Thursday, May 28सत्यम खबर
Shadow

जसपाको संघीय परिषद् अध्यक्षमा बाबुराम भट्टराई

काठमाण्डौ, ४ कार्तिक – जनता समाजवादी पार्टी जसपाले पार्टी नेता बाबुराम भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको छ ।
पार्टीको मंगलबार बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाएको पार्टीका एक नेताले बताए ।


‘उहाँ (भट्टराई) लाई संघीय परिषद अध्यक्ष बनाइएको हो । अहिले पनि बैठक जारी छ,’ ती नेताले भने ।
भट्टराईका सहयोगी रोशन पोखरेलले केन्द्रीय कार्यकारिणी समिति बैठकमा भट्टराईलाई संघीय परिषद अध्यक्ष बनाउने प्रस्ताव पेश भइसकेको जानकारी दिए ।
‘आज बेलुकीसम्म सबै निर्णय सार्वजनिक हुन्छ,’ उनले भने ।
जसपामा महन्थ ठाकुर र उपेन्द्र यादव केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष छन् ।
यसअघि पार्टी एकीकरण हुनु भट्टराई समाजवादी पार्टी संघीय परिषद अध्यक्ष थिए । राष्ट्रिय जनता पार्टीसँग समाजवादीले पार्टी एकता गरेपछि जसपाको बरिष्ठ नेतामात्र थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *