Wednesday, July 29सत्यम खबर
Shadow

राजनीति

‘ठूलो–एक्सन’ को ओली अस्त्र

‘ठूलो–एक्सन’ को ओली अस्त्र

बिचार, राजनीति
कृषिमन्त्री घनश्याम भुषालको गफ गर्ने तरिका गजबको छ ।गम्भीर कुरा पनि उनी ठट्यौलीमा भन्न सक्छन् । निराशाका कुरामा पनि गलल हाँस्न सक्छन् । मार्क्सवादका कुरा गर्दा त उनका आँखा त्यसै बलिहाल्छन् ! अमित ढकाल करिब दुई महिनाअघि फोनमै उनले जिस्काएको भावमा मलाई भने, ‘हाम्रो पार्टी एकता र त्यसले ल्याउने परिणामबारे तपाईं पनि अलि बढी नै उत्साही हुनुभएको रै’छ है !’यति भनेर उनी गलल हाँसे ।नेकपा एक हुने क्रममा मैले धेरैपटक दुई वामपन्थी पार्टी किन एक हुनुपर्छ, किन त्यसले राजनीति र मुलुकलाई राम्रो गर्छ भनेर लेखेको थिएँ । एकीकृत र बलियो नेकपा बनेपछि त्यसले डेलिभरी र सुशासनमा काम गर्न सक्छ, वर्षौंदेखि थाती रहेका सुधारका मुद्दामा हात हाल्ने र तिनलाई पार लगाउने आत्मविश्वास प्राप्त गर्नेछ भन्ने मलाई लागेको थियो । ठूलो शक्ति भएपछि नेकपाले आफैंलाई पनि सुधार्ने र बदल्ने आँट गर्नेछ भन्ने लागेको थियो । एउटा पार्...
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच ‘वान टु वान’ भेट

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच ‘वान टु वान’ भेट

राजनीति, समाचार
काठमाडौं, १३ कार्तिक – प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्बन्ध बिग्रिँदै गएसँगै वरिष्ठ नेता माधव नेपालसँग सहकार्यको प्रयास गरेका छन् ।प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग मंगलबार साढे २ घन्टा ‘वान टु वान’ छलफल गरेका श्रोतले बताएको छ । गत कात्तिक ४ गते पनि प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग बालुवाटारमा छलफल गरेका थिए । त्यसअघि दुई नेताबीच साउन ९ गते मात्रै एक्लाएक्लै कुराकानी भएको थियो ।भेटमा प्रधानमन्त्री ओलीले सहकार्यका लागि प्रस्ताव गरेको तर ठोस प्रगति केही हुन नसकेको श्रोतले सेतोपाटीलाई जानकारी दिएको छ ।‘एउटासँग सम्बन्ध बिग्रिएपछि अर्कोसँग नजिक हुने प्रधानमन्त्रीको स्वभाव हो । उहाँले सहकार्यका लागि भनेर यस्ता प्रस्ताव विगतदेखि नै राख्नुभएको हो,’ वरिष्ठ नेता नेपाल निकट एक नेताले भने, ‘माधव कमरडेले विधि र पद्धतिका कुरा...
पूर्वमन्त्री राईलाई खानेपानी बिभागको जिम्मेवारी

पूर्वमन्त्री राईलाई खानेपानी बिभागको जिम्मेवारी

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, ५ कार्तिक – जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकद्वारा प्रदेश ५ बाट पार्टीको विभिन्न तहको जिम्मेवारी दिइएको छ । प्रदेश ५ को समायोजन कार्यदल र शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा पूर्व शहरी विकास मन्त्री एवं बाँके क्षेत्र नं. २ का संघीय सासद मोहम्मद ईस्तियाक राईलाई चयन गरिएको छ ।यस्तै संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी, भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था विभाग प्रमुखमा सर्वेन्द्रनाथ शुक्ला, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुखमा अकवाल अहमद शाह र संसदीय व्यवस्था विभाग प्रमुखमा अमृता अग्रहरी चयन हुनु भएको छ ।...
शशांकले खाममा राखेर पत्रकारलाई दसैं खर्च पठाएपछि…

शशांकले खाममा राखेर पत्रकारलाई दसैं खर्च पठाएपछि…

आर्थिक, राजनीति, समाचार
काठमाण्डौ, ५ कार्तिक – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको सचिवालयले पत्रकारहरूलाई दसैं खर्च भन्दै नगद बाँडेको खुलेको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा नगद राखेर पत्रकारलाई फोन गर्दै मंगलबार दसैं खर्च उपलब्ध गराउँदै हिँडेका छन् ।कोइरालाको सचिवालयले काँग्रेस बिट हेर्दै आएका पत्रकारहरूलाई फोन गर्दै ‘तपाईंसँग काम छ भेट्नुप¥यो’ भनेका थिए । ‘शशांकको नाम लिँदै भरत तिवारीले जसरी पनि भेट्नु प¥यो, समय मिलाउन प¥यो भन्दै फोन गरेका थिए,’ एक पत्रकारले भने,‘दसैंको मुखमा नेताको नाम लिँदै फोन गरेकाले मैले त भेट्ने समय दिइनँ ।’भेट्न नमानेका कतिपय पत्रकारलाई तिवारीले सञ्चार माध्यम कै कार्यालयमा नगदसहितको खाम छाडेका थिए । अनलाइनखबरको एक पत्रकारको नाममा खामबन्दी १५ हजार रुपैयाँ कार्यालय छोडेका थिए ।यस विषयमा महामन्त्री कोइरालाका स्वकीय सचिव तिवारीसँग पत्रकारलाई किन पैसा बाँड्नु भएको...
डुडुवा कार्यालय भवनको निमार्ण कार्य तिब्र

डुडुवा कार्यालय भवनको निमार्ण कार्य तिब्र

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
डुडुवा, ४ कार्तिक – बाँके डुडुवा गाउँपालिकाको नयाँ कार्यालय भवन निमार्णको कार्य तिब्र रुपमा अघि बढेको छ । भवन निमार्णको ठेक्का सम्झौता भएको तीन महिनाको अवधीमा २५ प्रतिशत निमार्ण कार्य पुरा भएको छ । कोरोना संक्रमणको महामारी र नदीजन्य पदार्थको ढुवानी बन्द भएर निमार्ण सामाग्री अभावका बेला पनि निमार्ण कार्य तिब्र रुपमा अघि बढेको हो ।भवन निमार्णको कार्यप्रगतिका बारेमा आज मंगलबार गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी नेतृत्वको टोलीले अनुगमन तथा निरीक्षण गरेको छ । अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष चौधरीले भवनको निमार्णको गुणस्तरियता, बाउण्डूी, शौचालय, बहुउद्देशिय सभा हलको डिजाइन, भवनको कोठा लगायतका बारेमा प्राविधिक टोलीसंग जानकारी लिई थप सरसल्लाह दिनुभयो ।उहाँले बाँके जिल्ला मै पहिले पटक डुडुवाले भवन निमार्ण गर्न लागेकाले समयमा निमार्ण कार्य सम्पन्न पुरा गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्न...
जसपाको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई

जसपाको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई

राजनीति, समाचार
काठमाण्डौ, ४ कार्तिक – जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ ।पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले बताए । ‘उहाँ (भट्टराई) लाई संघीय परिषद अध्यक्ष बनाइएको हो । अहिले पनि बैठक जारी छ,’ ती नेताले भने ।भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने प्रस्ताव पेश भइसकेको जानकारी दिए ।‘आज बेलुकीसम्म सबै निर्णय सार्वजनिक हुन्छ,’ उनले भने ।जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन् ।यसअघि पार्टी एकीकरण हुनु भट्टराई समाजवादी पार्टी संघीय परिषद अध्यक्ष थिए । राष्ट्रिय जनता पार्टीसँग समाजवादीले पार्टी एकता गरेपछि जसपाको बरिष्ठ नेतामात्र थिए ।...
प्रधानमन्त्री र सबै मन्त्रीले कोरोना कोषमा दिए दशैं खर्च

प्रधानमन्त्री र सबै मन्त्रीले कोरोना कोषमा दिए दशैं खर्च

आर्थिक, राजनीति, समाचार
काठमाण्डौ, ३ कार्तिक – प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सबै मन्त्रीले आफूले पाउने दशैं खर्च कोरोना कोषमा जम्मा गर्ने भएका छन् ।सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरूङले दशैं खर्च कोषमा जम्मा गर्ने निर्णय गरेको जानकारी दिए । उनले स्थानीय तहका जनप्रतिनिधिलाई पनि यस्तै गर्न आग्रह गरिएको पनि बताए ।यसअघि नेपाल कम्युनिष्ट पार्टीका सांसदले पनि दशैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका थिए भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेका थिए ।...
भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने जसपाको तयारी

भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने जसपाको तयारी

राजनीति, समाचार
काठमाण्डौ, ३ कार्तिक – जनता समाजवादी पार्टीले नेता बाबुराम भट्टराईलाई संघीय परिषद् अध्यक्ष बनाउने तयारी गरेको छ ।आजदेखि सुरू हुने पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउनेलगायत प्रस्तावमाथि छलफल हुँदैछ । ‘उहाँ (भट्टराई) लाई संघीय परिषद अध्यक्ष बनाउने हो,’ जसपाका एक नेताले सेतोपाटीसँग भने, ‘आज र भोलि चल्ने बैठकले यसबारे छलफलपछि निर्णय गर्छ ।’तत्कालीन समाजवादी पार्टी र राजपाबीच एकीकरणपछि भट्टराई जसपामा वरिष्ठ नेताका रूपमा छन् ।जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव दुई अध्यक्ष छन् । उनीहरू केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहने र भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउन लागिएको जसपाले जनाएको छ ।तुलसीलाल अमात्य प्रतिष्ठानमा आज केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । पार्टीका नेता केशव झाले दिएको जानकारी अनुसार पार्टीको विधान संशोधनलगायतका एजेन्डामाथ...
५९ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकिल वितरण

५९ जना महिला स्वास्थ्य स्वयम्सेविकालाई साइकिल वितरण

आर्थिक, प्रदेश ५, राजनीति, समाचार, समाज
डुडुवा, १ कार्तिक – स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन डुडुवा गाउँपालिकाले महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई सक्रिय बनाउन थालेको छ । समुदायस्तरमा खटिने महिला स्वास्थ्य स्वयम्सेविकालाई स्वास्थ्य सेवा थप गुणस्तरण र प्रभावकारी बनाउन जिम्मेवार बनाउन थालेको हो । समुदायमा आवतजावतका लागि गाउँपालिका स्वास्थ्य शाखाले साइकिल वितरण गरेको छ । आज शनिबार एक कार्यक्रममार्फत डुडुवा गाउँपालिका वडा नंं १ देखि ६ सम्मका ५९ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई साइकिल वितरण गरिएको छ । साइकिल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले निस्वार्थ भावनाले २४ सै घण्टा खटिने महिला स्वास्थ्य स्वयम्सेविकाको सेवा सुविधामा समेत बृद्धि गर्ने योजना रहेकोे भन्दै उहाँले समुदायमा स्वास्थ्य सचेतना तथा महिला स्वास्थ्यका विभिन्न समस्यालाई समाधान गर्न उनीहरुको भुमिकालाई प्रभावकारी बनाउन सेवासुविधा बृद्धि गर...

नरैनापुरमा कानुन निर्माणमा तिब्रता

प्रदेश ५, राजनीति, समाचार
नरैनापुर, १ कार्तिक – बाँकेको नरैनापुर गाउँपालिकाले कानुन निर्माणलाई तिब्रता दिएको छ । गाउँपालिकाले असोज महिनामा मात्र ६ वटा कानुन, नियमावली र कार्यविधि बनाएको छ ।शुक्रबार विशेष गाउँसभाबाट वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन २०७७ सर्वसम्मतले पारित गरेको गाउँपालिकाले असोज ९ गतेको कार्यपालिका बैठकबाट ५ वटा नियमावली र कार्यविधि बनाएको थियो । शुक्रबार गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा भएको विशेष गाउँसभाले वातावरण तथा प्राकृतिक संरक्षण स्रोत ऐन २०७७ सर्वसम्मतले पारित गरेको प्रमुख प्रशासकीय अधिकृत महेन्द्रजंग शाहीले जानकारी दिनुभयो । प्रदेश सरकारले तत्काल ऐन ल्याउन ताकेता गरेपछि विशेष गाउँसभाबाट सर्वसम्मत पारित गरिएको शाहीले बताउनुभयो । अब राजपत्रमा प्रकाशित गरेपछि ऐन कार्यान्वयनमा आउनेछ । प्रमुख प्रशासकीय अधिकृत शाहीले भन्नुभयो– ‘यो ऐन लागू भएपछि अब हामीलाई व...