
नेपालगन्ज, ११ पाैष – प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएकाे प्रतिनिधि सभा विघटनकाे विराेधमा देशभर प्रदर्शन गर्दै आईरहेकाे जनता समाजवादी पार्टी नेपालले चरणबद्ध विराेध प्रदर्शन गर्दै आईरहेकाे छ ।
आज शनिबार साेहीलाई निरन्तरता दिंदै विराेध प्रदर्शन सम्बन्धि विभिन्न कार्यक्रम सम्पन्न गरेकाे छ । नेपालगन्ज उपमहानगरपालिका भित्र साँझ मसाल जुलुस निकालेकाे छ ।
मसाल जुलुसमा प्रधानमन्त्री केपी शर्मा ओली तथा राष्ट्रपति विधादेवी भण्डारीद्वारा संसद विघटन गरि निरन्कुशतन्त्र लगाईएकाेलगायत विभिन्न नारा लगाईएकाे थियाे । 
यसैगरी नरैनापुरमा समेत जसपाका केेन्द्रिय सदस्य रामकुमार दिक्षितकाे नेतृत्वमा प्रधानमन्त्री र राष्ट्रपतिकाे पुतला दहन गरिएकाे छ । नेता दीक्षितका अनुसार प्रधानमन्त्रीले चालेकाे कदम फिर्ता नलिए सशक्त रूपमा विराेधका कार्यक्रम गरिने बताउनु भयाे ।

