Tuesday, July 28सत्यम खबर
Shadow

शिक्षा/स्वास्थ्य

जानकीमा भाद्र ५ सम्म लकडाउन

जानकीमा भाद्र ५ सम्म लकडाउन

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– जानकी गाउँपालिका पाँच दिनका लागि लकडाउन हुने भएको छ । कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि गाउँपालिकाले आज (आईतबार) रातीदेखि सम्पूर्ण सेवाहरु बन्द गर्न लागेको छ । साउन ३२ गते आईतबार रातीदेखि भाद्र ५ गतेराती १२ बजेसम्म सम्पूर्ण सेवा बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी गराउनुभयो ।गाउँपालिकाका कार्यवाहक अध्यक्ष भुमिसरा धितालको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले अतिआवश्यक सेवा बाहेक गाउँपालिका कार्यालय, गाउँपालिकाका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, वडा कार्यालय, बैंक तथा वित्तिय संस्था, सरकारी तथा गैरसरकारी संघ संस्था, होटल ब्यवसाय, शैक्षिक संस्था, विद्यालय, हाटबजार लगायत सबै सेवा बन्द गर्ने निर्णय गरेको छ ।...
गणपति डेन्टल क्लिनिकद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य तथा जलपान सामाग्री प्रदान

गणपति डेन्टल क्लिनिकद्वारा सुरक्षाकर्मीलाई स्वास्थ्य तथा जलपान सामाग्री प्रदान

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– गणपति डेन्टल क्लिनिक नेपालगन्जले कोरोना संक्रमण रोकथामका लागि स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरेको छ । अनलाईन खोजखवर मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीहरुलाई स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको हो । जमुनाह नाकादेखि धम्बोजीसम्म सडकमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एन ९५ मास्क, सेनिटाइजर, सर्जिकल ग्लव्स, ग्लूकोन–डी, विस्कुट र खाने पानी वितरण गरिएको क्लिनिक सञ्चालक समेत रहेका डा. प्रतिक श्रेष्ठले जानकारी गराउनुभयो । कोरोन भाइरस महामारीका बीच फ्रन्टलाइनमा खटिएर जनताको सेवामा अहोरात्र खटिएका सुरक्षाकर्मीलाई थोरै भएपनि राहात पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा जलपान सामाग्री वितरण गरिएको उहाँको भनाइ रहेकोछ । करिव ५० जनालाई सामाग्री वितरण गरिएको जानकारी दिंदै उहाँले त्यसमा केही पत्रकारह...
सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने

सिन्धुपाल्चोक पहिरोः १८ जनाको शव भेटियो, मृतकका परिवारलाई १ लाख राहत दिइने

आर्थिक, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३२ श्रावण– जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी हराइरहेका थप दुई जनाको शव भेटिएको छ । यससँगै उक्त पहिरोमा परी ज्यान गुमाउनेको संख्या १८ पुगेको छ । शुक्रबार बिहान ११ जनाको शव भेटिएको थियो । फाइल तस्बिरः विष्णु क्षेत्रीको फेसबुकबाट यस्तै शनिबार दिउँसो पाँच र साँझ थप दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए । प्रहरी कार्यालयका अनुसार शनिबार स्थानीय ३७ वर्षीय मेकमाइ दोङ, ३० वर्षीय मानबहादुर दोङ, १६ वर्षीय माइलापराङ दोङ, ११ वर्षीया लक्ष्मी दोङ, ११ वर्षीया च्यामा दोङ, ११ वर्षीया विमला दोङ र सातमहिने कबिर दोङको शव पहिरोमा पुरिएको अवस्थामा फेला परेको हो ।लिदीमा शुक्रबार बिहान खसेको पहिरोले ३५ घर पुरिएका थिए। घरसँगै ३९ जना बेपत्ता भएका थिए । पहिरोमा बेपत्ता भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।ज्यान गुमाएकाक...
संक्रमितहरुको अवस्था बारे जानकारी लिंदै प्रमुख डा. राणा

संक्रमितहरुको अवस्था बारे जानकारी लिंदै प्रमुख डा. राणा

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा. धवलशमशेर राणाले आईसुलेसन अस्पताल र क्वारेन्टाईन सेन्टरमा बसेका कोरोना संक्रमितहरुको अवस्था बारे शनिबार जानकारी लिनु भएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दसहितको स्वास्थ्यकर्मीको टोली लिएर मेयर राणा झन्डै आधादर्जन आइसोलेसन सेन्टर पुगेर त्यहाँका संक्रमितहरुको अवस्था बारे आफै जानकारी लिनुभएको छ ।खजुराको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आईसुलेसन, नेपालगन्ज आर्दशनगरमा रहेको क्वारेन्टाईन सेन्टर, सिटी प्यालेस र गनापुरको खुला कारागार लगायत स्थानमा पुगेर संक्रमितको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया, खानपिनको व्यवस्थापन बारे जानकारी लिनुभएको टोलीमा सहभागी स्वास्थ्य शाखा प्रमुख चन्दले बताउनुभयो । मेयर राणाले आईसुलेसनको व्यवस्थापनमा ध्यान दिन, स्वास्थ्य उपचारमा ख्याल गर्न व्यवस्थापनमा खटिएका...
अपडेटः शनिबार १० जना संक्रमित थपिए

अपडेटः शनिबार १० जना संक्रमित थपिए

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– जिल्लामा शनिबार थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणबाट बाँकेका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 5अस्पतालमा बिगत २४ घण्टामा ४ सय ७० स्याम्पलको परीक्षणमा यो संख्यामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी गराउनुभयो ।...
आईतबारदेखि कोहलपुरमा पुनःलकडाउन

आईतबारदेखि कोहलपुरमा पुनःलकडाउन

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिएको भन्दै कोहलपुर नगरपालिका आईतवारदेखि भाद्र ५ गतेसम्म पूर्ण लकडाउनको घोषणा गरिएको छ । शनिवार कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले लकडाउन घोषणा गर्दै आफु मातहतका सरकारी कार्यायल देखि बैंक तथा वित्तीय संस्था, कलकारखाना, व्यापार, व्यवसाय, तरकारी, हटबजार लगायतलाई पूर्ण बन्द गर्ने निर्णय गरेको छ । अधिकार सम्पन्न स्थानीय निकाय कोहलपुर नगरपािलकाले सवारी साधन चलाउन पाउने वा नपाउने बारे कुनै निर्णय गरेको छैन ।स्थानीय जानकारका अनुसार सवारी साधन र तरकारी पसललाई समेत पुर्ण रुपमा भाद्र ५ गतेसम्म बन्द गरिएन भने लकडाउनको कुनै अर्थ नहुने बताउँछन् ।यो अवधीमा समुदाय स्तरमा पिसिआर जाँच तिब्र गतिमा नगरपालिकाले गर्नुपर्ने कोहलपुरबासीको माग रहेको छ ।...
‘अस्पतालको सेवा प्रभावित’– सहनिर्देशक किदवाई

‘अस्पतालको सेवा प्रभावित’– सहनिर्देशक किदवाई

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– कोरोना भारइरसका कारण नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका ५० जना स्वास्थ्यकर्मीहरू क्वारेन्टाइन र आइसोलेसनमा राखिएको छ ।अस्पतालमा सेवा लिन आएका केही बिरामीमा कोरोना भारइरसको संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका मध्ये केहीलाई संक्रमण भएर आइसोलेसनमा तथा अन्य गरेर ५० जना स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा राखिएको हो । नेपालगन्ज मेडिकल कलेजको नेपालगन्जस्थित शिक्षण अस्पतालका सहनिर्देशक डा.रोमन किदवाईले अस्पतालका ५० जना स्वास्थ्यकर्मीहरू एकै पटक आइसोलेसन र क्वारेन्टाइनमा गएपछि अस्पतालको सेवा प्रभावित भएको जनाउनु भएको छ ।उनले संक्रमित बिरामीको सम्पर्कमा आएर अस्पतालका तीन चिकित्सक र तीन स्वास्थ्यकर्मी गरेर छ जना संक्रमित भई आइसोलेसनमा रहेको जनाउँदै संक्रमित बिरामी, चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अस्पतालका विभिन्न विभागका अन्य ४४ जना ...
आजदेखि जोर–बिजोरका सवारीसाधान चल्ने

आजदेखि जोर–बिजोरका सवारीसाधान चल्ने

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावन– जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबारदेखि जोर विजोर नम्बरका गाडीहरु पालैपालो चलाउन पाउने व्यवस्था लागु गरेको छ । आज शनिबारदेखि सुरु गरेको जोर विजोर प्रक्रिया आजैदेखि लागु हुने जानकारी गराएको छ । आज शनिवार बिजोर नम्बरका गाडी मात्र चलाउन पाईने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।जिल्लामा कोरोना संक्रमणको जोखिम काय मै रहेकाले सामाजिक दुरि कायम राख्न जोर–बिजोर प्रणाली लागू गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी गराउनुभयो । कुरूम्वाङका अनुसार आज नम्बर प्लेटको अन्तिममा १, ३, ५, ७ र ९ नम्बर रहेका सवारीसाधन मात्र सञ्चालन गर्न पाईने बताउनुभयो । प्रहरीले बिहानैदेखि जोर विजोर गाडीलाई चेकजाँचमा कडाई गरिएको छ ।...
बिषेश अस्पताल भेरीमा सञ्चालन हुने

बिषेश अस्पताल भेरीमा सञ्चालन हुने

प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ श्रावण– शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा बनाइएको कोरोना विशेष अस्पताललाई भेरी अस्पतालबाट सञ्चालन गरिने तयारी गरिएको छ । प्रदेश ५ सरकारले खजुरास्थित शुशिल कोईराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना बिशेष अस्पताललाई नेपालगन्जस्थित भेरी अस्पतालमा सञ्चालन गर्ने निर्देशन दिएको छ ।सोही निर्देशन अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाड र नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापामगरले शुक्रबार स्थलगत अनुगमन गरी अस्पताल सार्ने बारे छलफल गर्नुभएको छ ।कोरोना बिषेश अस्पताल भेरीमा निर्माण भएको नयाँ भवनमा सञ्चालन हुने तयारी बारे भेरी अस्पतालका अध्यक्ष प्रमोद धिताल, मेसु डा.प्रकाश थापा र बरिष्ट चिकित्सक डा.श्यामसुन्दर यादवले जानकारी गराउनु भएको थियो ।अनुगमनसँगै करिब १ हप्ताभित्र भेरीमा कोरोना बिशेष अस्पताल सञ्चालनमा ल्याउने तयारी समेत बढाइएको छ ।...
कोरोना अफडेटः बाँकेमा ११ सहित २३ जना कोरोना संक्रमित

कोरोना अफडेटः बाँकेमा ११ सहित २३ जना कोरोना संक्रमित

शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३० श्रावण– भेरी अस्पताल नेपालगन्ज प्रयोगशालामा गरिएको परीक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सात सय नमूना परीक्षणमा बाँकेका ११ र बर्दियाका १२ गरी २३ जनामा भाइरस संक्रमण पुष्टि भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराउनु भएको छ ।उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेखी यसको पुष्टि गर्नुभएको हो ।शुक्रबार बाँकेमा थप भएका संक्रमितसँगै कूल संक्रमितको संख्या ६ सय ९६ पुगेको छ । तीमध्ये अहिले सम्म ४ सय ३५ जना उपचारपछि घर फर्किसकेका छन् भने तीन जनाको मृत्यु भएको छ । यस्तै बर्दियामा शुक्रबार १२ जना थपिएसँगै संक्रमितको संख्या २ सय ८५ पुगेको छ । बर्दियामा २ सय ३२ जना निको भएर घर फर्किसकेका छन् ।तर बिडम्बना नै भन्नु पर्दछ बाँकेका फोकल पर्सन नरेश बाबु श्रेष्ठलाई फोन गर्दा कहिले बाटोमा त कहिले फोन नै नउठाउने गरेको हुँदा स...