Monday, May 4सत्यम खबर
Shadow

ओलीले प्रचण्ड–नेपालको टाउकोमा खड्ग हान्नमात्रै बाँकी छः बाबुराम भट्टराई

काठमाण्डौ, १२ पौष – जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल ’प्रचण्ड’ र माधवकुमार नेपाललाई गोदेको गोदै गरेको बताएका छन् ।


ओलीको भ्रमबाट ढिलै भए पनि प्रचण्ड–नेपाल मुक्त भएको भट्टराईको भनाइ छ । तैपनि प्रचण्ड र नेपालले अझै प्रधानमन्त्री ओलीलाई मिलेर जाऔं भनिरहेको उनले उल्लेख गरेका छन् ।
‘ओलीले गोदेकोगोदै छन् । अब टाउकोमा खड्ग हान्नमात्रै बाँकी छ के बोलाउनु हुन्छ ?,’ उनले काठमाडौंमा आईतबार आयोजित जसपाको प्रदर्शनपछि भने ।
उनले कांग्रेसलाई पनि सडक संघर्षमा आउन आग्रह गरेका छन् । चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भनेर कांग्रेस भ्रममा रहेको उनको भनाइ छ ।
‘चुनाव हुन्छ र पहिलो पार्टी भइन्छ भन्ने भ्रममा कांग्रेसका मित्रहरू नपर्नुस्,’ उनले भने, ‘हिजो राजा ज्ञानेन्द्रले पनि चुनाव घोषणा गरेका होइनन ? हामीले भाग लियौं ? लिएनौं ।’
उनले चुनाव भनेको विषको घैंटोमा अमृत राखेकोजस्तै भएको पनि बताएका छन् । ‘चुनाव त भ्रममात्रै हो,’ उनले भने । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *