बैंकिङ नाफा संकटको भित्री कथा: तरलता, लगानी र नीतिगत असन्तुलनको प्रभाव
रमेश कुमार बोहोरा
मितिः २०८२ कार्तिक २४ गते, सोमबार
बैंकिङ क्षेत्र एक समय देशको आर्थिक स्थायित्वको पर्याय मानिन्थ्यो । यो क्षेत्रले केवल वित्तीय कारोबार मात्र होइन समग्र आर्थिक गतिशीलतालाई दिशा दिने भूमिका निर्वाह गर्दै आएको थियो । तर चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक नतिजाले बैंकिङ प्रणालीभित्र गहिरो असन्तुलन र नाफा संकटको संकेत दिएको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेका वित्तीय विवरणले देखाउँछ २० बैंकमध्ये १५ वटाको नाफा घटेको छ । समग्रमा बैंकिङ क्षेत्रको नाफा १८.७८ प्रतिशतले घटेर १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो वर्षको १६ अर्बभन्दा बढी नाफासँग तुलना गर्दा अर्थतन्त्रको गहिरो खाडलको रूपमा देखिन्छ ।
नाफा घट्नुका कारणहरू धेरै तहका छन् । बजारमा अत्यधिक तरलता छ, ऋण असुलीमा समस्या बढेको छ, ब्याजदरमा अस्थिरता छ, लगानीयोग्य क्षेत्रमा अभाव छ र नियामक नीत...





