Monday, May 4सत्यम खबर
Shadow

प्रचण्ड–नेपाल समूहको बाँकेमा ‘शक्ति प्रदर्शन’

नेपालगन्ज, १४ पौष – नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड नेपाल समूहले आज मंगलबार देशव्यापी शक्ति प्रदर्शन गरेको छ । प्रचण्ड नेपाल समूहले नेपालगन्जमा पनि ‘शक्ति प्रर्दशन’ गरेको छ ।
संसद विघटनको विरोधमा मंगलबार नेपालगन्जमा शक्ति प्रदर्शन सहितको बिरोध र्याली गरीएको हो । जिल्लाका बिभिन्न स्थानबाट नेपालगन्ज केन्द्रित भएका नेकपाका नेता कार्यकर्ताहरु सहित स्थानिय पुस्पलाल चोकबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै त्रिभुवन चोकमा पुगेर सभामा परिणत भएको थियो ।


सभामा नेकपाका केन्द्रिय सदस्य तथा साँसद महेश्वर गहतराज अथक, पुर्व राज्यमन्त्री दलबहादुर परियार, नेकपा बाँकेका अध्यक्ष आईपी खरेल, सचिव अशोक कोईराला लगाएत नेताहरुले प्रधानमन्त्रीको संविधान विपरित तानाशाही प्रवृत्तिको बिरोधकालागि सडकमा आउनुपरेको बताएका थिए ।
प्रर्दशनमा सहभागीहरुले ‘संसद विघटन खारेज गर’, ‘तानाशाह केपी ओली मुर्दावाद’, ‘ओली तेरो पाराले दुःख पाए साराले’ जस्ता नारा लगाउँदै विरोध प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *