Thursday, May 28सत्यम खबर
Shadow

नेकपा प्रवक्ता भन्छन्– चितवन घटना निन्दनीय छ

काठमाडौं, ६ मंसिर – नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे माथि चितवनमा दुव्र्यवहार भएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै नेकपा प्रवक्ता श्रेष्ठले यस्ता व्यवहारलाई प्रोत्साहित गरेमा कसैको हित नहुने उल्लेख गरेका छन् ।

नारायणकाजी श्रेष्ठ


“आज चितवन जिल्लाको राप्ती नगरपालिकाको पार्टी कार्यक्रममा स्थायी कमिटीका सदस्य एवं सांसद कमरेड सुरेन्द्र पाण्डेमाथि भएको सुनियोजित दुव्र्यवहारको घटना अति निन्दनीय एवं भत्र्सना योग्य छ,” प्रवक्ता श्रेष्ठले लेखेका छन्, “यसप्रकारको व्यवहार प्रोत्साहित गरेर कम्युनिस्ट आन्दोलनको मात्र होइन, कसैको पनि हित गर्दैन, चेत होस् ।”
यसअघि नेकपाका दुई वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले पनि पूर्वअर्थमन्त्री एवं प्रतिनिधि सभा सदस्य तथा नेकपा स्थायी कमिटी सदस्य पाण्डे सहभागी भएको कार्यक्रममा सुनियोजित रूपमा नाराबाजी र अभद्र व्यवहार भएको भन्दै घटनाको छानबिन हुनुपर्ने बताएका थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेताद्वयले शनिबार साँझ छुट्टाछुट्टै विज्ञप्ति जारी गरी घटनाको विरोध गरेका हुन् ।
नेता पाण्डे विरुद्ध पार्टी एकता विरोधी भन्दै गृहनगर कै कार्यकर्ताहरूले नाराबाजी गरेका थिए ।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका स्थायी समिति सदस्य पाण्डेले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरूद्ध आक्षेप लगाउने काम मात्र गरेको आरोप लगाउ“दै प्रधानमन्त्री ओली पक्षीय कार्यकर्ताले नाराबाजी गरेका हुन् ।
राप्ती नगरपालिकाको वीरेन्द्रनगरमा गरिएको अगुवा कार्यकर्ता भेलामा पुगेका पाण्डेलाई ओली समर्थित कार्यकर्ताले पार्टी एकता विरोधी भन्दै लखेट्ने प्रयास गरेका थिए । उनीहरूले “पार्टी एकता जिन्दावाद, पार्टी फुटाल्न पाइ“दैन” लगायत नारा लगाएका थिए ।
पाण्डेले मदन भण्डारी फाउन्डेसनमार्फत गुटबन्दी भएको बताएपछि ओली समर्थित कार्यकर्ताहरू नाराबाजीमा उत्रिएका थिए । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *