Sunday, May 31सत्यम खबर
Shadow

राजनीति

नेकपा पार्टी कार्यालयमा नेता यादवलाई अन्तिम बिदाई

नेकपा पार्टी कार्यालयमा नेता यादवलाई अन्तिम बिदाई

आस्था, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, २ माघ – पूर्वमन्त्री तथा नेकपाका केन्द्रीय सदस्य एवम् बाँके ईन्चार्ज दिनेशचन्द्र यादवलाई नेकपा पार्टी कार्यालयमा नेता कार्यकर्ताहरुले अन्तिम श्रद्धाञ्जली ब्यक्त गर्दै बिदाई गरेका छन् ।नेता यादवको राजधानीको ग्राण्डी अस्पतालमा उपचारको क्रममा बिहिवार बिहान +निधन भएको थियो । कोरोना संक्रमण भएपछि उनलाई भेरी अस्पताल नेपालगञ्न्ज हुँदै ग्राण्डी अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो समय उनी कोरोना मुक्त भए पनि स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै गरेको अवस्थामा निधन भएको बताईएको छ । +मृगौला, फोक्सो तथा श्वासप्रश्वासमा एकसाथ समस्या देखिएपछि यादवको निधन भएको उनका भतिजा सोहनलाल यादवले जानकारी गराएका छन् । उनको शव स्थलमार्गबाट नेपालगन्ज ल्याई शुक्रबार बिहान नेकपाको कार्यालयमा श्रद्धाञ्जली सभा गरी यादवको घर नरैनापुर–२ लक्ष्मणपुर लगी सोही स्थानमा हिन्दू परम्परा अनुसार...
भारतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन दिन लागेको राजदूत क्वात्राको खुलासा

भारतले नेपाललाई कोरोनाविरुद्धको भ्याक्सिन दिन लागेको राजदूत क्वात्राको खुलासा

राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
नयाँ दिल्ली, २ माघ – नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले नेपाललाई कोरोना भाइरस विरुद्धको भ्याक्सिन दिन लागेको खुलासा गरेका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणका क्रममा भ्याक्सिन बारे महत्वपूर्ण निर्णय हुने खुलासा गरेका हुन् ।‘हामी नेपाललाई कोरोना विरुद्धको भ्याक्सिन दिदैछौं,’ राजदूत क्वात्राले भने, ‘यो भ्रमणको महत्वपूर्ण उपलब्धि मभ्याक्सिनबारे हुनेछ ।’ उनले नेपालको समस्यालाई भारतले साझा समस्याका रुपमा बुझेको स्पष्ट पार्दै कोरोना विरुद्धको लडाईंमा एकसाथ भएको बताए । भारतले कोरोना विरुद्धको लडाईंमा नेपाललाई साथ दिने स्पष्ट पारे । फाइल तस्बिर राजदूत क्वात्राले नेपालमा छिट्टै भ्याक्सिन पुग्ने समेत बताए । नेपालले भ्याक्सिन बारेको एजेन्डालाई प्राथमिकतामा राखिरहँदा राजदूत क्वात्राको भनाई आएको हो । भ्याक्सिन भारतले अनुदान र सस्तो मूल्य दुवै गरी दिने बुझिएको छ । ...
जसपाद्वारा कार्वाहीकाे माग

