
नेपालगन्ज, १९ चैत – अभिनन्दन कार्यक्रममा क्षेत्रीय विधायकले सम्मेलनमा पत्रकारहरुलाई सम्मान गर्दै पत्रकार संघको भवन निर्माण गर्ने, छिट्टै पत्रकार चिन्ह लगाउने र ग्रामसभाको जग्गा बताइ दिने प्रतिबद्धता जनाएका छन् ।
सीमाञ्चल पत्रकार संघले आयोजना गरेको अभिनन्दन कार्यक्रममा विधायक नानपाराले पत्रकारहरुको समस्यालाई निरन्तरता दिन आग्रह गरेका छन् । आईतबार श्री रामप्यारे इन्टर कलेजको प्रांगणमा सीमाञ्चल पत्रकार संघको ब्यानरमा आयोजित अभिनन्दन समारोहमा सञ्चारकर्मीहरुको भूमिकाका विषयमा बोल्दै नानपाराका विधायक रामनिवास वर्माले पत्रकार राष्ट्रको चौथो खम्बा भएको बताएका छन् ।
जसले समय समयमा इलाका, समाजका गतिविधिबारे प्रशासनलाई जानकारी गराइ रहन्छन् । उनले उत्पीडित र पिडितको आवाज निडर भएर समाचारका माध्यमबाट उठाउन सबै पत्रकारलाई आग्रह गरेका थिए ।
बाबागञ्ज चौकीका इन्चार्ज विजय चौधरीले पत्रकारले कुनै पनि समाचारको पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने बताए । जसले कसैलाई अनावश्यक आरोप लगाउन नपरोस् । संरक्षक मणिराम शर्माले भने, ‘ग्रामीण क्षेत्रका पत्रकारले समाचार संकलन गरेर प्रकाशन गर्ने गरेका छन्, कतिपय अवस्थामा जोखिमपूर्ण पनि हुन सक्छ । जसमा पत्रकारलाई पनि सरकारी पक्षबाट केही सुविधा दिनुपर्छ ।’
कार्यक्रममा वन क्षेत्रका अधिकृत हेमन्तमणि त्रिपाठीले वातावरणलाई हरियाली बनाउन आमजनतामा प्रचार प्रसार गर्नुपर्ने बताए ।
कार्यक्रममा एसके मधेसिया, डा. एएम सिद्दिकी, सत्यमखबरका चन्द्रेश्वरराज त्रिपाठीले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको संयोजन महेन्द्र शर्माले गरेका थिए ।
सो अवसरमा रवेन्द्रनाथ शर्मा, राजकुमार शर्मा, रुद्रप्रताप मिश्र, अशोक पाठक, भुवन भास्कर वर्मा, असरार अहमद, सन्तोषकुमार मिश्र, विनोद गिरी, अरविन्द शर्मा, प्रवीण शर्मा लगायत दर्जनौं समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
अन्त्यमा विधायकले सबैलाई अंग लुगा, डायरी र कलम दिएर सम्मान गरेका थिए ।
