बाँकेमा चलचित्र छायांकनका सम्बन्धी अन्तरक्रिया सम्पन्न
नेपालगन्ज, १ माघ - चलचित्र पत्रकार संघ नेपाल बाँके शाखाले चलचित्र छायांकनका लागि उपयुक्त स्थल र पर्यटन प्रवद्र्धनका लागि सरोकारवालासँग आईतबार अन्तर्क्रिया गरेको छ ।
गीत, संगीत र चलचित्र निर्माण गर्नका लागि बाँके बर्दिया जिल्लामा रहेका उपयुक्त ठाउँहरूको बारेमा स्थानीय कलाकार, पत्रकार, पर्यटन व्यवसायी, होटेल व्यवसायी, सिनेमा हल सञ्चालक लगायतसँग अन्तर्क्रिया गरिएको हो ।
बाँकेको डुडुवा गाउँपालिकाको कम्दि नजिकै रहेको पिकनिक स्थलमा आयोजना गरिएको अन्तर्क्रियामा सहभागीहरुले यहाँका धार्मिक, साँस्कृतिक, सामाजिक मुल्य मान्यता झल्कने यहाँका स्थानीय चाडवाड, गाँउ, तालतलैया, बाटो, पूल नदीलगायत समावेश गर्न सकिने सम्भावना रहेको बताए ।
कलाकार सुन्दर गुरुङले गुरुवागाउँ मेला, जोगागाँउ मेला लगायतका यहाँका मौलिक मेलाहरु चलचित्रमा समावेश गर्न सकिने बताए । साथै यहाँका ग्रामीण वस्ती, ग्रामीण क्षेत्र, बाट...