जसपाद्वारा कार्वाहीकाे माग

अपराध, प्रदेश ५, राजनीति, समाचार
नेपालगन्ज, १ माघ - जनता समाजवादी पार्टी बाँकेले नेपालगन्जमा पाैषा २७ गते आयोजना गरेको पार्टीको बिरोधसभामा पार्टीका नेताहरूले दिएको अभिव्यक्तिलाई लियर केहीले तुच्छ प्रतिक्रिया दिएको भन्दै गम्भीर असहमती व्यक्त गरेको छ । जसपा पार्टीका जिल्ला अध्यक्ष कमरुदिन राईद्वारा जारी बिज्ञप्तीमा उक्त अभिव्यक्तिलाई लिएर नेताहरूको मानमर्दन गर्ने कार्य भएको भन्दै ती ब्यक्तिहरु विरुद्ध जिल्ला प्रहरीमा उजुरी दिएको उल्लेख गरिएको छ । नेताहरूकाे मानमर्दन गर्नेहरुलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न जसपाले विज्ञप्ती मार्फत माग गरेको छ । नेपालगन्जको त्रिभुवन चोकमा आयोजना गरिएको बिरोधसभामा पुर्बमन्त्री मोहम्मद ईस्तियाक राइले राजाबादीहरु बारे टिप्पणी गर्नु भएको थियो । साेही विषयलाई लिएर राप्रपाका केही नेताहरूले पुर्वमन्त्री राईकाे बारेमा सार्वजनिक सञ्जाल फेसबुकलगायतमा टिकाटिप्पणी गरेका थिए ।...
राजनीतिक लेनदेनसहित मिलेर संसद पुनःस्थापनामा केन्द्रित हुन देउवालाई प्रचण्डको प्रस्ताव

राजनीतिक लेनदेनसहित मिलेर संसद पुनःस्थापनामा केन्द्रित हुन देउवालाई प्रचण्डको प्रस्ताव

राजनीति, समाचार
काठमाण्डौ, १ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई नेपाल कम्युनिस्ट पार्टीको दाहाल–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले भेटेका छन् । हिजो साँझ दुई घन्टाको भेटमा दुई नेताबीच समिकरण बनाएर जानेबारे छलफल भएको थियो ।६ बजे देखि ८ बजेसम्म भएको भेटमा प्रचण्ड र नेपालले देउवालाई संसद पुनःस्थापनामा एकजुट भएर अघि बढ्न प्रस्ताव गरेका थिए । अदालतको फैसला जेसुकै भएपनि संसद पुनःस्थापनाको पक्षमा मिलेर जान प्रचण्ड र नेपालले प्रस्ताव गरेका थिए । विश्वस्त स्रोतका अनुसार भविष्यसँग मिलेर जाने गरी देउवालाई प्रचण्ड र नेपालले प्रस्ताव गरेका थिए । फाइल तस्बिर देउवाले चुनावमा बढी जोड दिइरहेकोमा प्रचण्ड र नेपालले चासो देखाएका थिए । ओलीले चुनाव नगर्ने र भ्रममा नपर्न समेत भनेको बुझिएको छ । देउवाले भने लोकतन्त्रमा चुनाव अनिवार्य भएको जवाफ दिएका थिए । उनले अदालतको आदेशलाई ...
निर्वाचन आयोगका सहसचिवको सरूवा

निर्वाचन आयोगका सहसचिवको सरूवा

राजनीति, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १ माघ – नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र पछिल्लो समय देखिएको विवाद हेरिरहेका निर्वाचन आयोगका एक जना सहसचिवलाई सरकारले सरूवा गरेको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोगको कानुन महाशाखा प्रमुख रहेका सहसचिव लक्ष्मीप्रसाद गौतमको सरूवा गरेको हो ।गौतम दश महिनादेखि उक्त महाशाखामा थिए । उक्त महाशाखाले राजनीतिक दलको दर्ता, नीति नियमदेखि विवाद निरूपणको काम गर्छ । पछिल्लो समय नेकपाको विवाद पनि महाशाखाले हेरिरहेको थियो । गौतमको ठाउँमा गृह मन्त्रालयका सहसचिव पुष्कर सापकोटालाई पठाइएको छ । सरूवापछि गौतम शुक्रबार आयोगबाट बिदा हुँदै छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित भएको छ । दुबै पक्षले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।पार्टीको नाम र चुनाव चिन्ह आफूले पाउनु पर्ने दुबै पक्षको दाबीम...
नेकपा नेता दिनेशचन्द्र यादवको निधन

नेकपा नेता दिनेशचन्द्र यादवको निधन

प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १ माघ – नेकपा बाँकेका नेता तथा केन्द्रीय सदस्य पुर्व मन्त्रि दिनेशचन्द यादवको कोरोनाको उपचारको क्रममा काठमाण्डौमा मृत्यु भएको छ ।गम्भिर प्राकृतिको कोरोना देखिएको उहाँलाई नेपालगन्जबाट थप उपचारका लागी हेलिकप्टरबाट काठमाण्डौ लगेर उपचार गराइरहँदा पनि उहाँको स्वास्थमा सुधार नहुँदा आज मृत्यु भएको हो ।भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सदस्य रहेका यादवको आज बिहान २ : ३० बजे काठमाण्डौको ग्राण्डि हस्पिटलमा निधन भएको नेकपा नेता दत्तप्रसाद आचार्यले जानकारी गराउनु भएको छ । “नेता आचार्यले इन्चार्ज एवं पूर्वमन्त्री भूमि व्यवस्था समस्या समाधान आयोगका केन्द्रिय सदस्य कमरेड दिनेशचन्द यादवको निधनले पार्टीका एक अभिभावक गुमाएको र अपूर्णिय क्षति भएको छ, मृत आत्मामा हार्दिक श्रद्धाञ्जली तथा सोकाकुल परिवारमा धैर्यधारण गर्ने शक्ति मिलोस” भनी आफ्नो फेसबुक वालमा सार्वजनिक गर्नु भएको छ ।न...
सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी

सुर्य चिन्ह नपाए आँधीवेहरी ल्याउने प्रचण्डको चेतावनी

राजनीति, समाचार
काठमाडौं, २८ पौष – नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो समूहले पार्टीको नाम र सुर्य चिन्ह नपाए आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी दिएका छन् । आज पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । फाइल तस्बिर ‘नेकपा र सुर्य चिन्ह हाम्रो हो,’ प्रचण्डले भने,‘चिन्क र नाम नपाए आँधीवेहरी आउँछ ।’ उनले पार्टीमा आफूहरु नै आधिकारिक भएको दाबी समेत गरे । ओलीमाथि जालझेलको आरोप लगाउँदै उनले फेरि त्यस्तै हुनसक्ने आशंका गरे । पार्टीको नाम र सुर्य चिन्हमा समेत यताउता गर्ने खेल भइरहेको भन्दै त्यसबाट गम्भीर परिणाम उत्पन्न हुने चेतावनी दिए ।ओलीको पटक पटक आलोचना गरेका प्रचण्डले जनयुद्ध सम्बन्धी उल्लेख गरिएको राजनीतिक प्रतिवेदन सम्झन भने । ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेकोमा आपत्ती जनाउँदै ओलीले नै जनयुद्ध लेखिएको प्रतिवेदनमा हस्ताक्षर गरेको स्मरण गराए...
खजुरामा मंसिर मसान्तसम्म ५६ लाख बढी राजश्व संकलन

खजुरामा मंसिर मसान्तसम्म ५६ लाख बढी राजश्व संकलन

आर्थिक, प्रदेश ५, राजनीति, समाचार
खजुरा, २८ पौष – खजुरा गाउँपालिकाको ८ औं गाउँसभाले खजुरालाई प्लाष्टिकमुक्त गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको सभाध्यक्षमा भएको गाउँसभामा सदस्य निसार अलि दर्जीले खजुरालाई प्लाष्टिकमुक्त पालिका बनाउन गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । उपाध्यक्ष एकमाया विकले प्रस्तुत गरेको चालू आर्थिक वर्षमा राजश्व संकलनका लागि नयाँ स्रोत पहिचान र विवरण अध्यावधिक गर्ने कार्यसूची पनि सभाले पारित गरेको छ । गाउँसभामा खजुरा गाउँपालिका प्रमुख कक्षपतिले आर्थिक वर्ष २०७७÷०७८ को हालसम्मको खर्च र प्रगति प्रतिवेदन प्रस्तुत गर्दै मंसिर मसान्तसम्म गाउँपालिका तर्फको चालू खर्च ३१ प्रतिशत र पूँजीगत ११ दशमलव ३२ प्रतिशत रहेको जानकारी दिए ।त्यस्तै संघीय सरकारबाट हस्तान्तरित चालू कार्यक्रमको खर्च ३१ प्रतिशत र पूँजीगत खर्च शून्य रहेको, प्रदेश सकरकाबाट हस्तान्त...
‘जंगबहादुर हुँ कसैले भन्छ भने त्यो दिवा सपना’– पूर्वमन्त्री राई

‘जंगबहादुर हुँ कसैले भन्छ भने त्यो दिवा सपना’– पूर्वमन्त्री राई

प्रदेश ५, राजनीति, श्रम/रोजगार
नेपालगन्ज, २७ पौष – राप्रपामाथि व्या·य गर्दै जसपाले हाम्रो पार्टी भित्र तराई, पहाड, हिमालबाट सबै वर्ग, जातजाति, धर्म, लिंगहरुको समानुपातिक रुपमा सहभागिता रहेको बताउनु भएको छ ।नेपालगन्जमा आयोजित जसपाको विरोधसभालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य मोहम्मद ईस्तिायक राईले विकासका कुरा गर्नुपर्दा मेरै कार्यकालमा भेरी अस्पताल, औद्योगिक करीडोर, बाटोघाटो, राँझा एयरपोर्ट, महिला डिग्री कलेज लगायतको विकासका गतिविधि र निर्माण लगायतको कार्य गरिएको बताउँदै शहरी विकास मन्त्री भएको बेला बाटोमा जताततै ट्रिपर र जोडर मात्र देखिन्थ्यो, हाल किन देखिएको छैन भनी प्रश्न समेत गरेका थिए । संबिधानसभाका अध्यक्ष सुभाषचन्द्र नेम्वा· ओलीले संसद भंग गरेको टुलुटुलु हेरेर बसेकोप्रति आक्रोस पोख्दै ‘पार्टीभित्रको आन्तरिक किचलो मिलाउन नसकेर त्यसको झोक संविधानसभालाई भंग गर...
‘बिकासको गतिलाई संसद बिघटन हुँदैमा नरोकीने’: मुख्यमन्त्री पोखरेल

‘बिकासको गतिलाई संसद बिघटन हुँदैमा नरोकीने’: मुख्यमन्त्री पोखरेल

प्रदेश ५, राजनीति, समाचार
खजुरा, २७ पौष – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले विकासको गतिलाई संघ विघटन हुँदैमा नरोकिने बताउनुभएको छ ।खजुरा गाउपालिकाको धनौली चौकी–गौघाट बर्दिया हुलाकी सडक जोड्ने सडकको ग्राभेल, नाली तथा कल्र्भट निर्माण कार्य तथा नेपालगन्ज उपमाहनगर र डुडुवा गाउपालिकाको गन्धेली नालामा निर्माण गरिएको पुल छुट्टाछुट्टै उद्घाटन गर्दै सो कुरा बताएका हुन । उनले देशमा भित्र विद्यमान रहेको राजनीतिक प्रणालीमा रहेका केही विकृतिमा सुधार ल्याउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीको अगुवाईमा ताजा जनादेश लिन निर्बाचनमा होमिनु परेको स्पष्ट पार्दै भने–‘प्रधानमन्त्री ओलीको अनुहार देखाई दुई तिहाई नजिक जनादेश ल्याउने र विचमै फेर्ने कुराले अधिनायत्व लाद्ने भएकोले पार्टी भित्रको बिकृतिलाई सुधार ल्याउन प्रधानमन्त्री कै अगुवाईमा ताजा जनादेशको लागि जान लागिएको हो ।’मुख्यमन्त्री पोखरेले प्रतिनिधि सभा विघट...