असल शासन पोष्टले मनायो रजत बर्ष
नेपालगन्ज, ७ फागुन – असल शासन पोष्ट साप्ताहिक पत्रिकाको रजत समारोह नेपालगन्जमा भब्यताका साथ सम्पन्न भएको छ । सुशासनको विट मार्फत निरन्तर प्रकाशन हुदै आएको पत्रिकाको रजत समारोह निर्वतमान प्रतिनिधि सभा सदस्य डा. धवल शम्शेर राणाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
असल शासन पोष्ट साप्ताहिकका सम्पादक नमस्कार शाहको अध्यक्षतामा भएको रजत समारोहमा पत्रिकाले रजत समारोह मनाएकोमा शुभकामना तथा पत्रिका प्रकाशनमा निरन्तर सहयोग गर्ने ब्यक्ति तथा संस्थालाई सम्मान र उत्कृष्ट पाठकलाई सम्मान गरिएको छ ।
कार्यक्रमका बिच उत्कृष्ट बिज्ञापन दाताको रुपमा अमृत बुक्स एन्ड स्टेशनरी नेपालगन्ज र ब्राइटल्याण्ड स्कुल नेपालगन्जलाई सम्मान गरिएको छ । यसैगरी उत्कृष्ट पाठकको रुपमा माइति नेपाल नेपालगन्जमा प्रमुख केशब कोइराला र दिदि बहिनी समाज बाँकेका अध्यक्ष रमा देबि शाहलाई सम्मान गरिएको छ ।
पत्रिका प्रकाशनको क्रमम...









