Tuesday, October 22सत्यम खबर
Shadow

केही छुटसहित शुक्रबार ३० गतेसम्म निषेधाज्ञा जारी

नेपालगन्ज, २८ श्रावण– बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्यामा बृद्धि भईरहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमणको गति र फैलावटलाई न्यूनिकरण गर्न मिति ०७७ श्रावण ३० गते शुक्रबार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । मंगलबार कोभिड–१९ को बैठकमार्फत शुक्रबार ३० गतेसम्म निषेधाज्ञा जारी रहने जनाइएको छ । तर त्यसमा भने केही छुट गरिएको छ ।


अत्यावश्यक काम बाहेक घरबाट ननिस्कने, भिडभाडमा नजाने, कुनै किसिमको भेला, सम्मेलन जमघट हुने आदि कार्य नगर्ने, विवाह, ब्रतबन्ध, मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक तथा साँस्कृतिक कार्यक्रमहरुमा न्यूनतम सामाजिक दुरी कायम गरी १५ जनाभन्दा बढी व्यक्तिहरुको सहभागिता नगराउने, २८ गते देखि अत्यावश्यक सेवाहरु र अत्यावश्यक प्रकृतिका पसल व्यवसाय सञ्चालन गर्ने । बैंक तथा वित्तीय संस्थाहरुको हकमा २९ गते देखि आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी सेवा सञ्चालन गर्ने ।
यसैगरी, आवश्यक स्वास्थ्य सुरक्षा सावधानीको प्रबन्ध गरी श्रावण ३० गते शुक्रबारदेखि रेडिमेड फेन्सी तथा कपडा पसल र श्रावण ३१ गते शनिबार देखि अन्य सम्पूर्ण पसल व्यवसाय लगायत निजी उद्यमहरु सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालयद्वारा सूचना जारी गरी जनाइएको छ ।
यसैगरी जिल्ला भित्र सञ्चालन हुने निजी तथा सार्वजनिक सवारी साधनहरु श्रावण ३१ गते शनिबारदेखि जोर विजोर नम्बरका आधारमा सञ्चालन गरिने, सार्वजनिक सेवा प्रवाह गर्ने निकायहरुले जनस्वास्थ्य र सुरक्षाका मापदण्ड सुनिश्चित हुने विधि र प्रक्रिया अवलम्बन गरी श्रावण ३२ गते आईतबारदेखि सेवा प्रवाहको व्यवस्था मिलाउने, राती ९ बजेदेखि बिहान ५ बजेसम्म आवागमन नगर्ने भनी सूचना जारी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *