Tuesday, October 22सत्यम खबर
Shadow

प्रधानमन्त्री ओलीको दाबीः संसद पुनर्स्थापना गर्न संविधानले नै मिल्दैन

काठमाण्डौ, १५ पौष – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापना गर्न संविधानले नै नमिल्ने दाबी गरेका छन् । काठमाण्डौमा बुधबार सुदूरपश्चिम प्रदेशका कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब संसद पुनस्र्थापना गर्न नमिल्ने भएकोले चुनावको विकल्प नभएको दाबी गरे ।
‘संसद पुनसर््थापना गर्न संविधानले मिल्दैन,’ उनले भने, ‘जतिबेला मैले विघटनको सिफारिस गरें, त्यसबेला संसदको ६४ प्रतिशतको नेता मै हो । सरकार बन्ने विकल्प थिएन भने केका लागि पुनर्स्थापना ? यो सम्भावना छैन ।’


उनले बेलायतमा लिखित संविधान नभए पनि संसद पुनर्स्थापना भएको बताएका छन् ।
‘चुनाव हुँदैमा के संविधान जान्छ ? गणतन्त्र र लोकतन्त्र जान्छ ?’ उनले भने, ‘झन् मजबुत हुन्छ ।’
चुनावको विरोध नगर्न बरू तयारी गरे केही सिट जित्न उनले प्रचण्ड–माधव नेपाललाई आग्रह गरेका छन् । (सेतोपाटी)

Leave a Reply

Your email address will not be published. Required fields are marked *