Friday, July 3सत्यम खबर
Shadow

श्रम/रोजगार

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन सुरु

आठौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शन सुरु

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २४ पौष – पश्चिम नेपालका आम महिला उद्यमीहरुले प्रतिक्षा गरिरहेको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करण मंगलबार देखि सुरु भएको छ ।महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनीमा महिला उद्यमीहरुको उत्पादनलाई बिक्री वितरणका लागि राखिएको छ । मंगलबार एक कार्यक्रमका बिच नेपालगन्ज उपमहानगरपालिका मेयर प्रशान्त विष्ट र महिला उद्यमी महासंघ नेपाल अध्यक्ष शोभा ज्ञवालीले प्रदर्शनीको उद्घाटन गरे ।उद्घाटन कार्यक्रममा महिला उद्यमी महासंघ नेपालको तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य एवम लुम्बिनी प्रदेश संयोजक सरस्वती शर्मा, कर्णाली प्रदेश संयोजक शिला नेपाली लगायतको उपस्थिती रहेको थियो ।उद्घाटन समारोहमा आयोजक महिला उद्यमी संघ नेपाल बाँकेले महिला उद्यमीको क्षेत्रमा महत्वपुर्ण योगदान गर्नु भएकोमा अध्यक्ष शोभा ज्ञवाली, तृतिय उपाध्यक्ष बासन्ती प्रधान, केन्द्रिय सदस्य...
नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

नेपाल–भारत सीमा क्षेत्र सौन्दर्यकरण

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ग, २४ पौष – नेपालगन्जस्थित नेपाल भारत सीमा क्षेत्र सौन्दर्यकरण गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका र सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा नेपाल भारत सीमा (जमुनाहा) क्षेत्र सौन्दर्यकरण गरिएको हो ।नेपाल भारत प्रवेशद्वार रंगरोगन, सरसफाई र रंगिन गमलामा विरुवाहरु रोपिएको छ । एक समारोहका बीच नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्री र बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले संयुक्तरूपमा नेपाल भारत प्रवेशद्वारमा राष्ट्रिय झण्डा झण्डोत्तलन गर्नु भएको थियो । देश मै पहिलो पटक नेपालगन्ज नाकाबाट सीमा क्षेत्र सौन्दर्यकरण कार्यक्रम सुरु गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक र...
भारतको लक्षद्विपमा सबमरिन अप्टिकल फाइबर परियोजना सुरु

भारतको लक्षद्विपमा सबमरिन अप्टिकल फाइबर परियोजना सुरु

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ पौष – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पश्चिमी तटमा अवस्थित लक्षद्विप टापुमा १ हजार करोड भारतीय रुपैयाँभन्दा धेरैको लागतमा सबमरिन अप्टिकल फाइबर परियोजनाको उद्घाटन गरेका छन् । प्रधानमन्त्री मोदीले लक्षद्विपको राजधानी कभारात्तीमा आयोजित एक कार्यक्रममाझ उक्त परियोजनाको उद्घाटन गरेका हुन् । कोची लक्षद्विप आइल्याण्ड सबमरिन अप्टिकल फाइबल कनेक्सन (केएलआई–एसओएफसी) नाम दिइएको उक्त परियोजनाले १ हजार ८ सय ६८ किलोमिटरको भूभागमा तीव्र गतिको इन्टरनेट सेवा प्रदान गर्ने भारतीय सञ्चार माध्यम इण्डियाब्लुम्सले जनाएको छ । यससँगै ३६ स–साना टापुहरु मिलेर बनेको यस क्षेत्र स्वतन्त्रतायता पहिलो पटक सबमरिन अप्टिकल फाइबरले जोडिने भएका हुन् । १ हजार ७२ कारोड भारतीय रुपैयाँ लागत रहेको यस परियोजनाले सो लक्षद्विपमा तीव्र गतिको इन्टरनेट सेवा दिनुका साथै प्रविधि, ऊर्जा, जलस्रोत, स्वास...
अरब सागरमा भारतीय नौसेनाको निगरानी जारी

अरब सागरमा भारतीय नौसेनाको निगरानी जारी

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ पौष – भारतले समुद्री सुरक्षाका लागि उत्तरी तथा मध्य अरब सागरमा नौसैनिक निगरानीलाई जारी राखेको जनाएको छ । भारतीय रक्षा मन्त्रालयले उत्तरी तथा मध्य अरब सागरका साथै आदेनको खाडीमा व्यवसायिक जहाज र नाविकहरुको सुरक्षालाई मध्यनजर गर्दै समुद्री गस्तीलाई कायमै राखेको जनाएको हो । सो क्षेत्रमा भारतीय नौसेनाका पानीजहाज र युद्धपोतसँगै हवाई गस्ती गर्न नौसैनिक लडाकु विमानको पनि प्रयोग गरिएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । त्यसबाहेक भारतीय नौसेनाले तटरक्षक बलसँग सहकार्य गरी आफ्नो अधिनमा रहेको आर्थिक क्षेत्र (ईईजेड) मा उच्च सुरक्षा सतर्कता अपनाएको जनाइएको छ । पछिल्लो समय अरब सागरको क्षेत्रमा व्यवसायिक जहाजलाई लक्षित गरी आक्रमण भएसँगै भारतले यस्तो कदम चालेको हो । खबरहब...
विवादित दक्षिण चीन सागरमा चीनको नौसैनिक अभ्यास

विवादित दक्षिण चीन सागरमा चीनको नौसैनिक अभ्यास

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ पौष – चीनले विवादित दक्षिण चीन सागरमा नौसैनिक गस्तीको घोषणा गरेपछि सो क्षेत्रमा तनाव बढेको छ । चिनियाँ जनमुक्ति सेनाको दक्षिणी थिएटर कमाण्डले दक्षिण चीन सागरमा नौसैनिक गस्तीको घोषणा गरेको हो । जनमुक्ति सेनाले गस्तीबारे थप विवरण भने उपलब्ध नगराएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । जनमुक्ति सेना गस्तीलाई ‘नियमित’ सैनिक गतिविधिको संज्ञा दिएको छ । पछिल्लो समय दक्षिण चीन सागरमा फिलिपिन्स र चिनियाँ नौसेनाबीच तनाव उत्कर्षमा रहेका बेला चिनियाँ जनमुक्ति सेनाले नौसैनिक गस्तीको घोषणा गरेको हो । चीनले अन्तर्राष्ट्रिय अदालतको फैसलाको बेवास्ता गर्दै दक्षिण चीन सागरको सम्पूर्ण क्षेत्रमा आफ्नो दाबी गर्दै आएको छ । यद्यपि सो क्षेत्रमा चीनबाहेक फिलिपिन्स, भियतनाम, मलेशिया, इण्डोनेशिया, ब्रुनाइजस्ता मुलुकले पनि आफ्नो सार्वभौमिकता दाबी गर्दै आएका छन् । खबरहब...
भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणमा भए चार महत्त्वपूर्ण सम्झौता : विद्युत व्यापारदेखि रकेट प्रक्षेपणसम्म

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणमा भए चार महत्त्वपूर्ण सम्झौता : विद्युत व्यापारदेखि रकेट प्रक्षेपणसम्म

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २२ पौष – नेपालका परराष्ट्रमन्त्री एनपी साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री डा. एस. जयशंकर दुई दिने भ्रमणका लागि नेपालको औपचारिक भ्रमणमा छन् । विकास साझेदारी सहित द्विपक्षीय सहकार्यका सबै पक्षमाथि समीक्षा गर्दै दुई मन्त्रीको सहअध्यक्षतामा विहीबार भारत–नेपाल संयुक्त आयोगको सातौं बैठक सम्पन्न भयो । सन् २०२१ को जनवरीमा सम्पन्न भारत–नेपाल संयुक्त आयोगका छैठौं बैठकपछि द्विपक्षीय सहकार्यका सबै क्षेत्रमा हासिल उपलब्धिहरुको संयुक्त आयोगले प्रशंसा गर्यो । संयुक्त आयोगको बैठकपश्चात, भारतीय विदेशमन्त्री र नेपालका परराष्ट्रमन्त्रीको उपस्थितिमा दुई पक्षबीच निम्न सहमतिपत्र/समझदारीपत्रको आदान प्रदान भयो । नेपालमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि भारत र नेपालबीच सहमति कायम भएको छ । नयाँ सम्झौतामा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनका लागि बजेटको सीम...
विनय दिक्षितको संयोजकत्वमा सरस्वती बालिका विद्यालय समिति गठन

विनय दिक्षितको संयोजकत्वमा सरस्वती बालिका विद्यालय समिति गठन

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नरैनापुर, २२ पौष – नरैनापुर गाउँपालिकामा प्रस्तावित सरस्वती बालिका विद्यालयको संयोजकमा बिनय दिक्षितलाई चयन गरिएको छ ।बाँकेको ८ वटै पालिका मध्ये शैक्षिक क्षेत्रमा सबभन्दा पछाडी रहेको नरैनापुर गाउँपालिकामा शैक्षिक स्तर उन्नतिको लागि बालिका विद्यालयको स्थापना हुनु पर्ने मांग राख्दै शनिबार सम्पन्न कार्यक्रममा बिनय दिक्षितको संयोजकत्वमा रहेको समितिमा मुकद्दरअली मुकेरी, विरेन्द्र यादव, अम्मरलाल मौर्य, हरिचरण तिवारी, डिट्ठाप्रसाद मौर्य, हारुन खाँ, विश्राम यादव, प्रमोदकुमार शर्मा, अजय मौर्य, रामअचल मौर्य, पारसनाथ पाण्डे, रामसिंह खत्रीलाई चयन गरिएको छ । नरैनापुर गाउँपालिकामा बालिका विद्यालयको आवश्यकता बारे अधिवक्ता रामकुमार दीक्षित, शिक्षाप्रेमी तथा कार्यक्रमका प्रमुख अतिथि किरण आचार्य, शिक्षक कृष्णादेवी पाण्डे, नेकपा एमाले जिल्ला कमिटी सदस्य सोहनलाल यादव, पत्रकार गुरमुरत यादव लगायतले आ–आफ्न...
सम्मान वनभोज गर्दै मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव

सम्मान वनभोज गर्दै मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २२ पौष – मण्टेश्वरी एशोसिएशन बाँकेको छैंठौं वार्षिकोत्सव सम्मान सहित मैत्रीपूर्ण वनभोज कार्यक्रमको आयोजना गरी सम्पन्न भएको छ । वार्षिकोत्सव कार्यक्रम डुडुवा गाउँपालिका वडा नं. ५ नानापुर स्थित सिद्धी विनायक लायन्स क्लब पार्कमा आयोजना गरिएको हो ।एशोसिएशनकी अध्यक्ष दुर्गा बजगाईको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सवमा बाँके जिल्लाका विभिन्न १० वटा मण्टेश्वरी स्कुलका शिक्षिकाहरुलाई उहाँहरुको अध्यापन, क्रियाकलाप लगायतको आधारमा मण्टेश्वरी एशोसिएशन बाँकेले निर्धारण गरेको मापदण्डको आधारमा मूल्याङ्कन गरी जिल्लाभरका १८ वटा मण्टेश्वरी स्कुल मध्ये १० वटा मण्टेश्वरी स्कुलका शिक्षिकाहरुलाई उत्कृष्ट शिक्षिकाको रुपमा सम्मान गरिएको हो । सो अवसरमा सम्मानित शिक्षिकाहरुलाई एशोसिएशनका सल्लाहकार तथा वरिष्ठ पत्रकार पूर्णलाल चुकेले कदर पत्र सहित सम्मान गर्नु भएको छ । उहाँले सो अवसरमा बोल्दै भोलिका द...
ब्ल्याक हर्सको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण

ब्ल्याक हर्सको सहयोगमा लघुचलचित्र ‘पाउलो’ निर्माण

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, २० पौष – ऐना आर्टस्को प्रस्तुति र ब्ल्याक हर्स जुत्ता कम्पनीको सहयोगमा लघु चलचित्र ‘पाउलो’ निर्माण भएको छ । जुत्ताको कथावस्तु रहेको ‘पाउलो’ को छायांकन काठमाडौंको पशुपति परिसरमा गरिएको थियो ।लघु चलचित्रमा प्रशान्त हुमागाइँ, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा र सन्देश थापाले अभिनय गरेका छन् । पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन र प्रोडक्सन म्यानेजमेन्ट चक्रप्रसाद पोख्रेलले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । लघु चलचित्रको छायांकन नारायण जिसीले गरेकाहुन् र सम्पादन अनिलकुमार महर्जनले गरेका छन् । लघुचलचित्र ‘पाउलो’ पशुपती परिसरमा बस्ने परिवार विहिन एक सडक बालकको कथाहो । जसमा सुरुदेखि अन्त्यसम्म मुख्यपात्र जुत्तालाई नै बनाइएको छ । मानिस जन्मन्छ, हुर्कन्छ, विवाह गर्छ, विवाह पश्चात् श्रीमान वा श्रीमतीको...
पत्रकार नवराज बजगाईलाई डेरी एसोसिएसनको सम्मान

पत्रकार नवराज बजगाईलाई डेरी एसोसिएसनको सम्मान

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
ललितपुर, २० पौष – सञ्चारकर्मी नवराज बजगाई सम्मानित भएका छन । शुक्रबार ललितपुरमा आयोजित नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको साधारण सभामा बागमती प्रदेश सभाकी उपसभामुख माननिय अप्सरा चापागाईले बजगाईलाई सम्मान गरेकी हुन ।नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५औं वार्षिक साधारण सभा, नेपाल डेरी एसोसिएसन काठमाडौं जिल्ला समितिको दोश्रो र ललितपुर दुग्ध व्यवसायी समितिको १०औं वार्षिक सााधारणको अवसरमा बजगाईलाई सम्मान गरिएको हो । विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय बजगाईलाई पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पु¥याएबापत सम्मान गरिएको नेपाल डेरी एसोसियसन बागमती प्रदेशका अध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी दिए । कार्यक्रममा उपसभामुख चापागाई, नेपाल डेरी एसोसियसनका केन्द्रिय अध्यक्ष प्रल्हाद दाहाल, दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक डा. राजेन्द्रकुमार यादव, डेरी एसोसिएसनका पुर्व...