Tuesday, March 18सत्यम खबर
Shadow

भारतीय सहयोगमा निर्माण हुने विद्यालय भवनको शिलान्यास, दिदिङ आविमा बन्नेछ चार करोडको भवन

काठमाण्डौ, २७ चैत – भारत सरकारको सहयोगमा सङ्खुवासभाको चिचिला गाउँपालिका–३ स्थित दिदिङ आधारभूत विद्यालयको भवन निर्माण हुने भएको छ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाबाट निर्माण हुने विद्यालय भवनको भारतीय दूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंह र चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्बु शेर्पाले शिलान्यास गरेका छन्। नेपाल-भारत विकास सहकार्य अन्तर्गत ४ करोड करोड आर्थिक सहयोगमा दुई तले विद्यालय भवन बन्ने भएको हो।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग यस विद्यालयलाई आवश्यक अन्य सुविधासँगै दुई तल्ले शैक्षिक तथा प्रशासनिक भवनको निर्माणमा उपयोग गरिनेछ,’ दूतावासले विज्ञप्तिमा भनेको छ। परियोजनाको कार्यान्वयन सङ्खुवासभाको चिचिला गाउँपालिकामार्फत हुनेछ।

चिचिला गाउँपालिकाका अध्यक्षले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

चिचिला गाउँपालिकास्थित दिदिङ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि गुणस्तरिय शिक्षा प्रदान गर्न विद्यालयको नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्ने विश्वास दूतावासले लिएको छ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन् । यी मध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा २ वटा परियोजना सङ्खुवासभामा छन् ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा १३ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस सङ्खुवासभा जिल्लालाई उपलब्ध गराइएको छ। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *