
नेपालगन्ज, २८ कार्तिक – व्यक्ति होइन व्यवस्था बढल्नु पर्छ, सांसद मन्त्री प्रधानमन्त्री बन्न नपाउने, उन्नत लोकतन्त्र प्रत्यक्ष प्रजान्तन्त्र जस्ता नारालाई आत्मसात गर्दै देश बिदेशमा रहेका युवाहरुद्वारा सञ्चालित स्वतन्त्र राष्ट्रिय अभियान नेपाल बाँके जिल्ला समिति संयोजक कृष्णप्रसाद उपाध्यायको अध्यक्षतामा बैठक बसेको छ ।
स्वतन्त्र राष्ट्रिय अभियान नेपालको अभियानद्वारा जारी प्रेस नोटमा देशमा रहेको भ्रष्ट निर्वाचन प्रणालीले देशको मुहार परिवर्तन हुन सकेको छैन भन्ने उल्लेख गरिएको छ ।

प्रेस नोटमा म भ्रष्टचार गर्दिन, म भ्रष्टचार हुन दिन्न, म देश र जनताको लागि इमान्दार भएर काम गर्ने प्रतीज्ञा गरेर चुनावको वेलामा गाउँ गाउँमा गएर सोझा जनताको घुडा मसार्दै दुई हात जोडेर नमस्कार गर्दै भोट माग्ने जनप्रतिनिधिले अहिले सोही जनताका कुरा सुन्दैनन् । त्यसैले अब राजनीतिक पार्टिले टिकट दिएर लाध्ने प्रवित्ति बन्द गर्दै स्थानीय निकायमा नै प्रतिष्ठित, समाजसेवी, इमानदारी, सहनसिल, मेहनती , व्यक्ति लाई रोज्नुपर्ने आवश्यकता देखिन्छ । भन्ने उल्लेख गरिएको छ ।
यसैगरी प्रेस नोटमा त्यो पनि सर्वप्रथम उसको सम्पत्ति सार्बजनिक गरेर पार्टीको दबाबमा पार्टीलाई लाखौं करोडौं खर्च गरेर होइन स्थानीय जनसमुदायबाट नै निर्वाचित यो मान्छे गाउँ बिकास गर्न योग्य छ, यसलाई जितायो भने केही राम्रो गर्छ भन्ने जस्तो मान्छेलाई जनताले नै उठाएको व्यक्तिलाई पार्टीले स्विकार गर्नुपर्छ । अब यसरी निर्वाचित भएर आएका जनप्रतिनिधिबाट राजनीतिक वाद, नातावाद, कृपावाद, पुजिवाद, व्यक्तिवाद, भष्ट्रचार भएको अथवा जुन काम गर्छु भनेर सपना देखाएका कामहरु पूरा नगरेको अवस्थामा जनताले भोट हालेर जिताएको व्यक्ति पुनः भोट फिर्ता लिन पाउने अधिकार अपनाएर मात्र अलि अलि गर्दै देश उन्नति तिर लागेको महसुस गर्न सकिनेछ, भन्ने कुरा उल्लेख गरिएको छ ।
केन्द्रमा निर्वाचन गर्दा सांसदहरू मन्त्री प्रधानमन्त्री बन्न नपाउने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ, कुनै राजनीतिक दबाबमा होइन । अबको आवश्यकता भ्रष्ट निर्वाचन प्रणाली परिवर्तन गर्नु पर्छ लगायतको मागहरु प्रेस नोटमा उल्लेख गरिएको छ ।
अन्त्यमा आम युवा वर्ग यस अभियानमा जोडिने चाहने इच्छा राख्द भने स्वतन्त्र रुपमा जोडिन सक्ने अभियान जिल्ला संयोजक उपाध्यायले बताउनुभयो ।
