Thursday, May 28सत्यम खबर
Shadow

‘नेपाल–भारतबीच समस्या सुल्झाउने सहमति बनिसक्यो’ विदेशमन्त्री जयशंकर

काठमाडौं, १८ मंसिर – भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाल र भारतले आपसी समस्याहरूलाई सुल्झाएर अघि बढ्ने निर्णय गरिसकेको बताउनु भएको छ । भारतीय समाचार पत्र द हिन्दुलाई दिएको अन्तर्वार्तामा विदेशमन्त्री जयशंकरले संसारमा समस्यारहित कुनै छिमेकी नभएको उल्लेख गर्दै त्यसलाई कसरी हल गरेर अघि बढ्ने भन्ने कुरा महत्वपूर्ण भएको बताउनुभयो ।


उहाले कुनै एउटा घटनालाई दुई देशको सम्बन्धको मूल्यांकनको आधार बनाउनु नहुने समेत स्पष्ट पार्नुभयो । ‘समस्या अझै पनि हुन सक्छन्, मतलब संसारमा समस्या नभएका कुनै दुई छिमेकी मुलुक छैनन्,’ उहाले भन्नुभयो, ‘अहिले धेरैजसो हाम्रा छिमेकी लोकतान्त्रिक प्रणाली भएका छन् । मुख्य कुरा के हो भने उनीहरूको आफ्नो राजनीति छ, हाम्रो आफ्नो राजनीति छ त्यही भएर मुद्दाहरू हुन्छन् । प्रश्न तपाईं ती मुद्दाहरूलाई कसरी सुल्झाउनु हुन्छ, साझा विन्दु पत्ता लगाएर सम्बन्धको दरारलाई कसरी कम गर्नुहुन्छ भन्ने हो ।’
उहा“ले नेपालसँग केही मुद्दाहरू भए पनि अहिले दुबै देशले साझा हितका लागि तिनलाई सुल्झाएर अघि जाने निर्णय गरिसकेको बताउनु भयो । ‘जहाँसम्म नेपालको प्रश्न छ, तपाईंले भनेजस्तै हामीबीच समस्या भएको समय पनि थियो,’ जयशंकरले भन्नुभयो, ‘मलाई लाग्छ केही सातायता हामीले प्रष्ट रूपमा देखेका छौं कि नेपाल र भारतले अब अघि बढ्ने निर्णय गरेका छन् र जुन दुबैको हितमा छ ।’ (जनताटाईम्स)

Leave a Reply

Your email address will not be published. Required fields are marked *