Tuesday, October 22सत्यम खबर
Shadow

प्रेस काउन्सिलको सदस्य–सचिवमा किरणराज शर्मा !

काठमाडौं, १६ श्रावण– प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले एक कार्यक्रमबीच आज काउन्सिल सदस्य–सचिव किरणराज शर्मालाई स्वागत गर्नुभएको छ ।
उमेर हदका कारण प्रेस काउन्सिल सदस्य–सचिव लेखनाथ शर्माले २०७७ साउन १३ गतेदेखि अनिवार्य अवकाश लिनु भएपछि, सूचना तथा प्रसारण विभागको महानिर्देशकको नयाँ जिम्मेवारीमा सहसचिव किरणराज शर्मा आउनुभएको हो । प्रेस काउन्सिल ऐन, २०४८ ले काउन्सिलको सदस्य सचिवकोरुपमा विभागका महानिर्देशकलाई तोकेको छ ।
उहाँ यसअघि गण्डकी प्रदेशअन्तर्गत आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । कार्यवाहक अध्यक्ष श्रेष्ठले शर्मालाई स्वागत गर्नुहुँदै काउन्सिलको कामकारवाही, क्षेत्राधिकार तथा गतिविधि र सदस्य सचिवकोरुपमा उहाँका जिम्मेवारीबारे जानकारी गराउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *