Monday, May 4सत्यम खबर
Shadow

ब्रिनोजमा एक–अर्को पक्ष बीच आरोप–प्रत्यारोप, समस्या समाधान गर्न प्रशासनको ध्यान केन्द्रित हुनुपर्ने भनाई

नेपालगन्ज, १२ चैत – नेपालगन्जमा रहेको ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रमा दुईपक्ष बीच विवाद चर्कदै गएको छ । अस्पताल व्यवस्थापन समितिले संस्था दर्ता ऐन विपरित मनोमानी ढंगले अस्पताल सञ्चालन गर्दै आएको हुनाले विवाद अझै चर्किएको हो । विवाद चर्कदै गएपछि आईतवार अस्पतालमा सचेत नागरिक समाज बाँकेले तालाबन्दी गरेको तथा केही समय पश्चात खोलेको छ । लामो समय विवादित रहेको अस्पताल विरुद्ध आवश्यक छानविन गरि पाउँ भनि निवेदन समेत पर्दा अस्पताल व्यवस्थापन समित र प्रशासनले सुनवाई नगर्दा तालाबन्दि गर्न बाध्य भएको एक पक्षको भनाई रहेको छ ।
नेपालमा एक नम्बरमा सेवा प्रदान गर्दै आईरहेको अस्पतालमा कुनै एक पक्षलाई आरोप लगाउनु उचित नभएको भन्दै दुबै पक्षको कमीकमजोरी रहेको नेपाल रेडक्रस सोसाईटी बाँकेका कार्यसमिति सदस्य तथा समाजसेवी अजिज कुमार शर्माले बताउनुभयो । सुरुवाती कालदेखी संस्थाको प्रमुख कार्यकारी पदमा कार्यरत पुरणबहादुर थारुले यस संस्थाको लागी योगदान दिदै आएको समेत उहाँले बताउनुभयो । अस्पतालमा पारदर्शिता ल्याउन तथा गुणस्तरिय सेवा प्रवाह गर्न कार्यकारी प्रमुख पुरणको अतुलनिय भुमिका रहनु पर्नेमा चुक भएको समाजसेवी शर्माले बताउनुभयो ।
“अस्पताल कसैको व्यक्तिगत पेवा होईन, यो जनताको लागि बनाईएको सार्वजनिक सम्पत्ती हो । यसको बिधिवत तरिकाले साधारणसभा गरेर पदाधिकारी चयन गर्नुपर्छ, कान अस्पतालको लेखा परिक्षण हुनुपर्छ समाजसेवी शर्माले भन्नुभयो ।”
संस्थाको बिधान २०६५ बमोजिम संस्था सञ्चालनमा नआएको, बार्षिक रुपमा साधारण सभा नगर्ने गरेको, नबिकरणका लागि कागजी रुपमा साधारण सभा गर्ने गरिएको, स्थापना कालदेखि हालसम्म एउटै कार्य समिति रहेको, संस्थामा साधारण सदस्यता कसैलाई नदिएको, बिधान बमोजिम कुनै पनि ऐन, नियमावलीहरु नबनाएको, संस्थाको नाममा रहेको एल्बुलेन्स संस्थाका अध्यक्षले चरम रुपमा व्यक्तिगत कामका लागि प्रयोग गरेको लगायतका बिषयलाई सुधार गरि संस्थाको गरिमालाई जोगाउन अस्पताल विरुद्ध उत्रिएका अस्पतालका पुर्वकार्यकारी प्रमुख पुरण थारुको मांग रहेको छ ।
“मैले अस्पताल व्यवस्थापन समितिलाई पटक–पटक बिधान बमोजिम काम गर्न आग्रह गरे तर समितिले मलाई नै रोजगारबाटै बिना गल्ती निलम्बन गरेयो उहाँ भन्नुहुन्छ “निलम्वन गर्नु पूर्ब लागेका आरोपहरु बारे छानविन गर्ने, सफाई दिने मौका समेत नदिई निलम्वन गरिनु गैरकानुनी रहेको महसुस मलाई भएको उहाँको आरोप छ । आफुलाई लगाईएका कुनै पनि आरोप प्रमाणित नभएको र आरोप प्रमाणित भएमा जुनसुकै कार्वाहीको भागिदार हुन तयार रहेको उहाँले बताउनुहुन्छ । मलाई मेरो रोजगारीबाट निलम्बन गरिएकोमा चिन्ताभन्दा बढी अस्पतालको विकास कसरी गर्ने भन्ने ध्यय रहेको बताउनुभयो ।
व्यवस्थापन समितिले अस्पताललाई सार्वजनिक सम्पत्ती नभई व्यक्तिगत सम्पत्ती जस्तै तानाशाह शैलीमा मनोमानी गर्न थालेपछि अस्पतालमा ताला लगाउनु बाहेक कुनै बिकल्प नदेखिएको उहाँले बताउनुभयो । अस्पतालमा ताला लगाएर सेवाग्राहीलाई दुःख दिने उद्देश्य नभई अस्पताल व्यवस्थापन समितिलाई बिधान बमोजिम कार्य गर्न बारम्बार ताकेता गरेको उहाँले बताउनुभयो । अस्पतालमा अधिकांश विरामी भारतिय रहेको उहाँले बताउनुभयो ।
माथि उल्लेखि सम्पूर्ण आरोप अर्को पक्ष (अस्पताल व्यवस्थापन कार्यसमिति)ले स्वयं लगाउने गरेको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य प्रदीप शाहका अनुसार समयानुसार सबैमा सुधार हुनु पर्छ । पूर्व कार्यकरी प्रमुख पुरणले व्यानरमा उल्लेख गरे अनुसार कै सुधार तथा परिवारबाद हटाउन खोज्दा सो कुरा नमाने कै हुँदा उनलाई पदमुक्त गर्नुपरेको बताउनुभयो ।
पूर्व कार्यकारी प्रमुख पुरणले भने जस्तै परिवारवाद कसले लगाएको छ ? उनलाई गएर सोध्नुस , उनले आफ्नै घर परिवारका आधा दर्जन बढीलाई अस्पताल भित्र नोकरी दिएको, अस्पताल भित्र आफ्नो औषधि पसल सञ्चालन गरेको तथा उक्त बारे अख्तियारद्वारा अनुसन्धान शुरु हु“दा अस्पतालको सुधार बारे व्यवस्थापन समितिले संकेत गर्दा यस्तो विवाद आएको अस्पतालमा कार्यरत एक कर्मचारीको भनाई रहेको छ ।
जो व्यक्तिले बच्चालाई जन्म दिन्छ, उनले कहिले पनि दुःख दिने मनसाय राख्दैन, यदि पूर्व कार्यकारी प्रमुखको नियत ठीक भए आजको दिन कानुन समक्ष पुगेर पनि अस्पतालमा तालाबन्दी गर्ने मौका आउने थिएन । उनको निहित स्वार्थले गर्दा मात्र यस्तो भएको हो । पूर्व कार्यकारी प्रमुख सही भएको भए उनलाई जानकारी भएको तथ्य हो किन भएन यसपटक नविकरण उनकै मुद्दा अख्तियारमा भएको हुँदा, किन उनी आज एक्लै संघर्षमा रहेका छन् ? उनको काँधमा काँध अन्य कर्मचारीहरुले किन थापेका छैनन ? भनी उल्टै प्रश्न पूर्वकार्यकारी प्रमुख तर्फ तेर्साएका छन् ।


अस्पताल छेउमा रहेका स्थानीयहरुका अनुसार दुबै पक्ष एउटै टेबुलमा बसी अस्पतालको विकास र निकास कसरी हुन सक्छ । त्यसतर्फ छलफल गर्नु आवश्यक देखिन्छ । यसमा सम्बन्धित प्रशासनलाई ध्यान केन्द्रित गरी यथासिर्घ निकासको बाटो खोज्नु आवश्यक छ ।
सुर्खेतबाट अस्पतालमा सेवा लिन पुगेकी एक जना सेवाग्राहीले समेत तालाबन्दी गर्नु उचित नभएको तथा कानुनी बाटो हुँदाहुँदै हामी जस्तो टाढाबाट सेवा लिन आएकाहरुलाई पीडा दिनु उचित नभएको बताउँछिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *