Thursday, July 2सत्यम खबर
Shadow

श्रम/रोजगार

सातौं प्रादेशिक महोत्सवको तयारी ८० प्रतिशत सम्पन्न

सातौं प्रादेशिक महोत्सवको तयारी ८० प्रतिशत सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ५ चैत – यही चैत ६ गतेदेखि नेपालगन्जको वाटरपार्कमा आयोजना हुने सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काका अनुसार महोत्सवको तयारी ८० प्रतिशत सम्पन्न भएको हो ।महोत्सवलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको जानकारी दिदैँ अध्यक्ष खड्काले बाँकेको आर्थिक गतिविधिलाई चलायमान गर्ने उद्देश्यका साथ नेपालगन्जको वाटरपार्कमा सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सव आयोजना गरिन लागेको जानकारी दिइन् । उनले भनिन्– ‘महोत्सवको सम्पूर्ण तयारी लगभ पुरा भइ सकेको छ । महोत्सवमा आउने कलाकारहरुको टुङ्गो लागि सकेको छ । भने महोत्सव स्थलमा २ सय स्टल बुक भई सकेको छ ।’महोत्सवलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न महासंघ जिल्ला स्थ...
आशा लघुवित्तको उत्कृष्ट केन्द्र नं. १४० मानपुर प्रथम

आशा लघुवित्तको उत्कृष्ट केन्द्र नं. १४० मानपुर प्रथम

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ३ चैत - आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खजुराले बित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी कार्यक्रम शनिवार खजुराको मिनि पार्कमा सम्पन्न गरेको छ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय खजुराले एक दिने वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न गरेको हो । संस्थाले गरेको कार्यप्रति विश्वस्त पार्न, वित्तिय संस्थाबारे भ्रम चिर्न, गुनासो र चुनौती बारे छलफल, धितो कर्जा कसरी चलाउने लगायतका विषयमा केन्द्र प्रमुखहरुलाई प्रशिक्षण गरिएको थियो । एक दिने गोष्ठीमा २ सय ६ केन्द्रका केन्द्र प्रमुखको उपस्थिति रहेको खजुरा शाखाका प्रबन्धक सञ्जित ओलीले जानकारी दिनुभयो । कार्यक्रममा महिलाहरुलाई विशेष गरी लघुबित्त कर्जा र बचत सम्बन्धि ब्यबसाय दर्ता, ब्यवसाय योजना, कर्जा सदुपयोगिता, वित्तीय ब्यवस्थापन, व्यापार बिस्तार, महिला सचेतना, महिला सशक्तिकरण, लघुबित्त...
गुप्तामाथि अभद्र व्यवहारप्रति मधेश मिडियाको भर्त्सना

गुप्तामाथि अभद्र व्यवहारप्रति मधेश मिडियाको भर्त्सना

अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज १ चैत - भेरी अस्पतालमा रिपोर्टिङका क्रममा पुगेका जि नेपाल टेलिभिजनका संवाददाता अभिषेक गुप्तामाथि दुरव्यवहार भएको छ । अभद्र व्यवहारप्रति मधेश मिडिया मिसन नेपाल बाँके शाखाको गम्भीर ध्यानाकर्षण भएको छ । समाचार संकलनका लागि उक्त अस्पताल पुगेका पत्रकार गुप्तामाथि अस्पतालमा कार्यरत सुरक्षा गार्डले दुव्र्यवहार गरेका हुन् । सो क्रममा क्यामेरा खोस्ने दुष्प्रयास गरेकाे पत्रकार गुप्ताले जानकारी दिएका छन् । सञ्चारकर्मीमाथि भएको यस्तो दुव्र्यवहारप्रति मधेश मिडिया मिसन नेपाल बाँके शाखाले घोर भत्सर्ना एवं निन्दा व्यक्त गर्दै उक्त घटना प्रेस स्वतन्त्रताका विपरित भएको संस्थाकाे ठहर छ । मधेश मिडिया मिसन नेपाल बाँकेका अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीले घटनाको भत्सर्ना गर्दै यश अघि समेत झाेरा सामुदायिक वनमा काठकाे विषयमा झगडा हुँदा दुबै पक्ष भेरी अस्पतालकाे ईमरजेन्सीमा भेट्न जाँदा राेक लगाईएकाे वि...
नेपाल-भारत क्यूआर भुक्तानी, १० दिनमै एक करोड भारु भित्रियो नेपाल

नेपाल-भारत क्यूआर भुक्तानी, १० दिनमै एक करोड भारु भित्रियो नेपाल

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ चैत – नेपाल-भारतबीच सुरु भएको अन्तरदेशीय (क्रसबोर्डर) क्यूआर कोड भुक्तानी प्रणालीले आमउपभोक्ता लाभान्वित भएका छन्। गत फागुन १६ गतेदेखि भारतीय नागरिकले नेपालमा फोनपेको क्यूआर कोडमा भारतको फोनपे र भीम एपमार्फत भुक्तानी गर्न सुरु भएको थियो। फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाका अनुसार हरेक दिन ४५० देखि ५ सय वटा कारोबार भइरहेको छ । १० दिनमै दिनमै एक करोड भारु (एक करोड ६० लाख रुपैयाँ) कारोबार भएको छ। दैनिक १० लाख भारु भारतीय नागरिकले उताको फोनपे, भीम एपमार्फत नेपालको फोनपे क्यूआर कोड स्क्यान गरेर भुक्तानी गरिरहेका छन्। फोनपेले भारतीय नागरिकले धेरै नगद खर्चिने क्षेत्र पहिचान गर्दै क्रमशः क्यूआर कोडको प्रयोगलाई आक्रामक बनाउँदै लग्ने योजना बनाएको छ। फोनपेले पर्यटकीयसँगै धार्मिक क्षेत्रमा आउने भारतीयहरुलाई लक्षित गरेर क्यूआर कोड भुक्तानी सरलीकृत गर्छ। ध...
वडाध्यक्ष बर्माद्वारा थप ५० लाखको योजना शिलान्यास

वडाध्यक्ष बर्माद्वारा थप ५० लाखको योजना शिलान्यास

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, २७ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा आज आईतबार थप ५० लाख योजना बराबर सडकबाटो नालासहित शिलान्यास गरिएको छ । वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले आज योजना कार्यान्वयन हुने स्थानमा एउटा भेला गरी सामुदायिक रुपमा जिम्मेवारी निर्वाह गर्नुहुन सबैसामु अनुरोध गर्दै संघीय सरकारको गते आर्थिक वर्ष बिनियोजित १ करोड बजेट मध्ये कटौती गरी ५० लाख बजेटमा करीब ३ सय मिटर नालासहित अस्सफाल्ट पिच सडकबाटो निर्माण हुने बताउनुभयो । वडा अध्यक्ष बर्माका अनुसार यस आर्थिक वर्षमा आधा दर्जन बढी संघीय सरकारको योजनाहरु यस वर्षमा कार्यान्वयन भईरहेको तथा थप आवश्यकता अनुसार बजेट मांग गरिएको बताउनुभयो । उहाँले आउने समयमा थप बाटो, बाटो ग्राभेल तथा विद्यालय संरचना निर्माणको लागि बजेट विनियोजित गरिएको बताउनुभयो ।...
भारतले स्याटेलाइट कम्पोनेन्टहरूमा शतप्रतिशत एफडीआईको साथ विदेशी लगानी भित्र्याउने

भारतले स्याटेलाइट कम्पोनेन्टहरूमा शतप्रतिशत एफडीआईको साथ विदेशी लगानी भित्र्याउने

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २५ फागुन – केन्द्रले अन्तरिक्ष क्षेत्रमा विदेशी लगानीकर्ता र निजी कम्पनीहरूलाई आकर्षित गर्ने प्रयासको रूपमा, उपग्रहका लागि कम्पोनेन्टहरू बनाउन शतप्रतिशत प्रतिशत विदेशी लगानीलाई अनुमति दिएर अन्तरिक्ष क्षेत्रमा विदेशी प्रत्यक्ष लगानीका मापदण्डहरू सहज बनाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो। अब, स्याटेलाइट उप-क्षेत्रलाई प्रत्येक क्षेत्रमा विदेशी लगानीको लागि परिभाषित सीमासहित तीन फरक गतिविधिमा विभाजन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। हाल, अन्तरिक्ष क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीलाई सरकारी मार्गबाट मात्रै स्याटेलाइट स्थापना र सञ्चालनको क्षेत्रमा शतप्रतिशत अनुमति दिइएको छ। हालको नीतिमा परिवर्तन गर्दै सरकारले स्याटेलाइट निर्माण तथा सञ्चालन, स्याटेलाइट डाटा उत्पादन र ग...
भुटानको विवादित क्षेत्रमा बेइजिङले बनायो चिनियाँ गाउँ

भुटानको विवादित क्षेत्रमा बेइजिङले बनायो चिनियाँ गाउँ

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ फागुन – चीनका प्रायः सबै छिमेकीहरूसँग क्षेत्रीय विवाद भएको देश भएकोले, यसको विस्तारवादी एजेन्डा, विशेष गरी तिब्बतसँग जोडिएका क्षेत्रहरू हिमालय क्षेत्रका देशहरूका लागि चिन्ताको विषय बनेको छ। यसले हालै विवादित भुटान–चीन सीमानामा निर्माण भएका तीनवटा गाउँमध्ये एउटामा १४७ परिवारलाई बसाइसकेको छ। तीमध्ये कूल ३८ परिवार तिब्बती सहर सिगात्सेका गत वर्ष डिसेम्बर २८ मा भुटान–चीन सीमामा बनेको नयाँ विस्तारित तामालुङ गाउँमा बसोबास गरेको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ। २०२२ को अन्त्यमा बनेको, तामालुङ गाउँमा सुरुमा २०० जना बस्ने ७० घर थिए, तर अहिले यसलाई २ सय ३५ परिवार अटाउन विस्तार गरिएको हङकङस्थित अंग्रेजी दैनिकले जनाएको छ। अर्को सीमावर्ती गाउँ, ग्यालाफुगले पनि यसको विस्तार देखेको छ, जसमा हाल १५० भन्दा बढी घरहरू छन्, हङकङमा आधारित दैनिकले जनाएको छ। भुटान नजिकको विवादित क्षेत्रमा सडक ...
चिकित्सा पर्यटनले बंगलादेश-भारत द्विपक्षीय सम्बन्ध थप मजबुत बन्दै

चिकित्सा पर्यटनले बंगलादेश-भारत द्विपक्षीय सम्बन्ध थप मजबुत बन्दै

आर्थिक, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ फागुन – चिकित्सा पर्यटन उद्योगमा विश्वव्यापी नेताहरू मध्ये एक भारत आज विश्वभरका बिरामीहरूका लागि सबैभन्दा किफायती र द्रुत रूपमा बढ्दो चिकित्सा पर्यटन गन्तव्यहरू मध्ये एक बनेको छ। भारतले दक्षिण एसियाली देशहरू विशेष गरी बंगलादेशलाई स्वास्थ्य सेवा प्रदान गरेर सीमापार द्विपक्षीय सहयोगमा नेतृत्व भूमिका खेल्छ। युनानी, योग, ध्यान, आयुर्वेद, र होमियोप्याथिक उपचार जस्ता समग्र चिकित्सा सेवाहरू प्रदान गर्ने क्षमता भारतको विशिष्टता हो। उच्च गुणस्तरीय स्वास्थ्य सेवा पेशेवरहरू र नर्सहरूको उपलब्धता, चिकित्सा कर्मचारीहरूद्वारा चौबीसै घण्टा सेवाहरू, अस्पतालहरूमा विलासी कोठाहरूको छनोट, राम्रो चिकित्सा विकल्पहरू, उच्च सफलता दरहरू, हृदय शल्यक्रिया, अंग प्रत्यारोपण, र आँखा जस्ता उन्नत स्वास्थ्य सेवा क्षेत्रमा उपचारको लागि प्रतिष्ठा कमाएको छ। आज अधिक बंगलादेशीहरूले लागत-प्रभावी चिकित्सा उ...
माल्दिभ्समा चीनको ‘जासूसी जहाज’ ले राजनीतिक हलचल

माल्दिभ्समा चीनको ‘जासूसी जहाज’ ले राजनीतिक हलचल

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २५ फागुन – माल्दिभ्सको द्वीपसमूह राष्ट्र भौगोलिक रूपमा रणनीतिक मात्र होइन, तर हिन्द महासागर क्षेत्रमा प्रतिस्पर्धा गर्ने देशहरूको लागि महत्त्वपूर्ण राजनीतिक साझेदार पनि हो। यसको महत्त्वपूर्ण रणनीतिक स्थानलाई ध्यानमा राख्दै, माल्दिभ्सले लामो समयदेखि सन्तुलनको खेल खेल्दै आएको छ। विशेष गरी दुई एसियाली शक्ति राष्ट्रहरु भारत र चीनबीच सन्तुलन कायम गर्दै आएको माल्दिभ्समा पछिल्लो समय चिनियाँ प्रभाव र दबाब बढ्दै गएको छ। जुन माल्दिभ्सका लागि पनि हानिकारक रहेको छ। यद्यपि दुई ठूला शक्तराष्ट्र मध्ये कुनै पनि तर्फ राजनीतिक झुकाव राख्‍ने भन्‍ने कुरालाई सत्तामा बसेको राजनीतिक विचारधाराले निर्धारण गर्दछ। हाल मोहम्मद मुइज्जुको पार्टीको नेतृत्वको सरकारन बेइजिङतर्फ झुकाव राखेको प्रस्ट रूपमा देखिन्छ। माल्दिभ्सका राष्ट्रपतिको बेइजिङ भ्रमण बाहेक, अन्य प्रमुख कारकहरूको सेटले देशको नीतिमा पूर्ववर्...
कोहलपुरका ई रिक्सा चालक आन्दोलनको तयारीमा

कोहलपुरका ई रिक्सा चालक आन्दोलनको तयारीमा

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
कोहलपुर, २४ फागुन - कोहलपुर नगरपालिकामा सञ्चालित ई रिक्सा चालकहरुले अटोरिक्सा व्यवस्थापनको माग गरेका छन् । बिहीवार ई रिक्सा मजदुर संगठन र कोहलपुर यातायात सेवा प्रालिले ई रिक्सा व्यवस्थापनको माग गरेका हुन् । एक विज्ञप्ती सार्वजनिक गर्दै उनीहरुले कोहलपुरमा सञ्चालित अटोरिक्सा कार्यविधि अनुसार सञ्चालन नभएको, ट्राफिक प्रहरीको चेकजाँचमा लापरवाही भएको, अटोरिक्सा अव्यवस्थित अवस्थामा रहेकोले यसको व्यवस्थापन गर्न आवश्यक रहेको ई रिक्सा मजदुर संगठन कोहलपुरका अध्यक्ष बिनोद मल्लले बताउनुभयो । दर्ता र लाइसेन्सको लागि कोहलपुर नगरपालिका र ट्राफिक प्रहरीले चासो नदेखाएको हुनाले यसतर्फ पनि ध्यान जान जरुरी रहेको अध्यक्ष मल्लले बताउनुभयो । रातो प्लेटलाई कालो प्लेट आफ्नो मनमर्जिले बनाएको, सबैं प्रक्रिया पुगाउँदा समेत ट्राफिक प्रहरीले जरिवाना बढि लिदा कमाउनु भन्दा गुमाउनु धेरै भएको र एक जिल्ला वा अन्य पालिक...