बिघटन बिरूद्व प्रदर्शनमा जसपा
नेपालगन्ज, ७ माघ – जनता समाजवादी पार्टी बाँकेले प्रधानमन्त्री केपी शर्मा वलीद्वारा गरिएको प्रतिनिधि सभा बिघटन बिरूद्व प्रदर्शन गरेको छ ।
जसपा बाँकेले बुधबार बिपिचोकदेखि त्रिभुवन चोक हुंँदै जिल्ला प्रशासन कार्यालयको अगाडि प्रदर्शन गर्दै प्रतिनिधि सभा बिघटनको बिरोध गरेको छ ।
जनता समाजवादी पार्टी नेपाल बाँकेका अध्यक्ष (लक्ष्मी नारायण बर्मा) को नेतृत्वमा भएको प्रदर्शनमा जिल्ला स्तरीय नेताहरूको सहभागीता रहेको थियो ।प्रदर्शनका क्रममा कम्युनिस्ट पार्टीले बहुमतको दम्भ देखाउँदै गर्दै आएको कार्य बिरूद्व नाराबाजी गरिएको थियो । यही माघ ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा (सांसद) विघटन गरेका थिए ।...









