नेपालगन्जमा ‘दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्र’ सञ्चालन
नेपालगन्ज, १६ चैत – नेपालगन्ज उपमहानगरपालिकामा अब दिसाजन्य लेदो ब्यवस्थापनको समस्या अन्त्य भएको छ । वडा नम्बर २० बाबाघाटमा निर्माण भएको दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी ट्रेन्च केन्द्र सञ्चालनमा आएपछि बर्षौंदेखिको समस्या अन्त्य भएको हो । नगर प्रमुख प्रशान्त विष्ट र एसएनभी नेपालकी वास लिडर नादिरा खवाजाले दिसाजन्य लेदो ब्यवस्थापन अस्थायी क्षेत्रको आज (शुक्रबार) उद्घाटन गर्नुभएको छ ।नेपालगन्ज उपमहानगरपालिकाको अनुरोधमा एसएनभी नेपालको स्वास्थ्य तथा विकासको लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रम अन्तर्गत वास एसडिजी परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्मित अस्थायी ट्रेन्च केन्द्र नेपालगन्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
ट्रेन्च केन्द्र हस्तान्तरण कार्यक्रममा नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले अस्थायीरुपमा दिसा विर्सजन गर्ने ठाउँ निश्चित गरेर सञ्चालनमा ल्...









