Monday, May 4सत्यम खबर
Shadow

प्रधानमन्त्री ओलीको साहसिक कदम

नेपाल कम्युनिष्ट पार्टी
(नेकपा) भित्रकै केही नेताहरु जनअपेक्षा विपरीत कार्य गर्दै देशको लोकप्रिय प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई खसाउन विभिन्न षडयन्त्रहरु गर्न थालेपछि प्रमले बाध्यतावश प्रतिनिधि सभा विघटन गरेको यसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यावधि चुनाव वैशाखमा गर्ने घोषणा गरेपछि अहिले नेकपा भित्र नै महाभूकम्प आएको छ । उनीको यस्तो निर्णयलाई साहसिक निर्णय भन्न सकिन्छ ।

विद्रोही


विगतको निर्वाचनमा पार्टी एकता गराउने, चुनावमा जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका केपी शर्मा ओली नेकपाका केही नेताको लागि अहिले खलनायक जस्तो बनेका छन् । ओली उनीको लागि खलनायक किन बने यस सम्बन्धमा बुझ्ने प्रयास गरियो भने पाइन्छ कि जब केपी शर्मा ओली प्रधानमन्त्री बने त्यस दिनदेखि नै उनीहरुले प्रधानमन्त्री ओलीलाई आफ्नो घेरामा लिन प्रयासरत रहे सुन काण्डदेखि निर्मला पन्त जस्तो दर्जनौं भ्रष्टाचारको घटनामा यिनी जस्ताहरुको चलखेल थियो । गलत कार्यहरु यिनी नेताले गरे तर बदनाम प्रधानमन्त्रीलाई गराउने प्रयासमा सधैं रहे तर भन्ने गरिन्छ सूर्यको तेजलाई हत्केलाले छोप्न सकिँदैन केपी शर्मा ओलीको एक तेज हुन् देश र जनताको हितमा ओली अहोरात्रिसम्म कार्य गर्दै रहे कठिन भन्दा कठिन निर्णयहरु गरे यस्तो निर्णयले छिमेकी ठूला देश उनीसँग रिसाउने जोखिम थियो तर पनि उनी अलिकता पनि विचलित भएनन् मर्यादा पुरुषोत्तम भगवान श्रीराम भारतको अयोध्यामा होइन नेपालको ठोरीमा उनीको जन्म भएको थियो यस्तो दावीहरु गर्दै ठोरीमा उत्खनन् कार्यहरु प्रारम्भ गराए । र भारतको सांस्कृतिक अतिक्रमणको विरोध कडा शब्दमा गरे । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हो भन्दै नयाँ नेपालको नक्शा संसदबाट पास गराई सार्वजनिक गराए ।

प्रधानमन्त्रीको यस्तो साहसिक निर्णयहरुको कारण नेपाली जनतामा उनी लोकप्रिय छन् । देशमा अहिलेसम्म यस्तो साहसिक निर्णयहरु अन्य कसै शासकले गर्न सकेको थिएन । नेपालको इतिहासमा पृथ्वी नारायण शाह, जंग बहादुर राणाले मात्र यस्तो कार्य गर्न सकेका थिए । अहिले कपी शर्मा ओली यस्ता नेता छन् जसले देशको अस्तित्व र राष्ट्रियता बचाउन यस्तो कार्यहरु गरेर देखाएका छन् ।


यसबीच केही नेताहरु यस्ता छन् जुनकि पार्टीभित्र रहेर पनि सरकारको विरोधमा कार्य गर्न सधैं उद्यत रहे । उनीहरुले सरकारलाई अनिर्णयको बन्दी बनाउने कार्य गर्दै सरकार ढाल्नमा त्यत्तिकै लागी रहे । यिनी बसी रहे नेकपामा र साँठगाँठ काँग्रेस जस्तासँग गर्दै रहे अहिले मौका पाउँदै नै सरकारलाई खसाउने तर्फ लागे तर प्रधानमन्त्री ओली दूरदृष्टि र सूझबूझका छन् आफ्नो सरकार विरुद्ध लाग्नेलाई क्षणमै धुलाम्य पारे । भनिन्छ, सुनारको सय वटा प्रहार हुन्छ लुहारको प्रहार एक चोटी हुन्छ त्यस्तै लुहार जस्तो कडा प्रहार प्रधानमन्त्रीले अहिले गरेपछि नेपाल, झलनाथ र प्रचण्ड जस्ताको सातो उडेको छ । उनीहरुले ओलीलाई धम्क्याउन तर्साउन उनीलाई पार्टी अध्यक्षबाट निकाला गरेर माधव नेपाललाई अध्यक्ष बनाएका छन् । उनीको यस्तो कार्य बिरालोको म्याउ जस्तो मात्र छ । लाखौं षडयन्त्रहरु गरे पनि उनी ओलीको केही पनि बिगार्न सक्दैनन् । ओलीलाई देशको राष्ट्रवादी जनताको साथ छ यस कारण उनी कहिल्यै पनि पराजित हुँदैनन् । देशको सुरक्षा र संरक्षणको विषय छ यस कारण ओली निरन्तर अघि रही संघर्ष गर्दै रहनुपर्छ । अहिले देशमा केही राजनीतिक गतिरोध अवश्य नै आएको छ ।


ओलीका शत्रु र मौकापरस्त केही नेताहरुले सरकारले असंवैधानिक कदम चालेको भन्दै सडकमा रुँदै सर्वाेच्च अदालतको ढोकामा पुगी प्रतिनिधि सभा पुनस्र्थापनाको लागि रिट दायर गरेका छन् । यी नेता विगतमा सर्वाेच्च अदालतको अपमान गर्दै सर्वाेच्च अदालतका तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाभियोग लगाउने प्रयास गरेको इतिहास छ जसमा तत्कालीन प्रधानन्यायाधीश कार्कीले बाध्यतावश आफ्नो पदबाट राजीनामा दिनु भएको थियो । यसरी विगतमा सर्वाेच्च अदालतको अपमान गर्न नचुक्ने यी नेता अहिले न्याय पाउन सर्वाेच्च अदालतको ढोका घच्घच्याउनु हास्यास्पद कुरा छ । के त्यो समय यिनीले गरेको अपमान आज सर्वाेच्च अदालतले बिर्सने छ ? यस कारण दायर गरिएको रिट खारेज अवश्य हुन्छ त्यसपछि यी नेताको निर्देशनमा नेकपाका केहीहरु, काँग्रेस, मधेशवार्टी पार्टीहरु मिलेर सडक तताई देशलाई मुठभेडतर्फ धकेल्ने प्रयासमा लाग्छन् । यिनीहरु सडकबाट सरकारले असंवैधानिक कार्यहरु गरेको भनी जनतालाई बरगलाउने प्रयासमा लाग्छन् । यिनीहरु सडकबाट सरकार खसाउने प्रयास गर्नेछन् असंवैधानिक कार्य भएको कुरा उनीको मुखबाट राम्रो लाग्दैन । किनकी विगतमा यिनीहरु अनेकौं असंवैधानिक कार्यहरु गरेको पाइन्छ दिल्ली सम्झौता, १२ बुँदे सम्झौता आदिमा असंवैधानिक कार्य नै त उनीहरुले गरेका थिए यिनीहरु जनआन्दोलन भाग–२ निरंकुशताको अन्त गर्न आयोजित गरेका थिए तर जनआन्दोलन भाग–२ ले सफलता पाउँदै हिन्दु राष्ट्र हटाए हिन्दु राजा हटाए के यी सबै कार्य उनीले संविधान हेरेर गरेका थिए ? यिनीहरुले सत्ता पाउँदै नै विदेशीको ढोग गरी अकूत विदेशी धनराशि कमाए यसबीच आफ्नो छवि राम्रो रहेको देखाउन हिन्दुवादी शक्तिलाई प्रतिगामी भन्न सम्म चुकेनन् । यिनीहरुको यस्तो छ चर्तिकला । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्दै नै अब विदेशी सेना यहाँ आउँछन् यस्तो दुष्प्रचार गर्न थालेका छन् । यस्तो दुष्प्रचार देव गुरुंग जस्ताले नै अहिले गर्न शुरु गरेका छन् । यसमा प्रश्न उठछ कि प्र्रतिनिधि सभा विघटन हुँदै नै विदेशी सेना कताबाट आउँछ विदेशी सेना विगतमा यिनीहरुको कारणले नै आएको थियो यिनीहरु १७००० भन्दा बढी निर्दाेष नेपालीको हत्या गरे जसको कारण युएन जस्तो विदेशी सेनाको जस्तो संस्था यहाँ आउन सफल भयो । युएन भनेको विदेशी सेना जस्तै हो । देशमा महाभूकम्प आउँदा भारतका सैन्य हेलिकोप्टर देशभरी नै उड्यो तर यसले यहाँ के अहित ग¥यो त ? आफ्नो कुकार्यलाई लुकाउन विदेशी सेना आउँदै छ भन्नु जनतालाई बरगलाउनु मात्र हो । यो कुरा जनताले अहिले राम्रै बुझी रहेका छन् ।


जनता सचेत र जागरुक छ यस कारण राष्ट्रवादी नेपाली जनता प्रधानमन्त्री ओलीको पक्षमा खडा छन् । प्रधानमन्त्री सच्चिएर आए फेरी उनीलाई अध्यक्ष बनाएर सम्मान गर्नेछु यस्तो कुरा भनी आफूहरु कति सानो मानसिकताका हो यो देखाउने प्रयास उनी गरी रहेका छन् । केपी शर्मा ओली पार्टीको अधिवेशनबाट पार्टी अध्यक्ष बनेका थिए । उनीलाई कसैले अध्यक्ष बनाएका थिएनन् अध्यक्षबाट निकालिएको भन्नु गुण्डा जस्तो शैली मात्र हो । यस्तो कार्यबाट प्रधानमन्त्री अलिकता पनि विचलित बन्ने अवस्था छैन । अहिले देश २०१७ सालको स्थितिमा पुगी रहेको अवस्था छ यस कारण देशमा अराजकताको स्थिति केही अवश्य बन्नेछ तर देशलाई सुदृढ बनाउने केही कठोर निर्णयहरु प्रधानमन्त्रीले अझै लिनसक्नु पर्छ । प्रतिनिधि सभाको विघटनपछि दुवै तर्फबाट तरवार निस्केको छ यस तरवारले केही अनिष्ट अवश्य गर्ला । तर यस्तो अनिष्ट पछि केही सुधारहरु अवश्य हुनेछ । महाभारतको युद्ध चल्न लाग्दा कौरव पक्षबाट अनेकौंहरु, पाण्डव पक्षतर्फबाट अनेकौंहरु कुरुक्षेत्रमा उत्रेर युद्ध लडेका थिए पछि धर्मको पक्षमा रहेका पाण्डवहरुको विजय भयो र अधर्मको पक्षमा रहेका कौरव पक्षको पराजय भयो ।


नेपाल, झलनाथ, प्रचण्ड जस्ता विगत देखि नै अधर्मको बाटोमा हिँड्दै आएका छन् । यिनीहरु धर्मको पक्षमा हुन्थे भने हिन्दु राष्टको अस्तित्व समाप्त हुने थिएन । जे होस्, अहिले प्रधानमन्त्री धर्मको पक्ष लिई संघर्षमा उत्रेका छन् । उनीलाई पराजित हुन दिनु हुँदैन उनीले देश र जनताको हितको लागि आफ्नो सम्पूर्ण राजनैतिक कैरियर, मानप्रतिष्ठा र ज्यानको जोखिम मोलेर यस्तो साहसिक निर्णयहरु लिएका छन् । यस कारण प्रधानमन्त्रीको हौसला बढाउन सबै लाग्नु जरुरी छ आज प्रधानमन्त्री पराजित बने भोलि अन्य मौकापरस्तहरु सरकार बनाउन सफल हुन्छन् भने भ्रष्टाचार, अनाचार, अत्याचार, हिन्दुवादीहरुको दमन शोषण र निर्मला पन्त जस्तो घटना घटाउनेहरु अझ प्रोत्साहित बन्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *