
काठमाडौं, १४ मंसिर – आज आईतबार चीनका रक्षामन्त्री नेपाल आउने भएका छन् ।
जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम रहेको छ ।
रक्षामन्त्री वेइले प्रधानसेनापति पूर्णचन्द्र थापासँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
उनी आईतबार साँझ नै चीन फर्कने छन् ।
