
नेपालगन्ज, २९ श्रावण– जिल्लामा बिहीबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगन्जमा भएको पिसिआर परीक्षणबाट बाँकेका २२ सहित ३० जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालका फोकल पर्सनले जनाएका छन् । संक्रमण पुष्टि हुनेमा बर्दियाका ८ जना रहेको छन् ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले आफ्नो फेसबुक स्टाटसमा भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप ३० जनामा संक्रमण देखिएको लेखेका छन् ।
बाँकेमा बिहिबार भएको संक्रमण पुष्टिसँगै कोरोना संक्रमितको संख्या ६ सय ८५ जना पुगेको छ भने ३ जनाको मृत्यु भएको छ ।
