Monday, May 4सत्यम खबर
Shadow

शशांकले खाममा राखेर पत्रकारलाई दसैं खर्च पठाएपछि…

काठमाण्डौ, ५ कार्तिक – नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाको सचिवालयले पत्रकारहरूलाई दसैं खर्च भन्दै नगद बाँडेको खुलेको छ । कोइरालाका स्वकीय सचिव भरत तिवारीले खाममा नगद राखेर पत्रकारलाई फोन गर्दै मंगलबार दसैं खर्च उपलब्ध गराउँदै हिँडेका छन् ।
कोइरालाको सचिवालयले काँग्रेस बिट हेर्दै आएका पत्रकारहरूलाई फोन गर्दै ‘तपाईंसँग काम छ भेट्नुप¥यो’ भनेका थिए ।


‘शशांकको नाम लिँदै भरत तिवारीले जसरी पनि भेट्नु प¥यो, समय मिलाउन प¥यो भन्दै फोन गरेका थिए,’ एक पत्रकारले भने,‘दसैंको मुखमा नेताको नाम लिँदै फोन गरेकाले मैले त भेट्ने समय दिइनँ ।’
भेट्न नमानेका कतिपय पत्रकारलाई तिवारीले सञ्चार माध्यम कै कार्यालयमा नगदसहितको खाम छाडेका थिए । अनलाइनखबरको एक पत्रकारको नाममा खामबन्दी १५ हजार रुपैयाँ कार्यालय छोडेका थिए ।
यस विषयमा महामन्त्री कोइरालाका स्वकीय सचिव तिवारीसँग पत्रकारलाई किन पैसा बाँड्नु भएको भन्ने प्रश्न गर्दा उनले खुलेर जवाफ दिएनन् । सुरूमा उनले पत्रकारलाई पैसा दिएको छैन भन्ने दाबी गरे ।
अनलाइनखबरका पत्रकारलाई १५ हजार खाममा राखेर दिनुभएको र उसले तपाईंसँग नै बैंक खाता मागेर रकम फिर्ता गरेको रहेछ नि ! भनेर सोध्यौं ।
यस विषयमा उनले जवाफ दिएनन् । उनले पन्छिदै भने, ‘म अहिले मिटिङमा छु, केही समयमा फोन गर्छु ।’
कोइरालालको सचिवालयले कुन–कुन सञ्चार माध्यमका पत्रकारलाई कति–कति रकम बाँडेको भन्ने खुलेको छैन । आधा घण्टापछि उनलाई फोन गर्दा उनले पत्रकारलाई रकम बाँड्ने आफूहरूको नियत नभएको दाबी गरे । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *