Tuesday, October 22सत्यम खबर
Shadow

‘चन्दलाई अविलम्ब सम्पर्कमा नल्याए कडा कदम चाल्ने’ राणा

नेपालगन्ज, १६ पौष – केही दिन अगाडी बाँकेको नेपालगंज उपमहानपा १८ बस्ने गोर्खाज फाइनान्स बैकमा कार्यरत डिल्लीबहादुर चन्दलाई फेसवुकमा लेखेकै भरमा बाँके प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाली काँग्रेस बाँकेको ध्यानाकर्षण भएको छ ।


नेपाली काँग्रेस बाँकेका उपसभापति सुनिल नरसिंह राणाद्वारा जारी विज्ञप्तीमा ‘नेपाली काँग्रेसका क्रियाशिल सदस्य नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ निवासी डिल्लीबहादुर चन्दलाई सामाजिक सञ्जाल फेसबुकमा करिब ७÷८ महिना अगाडी भएको महेश बस्नेत, सर्वेन्द्र खनाल लगायतको विगतको सांसद अपहरण घटनाको विषयलाई लिएर टिप्पणी गरिएको भरमा मिति २०७७ पौष १४ गते राती डिउटीमा रहेकी अवस्थामा गोर्खाज फाइनान्सको कार्यालयबाट गिरफ्तार गरी बेपत्ता पारिएको घटना प्रति नेपाली काँग्रेस बाँकेको गम्भिर ध्यानाकर्षण भएको छ ।’ उल्लेख गरिएको छ ।


विज्ञप्तीमा अगाडी ‘निज डिल्लीबहादुर चन्दको अविलम्ब परिवार र शुभेच्छुकसँग सम्पर्क गराई रिहा गर्न नेपाल सरकार र सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं । अन्यथा नेपाली काँग्रेस बाँके कडा कदम चाल्न बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्तीमार्फत जानकारी गराउँदछौं’ भनी उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *