Friday, January 16सत्यम खबर
Shadow

जसपाद्वारा कार्वाहीकाे माग

नेपालगन्ज, १ माघ – जनता समाजवादी पार्टी बाँकेले नेपालगन्जमा पाैषा २७ गते आयोजना गरेको पार्टीको बिरोधसभामा पार्टीका नेताहरूले दिएको अभिव्यक्तिलाई लियर केहीले तुच्छ प्रतिक्रिया दिएको भन्दै गम्भीर असहमती व्यक्त गरेको छ ।

जसपा पार्टीका जिल्ला अध्यक्ष कमरुदिन राईद्वारा जारी बिज्ञप्तीमा उक्त अभिव्यक्तिलाई लिएर नेताहरूको मानमर्दन गर्ने कार्य भएको भन्दै ती ब्यक्तिहरु विरुद्ध जिल्ला प्रहरीमा उजुरी दिएको उल्लेख गरिएको छ ।

नेताहरूकाे मानमर्दन गर्नेहरुलाई तत्काल पक्राउ गरि कानुनी कारबाही गर्न जसपाले विज्ञप्ती मार्फत माग गरेको छ । नेपालगन्जको त्रिभुवन चोकमा आयोजना गरिएको बिरोधसभामा पुर्बमन्त्री मोहम्मद ईस्तियाक राइले राजाबादीहरु बारे टिप्पणी गर्नु भएको थियो ।

साेही विषयलाई लिएर राप्रपाका केही नेताहरूले पुर्वमन्त्री राईकाे बारेमा सार्वजनिक सञ्जाल फेसबुकलगायतमा टिकाटिप्पणी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *