताएको छ ।
सम्मेलनको पहिलो दिन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि बागमती प्रदेशका प्रदेश सभा सदस्य कल्पना नेपाली, नेपाल युवा परिषदका सल्लाहकार राजेन्द्र गिरी, राजन कोईराला, युएनडिपीका निकिला क्षेष्ठ लगायत अतिथिहरुले कार्यक्रमको लागि शुभकामना सहित सफलताको लागि धन्यवाद मन्तब्य प्रकट गरेका थिए ।
सो कार्यक्रमको लाईभ नेपाल युवा परिषदको अफिसियल फेसबुक पेज र द वल्र्ड नेपाल न्युज डटकमको फेसबुकबाट पनि प्रत्यक्ष लाईभ हुने हुदाँ अन्य युवा साथीहरुलाई सहभागिताको लागि पनि आयोजक संस्थाले अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *