Thursday, April 30सत्यम खबर
Shadow

वडाध्यक्ष बर्माद्वारा थप ५० लाखको योजना शिलान्यास

डुडुवा, २७ फागुन – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ मा आज आईतबार थप ५० लाख योजना बराबर सडकबाटो नालासहित शिलान्यास गरिएको छ ।


वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले आज योजना कार्यान्वयन हुने स्थानमा एउटा भेला गरी सामुदायिक रुपमा जिम्मेवारी निर्वाह गर्नुहुन सबैसामु अनुरोध गर्दै संघीय सरकारको गते आर्थिक वर्ष बिनियोजित १ करोड बजेट मध्ये कटौती गरी ५० लाख बजेटमा करीब ३ सय मिटर नालासहित अस्सफाल्ट पिच सडकबाटो निर्माण हुने बताउनुभयो ।


वडा अध्यक्ष बर्माका अनुसार यस आर्थिक वर्षमा आधा दर्जन बढी संघीय सरकारको योजनाहरु यस वर्षमा कार्यान्वयन भईरहेको तथा थप आवश्यकता अनुसार बजेट मांग गरिएको बताउनुभयो । उहाँले आउने समयमा थप बाटो, बाटो ग्राभेल तथा विद्यालय संरचना निर्माणको लागि बजेट विनियोजित गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *