Tuesday, October 22सत्यम खबर
Shadow

चिनियाँ मूलका क्यानडियन अर्बपतिलाई १३ वर्ष जेल

सांघाई, ४ भाद्र – चिनियाँ मूलका एक क्यानडियन अर्बपतिलाई चीनमा १३ वर्ष जेल सजाय सुनाइएको छ। समाचार संस्था रोयटर्सका अनुसार सांघाईको एक अदातलले शुक्रबार अर्बपति सिआओ चिन्हुवालाई घुस खुवाएको, अरूको पैसा गैरकानुनी रूपले चलाएकोलगायत विभिन्न मुद्दामा दोषी ठहर गर्दै १३ वर्ष जेल सजायको फैसला गरेको हो। उनको कम्पनी टुमरो होल्डिङ्सलाई ८.१ अर्ब अमेरिकी डलर जरिवानाको पनि फैसला गरिएको छ।

चिन्हुवालाई सन् २०१७ मा हङकङको एउटा होटलबाट पक्राउ गरिएको थियो। त्यसपछि उनी सार्वजनिक रूपमा देखिएका थिएनन्। कुनैबेला चिन्हुवाको व्यापारिक सम्बन्ध चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूसँग थिए। राष्ट्रपति सी चिनफिङको परिवारका सदस्यसँग पनि उनको व्यापारिक सम्बन्ध थियो।

चिन्हुवाको कम्पनी टुमरो होल्डिङ्स विभिन्न क्षेत्रमा लगानी गरेको थियो। उनले आफ्नो गल्ती स्वीकारेको र दुरूपयोग भएको रकम फिर्ता गर्न सघाउने वाचा गरेकाले कम सजाय तोकिएको चिनियाँ सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *