Thursday, January 15सत्यम खबर
Shadow

ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

काठमाण्डौ, २६ पौष – वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले चीन-अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

वासिङ्टनले स्वशासित टापूमा महत्वपूर्ण निर्वाचनपछि ताइवानमा ‘अनौपचारिक’ प्रतिनिधिमण्डल पठाउने घोषणा गरेपछि उनले भने, ‘चीनले अमेरिका र ताइवानबीच कुनै पनि प्रकारको आधिकारिक आदानप्रदानको कडा विरोध गर्दछ ।’

‘ताइवान चीनको अविभाज्य अङ्ग हो,’ उनले भने। माओले बेइजिङसँग चुनावलाई लिएर तनाव नबढाउन अमेरिकाले दिएको चेतावनीको पनि विरोध गरेका छन् । खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *