Sunday, May 31सत्यम खबर
Shadow

राजनीति

समाजवादी युवा संघको राप्रपालाई चेतावनी

समाजवादी युवा संघको राप्रपालाई चेतावनी

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १९ पाैष -समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष नदिम शाहले समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेको हल्ला निराधार भएको बताउनुभएको छ । राप्रपा बांकेले नेपालगन्ज उपमहानगरपालिकामा वडा नम्बर ४ मा गरेको कार्यक्रममा समाजबादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष राकेश शाह लगायत समाजबादी युवा संघका युवाहरु आफ्नो पार्टीमा प्रबेश गरेको सामाजिक संजालमा प्रचारप्रसार गरेको थियो । तर शाह समाजवादी युवा संघ लुम्बिनी प्रदेशका अध्यक्ष नभएको उहाँले स्पष्ट पार्नुभएको हो । पुष १९ गते युवा संघका कार्यकर्ताहरु राप्रपामा प्रवेश गरेको भनि विभिन्न सामाजिक संजालमा प्रचारबाजी गरेको बिषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ विज्ञप्तीमा भनिएको छ हाम्रो संगठनको दोश्रो लुम्बिनी प्रदेशको नेपालगन्जमा मिति कार्तिक २२ मा सम्पन्न भेलाले मेरो (नदिम शाह)को सं...
राष्ट्रिय सभा अधिवेशन आजदेखि, सरकार अल्पमतमा

राष्ट्रिय सभा अधिवेशन आजदेखि, सरकार अल्पमतमा

राजनीति, समाचार
काठमाडौं, १७ पौष – शुक्रबारदेखि राष्ट्रिय सभाको हिउँदे अधिवेशन बस्दैछ । आज अपरान्ह ४ बजे राष्ट्रिय सभा बैठक बस्न लागेको हो ।राष्ट्रिय सभामा आज राष्ट्रपति कार्यालयले पठाएको पत्र सुरूमै पढेर सुनाउने र दलका नेताहरूलाई बोल्न समय दिनेजस्ता सम्भावित कार्यसूची छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा भंग गरेपछि यो पहिलो बैठक हो । बैठकमा प्रतिनिधि सभा भंग भएका कुरा पनि उठ्ने नेताहरूले बताएका छन् । राष्ट्रिय सभामा ५९ जना सदस्य छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाका ५० जना, नेपाली कांग्रेसका ६ जना र जनता समाजवादी पार्टीका ३ जना सदस्य छन् । फाइल तस्बिर प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि नेकपाभित्र विवाद छ । बेग्लाबेग्लै समूह क्रियाशील रहे पनि पार्टी औपचारिक रूपमा फुटेको भने छैन । राष्ट्रिय सभामा नेकपाका ५० सदस्यमध्ये यसअघि भएको हस्ताक्षरमा २४ जना प्रचण्ड–नेपाल समूहमा ...
सभामुख सापकोटाले कस्तो कदम चाल्लान् ?

सभामुख सापकोटाले कस्तो कदम चाल्लान् ?

राजनीति, समाचार
काठमाण्डौ, १७ पौष – सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद बिघटन गर्ने अधिकार नभएको प्रष्ट पारिसकेका छन् । उनले सार्वजनिक रुपमै यसबारे आफ्नो धारणा स्पष्ट पारेकाले कस्तो कदम चाल्लान् ? यो गम्भीर प्रश्न उठेको छ ।सभामुख सापकोटा नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्डका अति निकटस्थ हुन् । प्रचण्डकै अडानले उनी सभामुख भएका थिए । नत्र प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व सभामुख सुवासचन्द्र नेम्वाङलाई अघि सारेका थिए । सापकोटाले संवैधानिक परिषदको बैठकमा समेत अनुपस्थिति जनाए । उनको यो भूमिकाको कारण प्रचण्ड पनि थिए । यतिबेला सभामुख सापकोटाले कस्तो कदम चाल्ने हुन् ? प्रतिक्षाको विषय बनेको छ । उनी विभिन्न पक्ष र जानकारहरुसँग यसबारे परामर्श गरिरहेका छन् । बिहिबार विभिन्न महिला संघ संगठनको प्रतिनिधिलाई भेटे । अखिल नेपाल महिला संघ, समाजवादी महिला संघ र विवेकशील स...
डिल्लीबहादुर चन्दलाई रिहाई गर्न कांग्रेसको माग

डिल्लीबहादुर चन्दलाई रिहाई गर्न कांग्रेसको माग

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १६ पौष – नेपाली कांग्रेसले आफ्ना पार्टी सदस्य डिल्लीबहादुर चन्दलाई प्रहरीले नेपालगन्जबाट पक्राउ गरी काठमाडौं ल्याएकोमा विरोध गरेको छ ।प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै चन्दलाई तत्काल रिहाइ गर्न माग गरेका छन् ।‘कोरोनाको महामारी चलिरहेका बेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनु जस्ता घटना भएका बेला एक होइन हजारौं डिल्ली चन्दहरुले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्,’ उनले भने ।डिल्लीको लेखाइले कुनै पनि ब्यक्तिलाई गाली बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारवाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै ब्यवस्था रहेको शर्माको भनाइ छ । ‘तर त्यो कानूनी प्रक्रिया भन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरी समेत...
‘चन्दलाई अविलम्ब सम्पर्कमा नल्याए कडा कदम चाल्ने’ राणा

‘चन्दलाई अविलम्ब सम्पर्कमा नल्याए कडा कदम चाल्ने’ राणा

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १६ पौष – केही दिन अगाडी बाँकेको नेपालगंज उपमहानपा १८ बस्ने गोर्खाज फाइनान्स बैकमा कार्यरत डिल्लीबहादुर चन्दलाई फेसवुकमा लेखेकै भरमा बाँके प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाली काँग्रेस बाँकेको ध्यानाकर्षण भएको छ । नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाद्वारा जारी विज्ञप्तीमा ‘नेपाली काँग्रेसका क्रियाशिल सदस्य नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ निवासी डिल्लीबहादुर चन्दलाई सामाजिक सञ्जाल फेसबुकमा करिब ७÷८ महिना अगाडी भएको महेश बस्नेत, सर्वेन्द्र खनाल लगायतको विगतको सांसद अपहरण घटनाको विषयलाई लिएर टिप्पणी गरिएको भरमा मिति २०७७ पौष १४ गते राती डिउटीमा रहेकी अवस्थामा गोर्खाज फाइनान्सको कार्यालयबाट गिरफ्तार गरी बेपत्ता पारिएको घटना प्रति नेपाली काँग्रेस बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ ।’ उल्लेख गरिएको छ । विज्ञप्तीमा अगाडी ‘निज डिल्लीबहादुर चन्दको अविलम्ब...
प्रधानमन्त्री ओलीको दाबीः संसद पुनर्स्थापना गर्न संविधानले नै मिल्दैन

प्रधानमन्त्री ओलीको दाबीः संसद पुनर्स्थापना गर्न संविधानले नै मिल्दैन

राजनीति, समाचार
काठमाण्डौ, १५ पौष – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्न संविधानले नै नमिल्ने दाबी गरेका छन् । काठमाण्डौमा बुधबार सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब संसद पुनस्र्थापना गर्न नमिल्ने भएकोले चुनावको विकल्प नभएको दाबी गरे ।‘संसद पुनसर््थापना गर्न संविधानले मिल्दैन,’ उनले भने, ‘जतिबेला मैले विघटनको सिफारिस गरें, त्यसबेला संसदको ६४ प्रतिशतको नेता मै हो । सरकार बन्ने विकल्प थिएन भने केका लागि पुनर्स्थापना ? यो सम्भावना छैन ।’ उनले बेलायतमा लिखित संविधान नभए पनि संसद पुनर्स्थापना भएको बताएका छन् ।‘चुनाव हुँदैमा के संविधान जान्छ ? गणतन्त्र र लोकतन्त्र जान्छ ?’ उनले भने, ‘झन् मजबुत हुन्छ ।’चुनावको विरोध नगर्न बरू तयारी गरे केही सिट जित्न उनले प्रचण्ड–माधव नेपाललाई आग्रह गरेका छन् । (सेतोपाटी)...
मन्त्रिपरिषद् विस्तारविरूद्ध रिटमा सुनुवाइ स्थगित

मन्त्रिपरिषद् विस्तारविरूद्ध रिटमा सुनुवाइ स्थगित

राजनीति, समाचार
काठमाण्डौ, १५ पौष – प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । रिटमाथिको सुनुवाइ भोलिलाई तोकिएको रिट निवेदक अधिवक्ता लोकन्द्र ओलीले बताए । ‘आज हेर्न नभ्याउने भएपछि सुनुवाइ भोलि हुने भएको छ’, उनले भने ।गत पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गरेका थिए । उक्त रिटको पेशी आजको लागि तोकिएको थियो । प्रधानमन्त्रीले संसद विघटन गरेपछि प्रचण्ड–नेपाल समूहका मन्त्रीले राजीनामा दिएका थिए । त्यसपछि रिक्त पदमा प्रधानमन्त्रीले पुस १० मन्त्री थपेका थिए । प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ ।संविधानको धारा ७७(१) ले प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने र अहिलेका प्रधानमन्त्री...
‘पार्टी भित्रबाट काम गर्न नदिएपछि संसद विघटन’ –महेश बस्नेत

‘पार्टी भित्रबाट काम गर्न नदिएपछि संसद विघटन’ –महेश बस्नेत

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १४ पौष – नेकपाका ओली समूहका नेता महेश बस्नेतले प्रतिनिधीसका विघटन बाध्यता भएको बताउनुभएको छ ।प्रेस संगठन बाँकेको तर्फबाट मंगलबार नेपालगन्जमा आयोजना गरिएको पत्रकार भेटघाटमा नेकपासँग स्पष्ट वहुमत भएका कारण वैकल्पिक सरकार बन्न नसक्ने अवस्थामा पार्टी भित्रबाट काम गर्न नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधीसभाको विघटन गरेको दावी गर्नुभयो । उहाँले प्रतिनिधी सभाको विघटन हुनु अच्चम लाग्दो घटना नभएको भन्दै यसअघि पनि संसद विघटन भएको बताउनुभयो । उहाँले प्रचण्ड–नेपाल पक्षले सुर्य चिह्न र देशभरका पार्टी कार्यालयहरुको दावी गर्न छोड्नुपर्ने बताउनुभयो ।नेता वस्नेतको बाँकेको कोहलपुरमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा निकट युवाहरुको भेलालाई मंगलबार सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।...
प्रचण्ड–नेपाल समूहको बाँकेमा ‘शक्ति प्रदर्शन’

प्रचण्ड–नेपाल समूहको बाँकेमा ‘शक्ति प्रदर्शन’

प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १४ पौष – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले आज मंगलबार देशव्यापी शक्ति प्रदर्शन गरेको छ । प्रचण्ड नेपाल समूहले नेपालगन्जमा पनि ‘शक्ति प्रर्दशन’ गरेको छ ।संसद विघटनको विरोधमा मंगलबार नेपालगन्जमा शक्ति प्रदर्शन सहितको बिरोध र्याली गरीएको हो । जिल्लाका बिभिन्न स्थानबाट नेपालगन्ज केन्द्रित भएका नेकपाका नेता कार्यकर्ताहरु सहित स्थानिय पुस्पलाल चोकबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै त्रिभुवन चोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा नेकपाका केन्द्रिय सदस्य तथा साँसद महेश्वर गहतराज अथक, पुर्व राज्यमन्त्री दलबहादुर परियार, नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, सचिव अशोक कोईराला लगाएत नेताहरुले प्रधानमन्त्रीको संविधान विपरित तानाशाही प्रवृत्तिको बिरोधकालागि सडकमा आउनुपरेको बताएका थिए ।प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद...
कम्युनिष्टका चार घटकले बनाए मोर्चा, ओलीले विदेशीको इशारामा संसद विघटन गरेको आरोप

कम्युनिष्टका चार घटकले बनाए मोर्चा, ओलीले विदेशीको इशारामा संसद विघटन गरेको आरोप

राजनीति, समाचार
काठमाण्डौ, १४ पौष – कुनैबेला प्रचण्ड नेतृत्वको नेकपा माओवादीमा थिए मोहन वैद्य र नेत्रविक्रम चन्द विप्लव । माओवादी फुट्दा विप्लव र वैद्य एकै साथ अलग भए । तर, वैद्यलाई छाडेरन विप्लवले अलग पार्टी घोषणा गरे ।जुट्दै र फुट्दै गरेका वैद्य र किरण फेरि एउटै मोर्चामा उभिएका छन् । उनीहरुले प्रेस विज्ञप्तिमार्फत् एउटै मोर्चा कसेको जानकारी दिएका हुन् । फाईल फोटो आज प्रेस ज्ञिप्तिमार्फत् विप्लव र वैद्यसहित चारवटा कम्युनिस्ट संगठनका प्रमुखहरुले संयुक्त मोर्चा निर्माण गर्ने सहमतिबारे उल्लेख गरेका हुन् । संयुक्त मोर्चामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतीले हस्ताक्षर गरेका छन् ।यसैगरी, नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको न...